Pages

Saturday, November 5, 2022

 कुखुरे बैंस             \


१४ बर्ष पुगेर १५ बर्ष लागेको भनेर के गर्नु दङ्गीशरण गाउँपालिका वडा नं ६ थपगाउँ (दाङ) का शरद आचार्य हलक्कै बढेका थिए।
दाङ-१३ दमारगाउँकी १५ वर्षीया रोशनी महतरा नानी, शरद आचार्यप्रति प्रेमको उन्मादमा हुरुक्कै हुन्थिन्। रोशनी महतराले शरद आचार्यलाइ सम्पर्क गरिरहन्थिन् र भेट्न बोलाइरहन्थिन्। असोज २७ गते साँझ पनि रोशनी महतराले शरद आचार्यसँग कुरा गरिन् र राति भेट्नुपर्छ भनिन्। रोशनी महतराले बोलाएकोले राति करिब दश बजेतिर घरबाट निस्किएका थिए। राति साढेदश बजेतिर उनीहरू दुबैजना एकान्तस्थलतिर जाँदै थिए। त्यहीं बँदेल मार्नलाई भनेर केही ब्यक्तिले नजिकैको कुखुरा फारमबाट बिजुलीको तार तानेर करेन्टको धराप बिच्छाएका रहेछन्। बँदेल मार्न थापेको विद्युतीय धरापमा परेर यिनीहरूको मृत्यु भयो।

No comments:

Post a Comment