Pages

Wednesday, June 6, 2012

राजनीतिमा आवसुको प्रयोग।


राजनीतिमा आँसुको प्रयोग
                   -आनन्दराम पौडेल
                    anandarampaudel@yahoo.com   
              
                संसदीय वीट हेर्ने पत्रकार १८ गते सम्बिधानसभाको हलभित्र छि-यो। राज्यव्यवस्था समितिले आयोजना गरेको विदाई कार्यक्रम शुरु भैसकेको रहेछ। पूर्व सभासद कृष्णकुमारी परियार वोल्न लागेकी थिइन्, घुँक्क-घुँक्क गर्न थालिहालिन्। ह्वाँ..ह्वाँ गर्दै भक्कानै छाडिन्। सभा स्तव्ध भयो। सवैका आँखा रसाएका र भावविह्वल देखिन्थे। एक वेग रुवावासी सकिएपछि वोल्छिन् कि भनेर सभापति रामनाथ ढकालले एकछिन कुरे। कृष्णकुमारी परियारले वोल्ने छाँट नदेखिएपछि सभापतिले पूर्व सभासद निरू दर्लामीलाइ वोलाए। तिनीपनि रोईरहेकी नै थिइन्। जनयुद्ध लडेर आएकीले थोरवहुत क्रान्तिकारिता वाँकि रहेछ। त्यही वाँकि रहेको क्रान्तिकारिताको वल निकालेर वोलिन्। कनिकनि भएपनि क्रान्तिकारी जोश निकाल्न खोजिरहेकी थिइन्, तर स्वतस्फूर्त आक्रोश प्रवाह हुन थाल्यो। आक्रोश प्रवाहसँगै आफ्नै पार्टीका अध्यक्षलाइ चर्को गालि गरिन्। सम्बिधानसभा विघटनको सम्पूर्ण दोष प्रचण्डको थाप्लामा हालिदिइन्। ईतिहाँसले प्रचण्डको निधारमा कलङ्कको कालो टीका लगाइदिएको छ, जुन कहिल्यै मेटिने छैन भनिन्। कार्यक्रम सकिएर चिया खाने वेलामा पत्रकारले कान्तिपुरका सम्वाददाता राजाराम गौतमजीलाइ खोजे। ‘अघिसम्म कार्यक्रममा देखेको थिएँ, हिंडिसकेछन्’ मनमनै गमे । एकजना सेतै फुलेका व्यक्तिलाइ भेटेर सोधिहाले, “१२ दिनअघि नारायणकाजी श्रेष्ठ रोए, प्रचण्ड एक्कासि रोइदिन्छन्, आज यहाँपनि रुवावासी चल्यो। नेताहरु किन आँसु निकाल्छन् र त्यस्को असरप्रभाव के हुन्छ ?” उहाँले एकपल्ट घुरेर हेर्नुभो र भन्नुभो, “एकैचोटी दुईटा प्रश्न गर्नुभो। पहिलो प्रश्नको उत्तर के होभने नेताहरु आफैंभित्रको अन्तर्विरोध, छद्मभेष, डवलस्ट्याण्डर्ड, ढोंग र पाखण्डलाइ ढाक्नका लागि आँसु निकाल्ने गर्छन्। उनीहरु एकथोक भनिरहेका हुन्छन्,तर अर्थोकै गरिराखेका हुन्छन्। जुन तर्कसङ्गत र सङ्गतिपूर्ण हुँदैन। वस्तुनिष्ठ यथार्थबाट पनि टाढा हुन्छ। सिदासोझा जनताको भावना भड्काउन सजिलो हुन्छ। यस्लाइ ‘इमोशनल व्ल्याकमेलिङ’ भनेर वुझ्दा हुन्छ। अव रह्यो नतिजा। नतिजाको लागि त पद्मरत्न तुलाधरजीलाइ हेरे पुगिहाल्छ। राजनीतिमा आँसुको प्रयोग उहाँले शुरु गर्नुभएको थियो। उहाँ राष्ट्रकै नेता हुन लाग्नुभएको थियो। यही भावना भड्काउने खेल गर्दागर्दै उहाँ अहिले मङ्का खलमा सीमित हुन पुग्नुभो।” उहाँले यति भनुञ्जेलमा अरु २ जना उहाँको छेउमा आइसकेका थिए। एकजनाले मन्त्रीज्यू र अर्कोले जोशीजी भनेर सम्बोधन गरेको कानमा प-यो। जे होस्, उत्तर चित्तवुझ्दो पाइयो। आफ्नै जिज्ञाशामा ध्यान केन्द्रित भएकोले चिया सेलाएछ। सेलाएको चिया घुट्क्याएर थोत्रो भट्भटेतिर लम्के।

No comments:

Post a Comment