हानिकारक
“सिगरेट स्वास्थ्यको लागि हानिकारक छ” पढ्यो
र दौडँदै गएर
संसदभवनको भित्तामा
“सरकार राष्ट्रको लागि हानिकारक छ” लेख्यो।
शिक्षा
देश साँघुरिईसकेको रहेछ
भूगोल ग्र्याजुयटले पछि थाहा पायो
र शिक्षकलाइ सम्झेर प्याच्च थुक्यो।
लत
जतिसुकै हानिकारक भएपनि
न त सिगरेट पिउने लत छुट्छ
न त सरकार बनाउने नशा
No comments:
Post a Comment