Pages

Wednesday, September 12, 2012

अन्तर्विरोधको अन्तर्करेण्ट।


अन्तर्विरोधको अण्डरकरेण्ट
                    -आनन्दराम पौडेल \   anandarampaudel@yahoo.com


भदौ १९ गते मङ्गलबारको साँझ अध्यक्ष प्रचण्डको अन्तर्मनभित्र अन्तर्विरोधको अण्डरकरेण्ट तीव्र चल्यो। सधैंकोझैं व्ल्यूलेवल २ पेग लिएर घोत्लिएका मात्र के थिए अन्तर्विरोधको प्रवाहमा बग्न थालिहाले। आज सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले आयोजना गरेको अन्तर्कृयामा नेपालमा एकल जातीय राज्य बन्दैबन्दैन भनिदिएँ। यसो भनिरहँदा मेरो अगाडी कृष्ण भट्टचन, ओम गुरुङ, मल्ल के सुन्दर, आङकाजी शेर्पा, अशोक राई, विजय सुब्बा, अजम्बर काङ्माङ राईहरुको अनुहार झल्झली नआएको होइन। तिनीहरुपनि अलि बढी नै एकाङ्गी, एकोहोरो र उग्र भए। बस्तुनिष्ठ नजरले हेर्ने होभने यस्तो राज्य निर्माण हुने स्थिति पटक्कै छैन। बस्तुनिष्ठ आधार भएकोभए, जातीय राज्यको पक्षमा ४१८ जना सभासदहरुले हस्ताक्षर गरेर मलाइ दिएकै थिए, सम्बिधान जारी गराइदिन्थें। अमेरिकी विद्वान गुनार नियल्सनलगायत सवै समाजशास्त्रीहरुले कुनै जातीको ६० प्रतिशत बाहुल्यता नभई जातीय राज्य बन्दैन भनेर ठोकुवा गरेका छन्। भक्तपुरबाहेक कुनैपनि जिल्लामा कुनै जातीको वाहुल्यता छैन। अधिकांश जिल्लामा ३० प्रतिशतको हाराहारीमा जातीय बाहुल्यता भेटिन्छ। अझ कतिपय जिल्लामा त २५ प्रतिशतको हाराहारीमा जातीय बाहुल्यता छ। भट्टचन,ओम गुरुङ जस्ता पिएचडीहरुले यी तथ्य र धरातलीय यथार्थलाइ नवुझेका हुन् र ? नवुझेकालाइ वुझाउन सकिन्छ, तर वुझेर वुझ पचाउनेलाइ ईन्द्रको बाउ चन्द्रले पनि सम्झाउन सक्दैन भनेर पुर्खाले त्यसै भनेका हैनन्। त्यसो त, उनीहरुलाइ मात्र किन दोष दिने ? मैलेपनि एकल जातीय वर्चस्वकै राज्य बन्छन् भनेर मेचीदेखि कालीसम्मका कार्यकर्ताहरुलाइ प्रशिक्षित गरें र कण्ठस्थै पार्न लगाएको थिएँ। त्यसैमा अडान राखेर हात्तिवन रिसोर्टको समझदारीलाइ उडाइदिएँ र जेठ २ गते हस्ताक्षर गरेको ११ प्रदेशको खाकालाइ पनि रद्दीमा फालिदिएँ। जेठ २ गतेको सम्झौता खारेज गर्न मैले निकै प्रपञ्च र कसरत गर्नुप-यो। एकातिर बाहुन, क्षेत्री, दशनामीहरुलाइ ‘खोई तपाईंहरुको आवाज सुनिएन’ भनेर सङ्घर्षको मैदानमा उतारें, अर्कोतिर आदिवाशी जनजाति भन्नेहरुलाइ ‘बाहुन-क्षेत्रीले सडक कव्जा गरिसके’ भनेर उचालें। देश त रणभूमी भैसकेको थियो। नेपाली कांग्रेसको गगन थापा भन्ने केटो निकै चलाक रहेछ। ‘माओवादीकै १३ प्रदेशको खाका हामीलाइ मञ्जुर छ भन्नु’ भनेर सुशील, रामचन्द्रहरुलाइ सिकाएर पठाएछ। मोराले झण्डै बर्बाद गरेको ! त्यो १३ प्रदेशको खाका हाम्रो महान गौरवशाली पार्टीले निर्वाचन घोषणापत्रसँगै घर-घर पु-याएको र साँच्चै भन्ने होभने जनअनुमोदित खाका त्यही हो। तर, त्यो खाकामा कोचिला, मिथिला, भोजपुरा,अवध लगायत तराईमै ५ प्रदेश छन्। अहिले त्यो खाका स्वीकार्ने होभने त “एक मधेश एक प्रदेश”को रट लगाइरहेका यी मधेशवादी नेताहरु बुर्लुक्क उफ्रिहाल्छन्। मधेशवादी नेताहरुकै डरले गर्दा त्यत्रो मिहेनत गरेर तैयार गरेको भूमिसुधार योजना कार्यान्वयनमा ल्याउन पाइएन। एउटा स्तम्भलेखकले पनि हैरान पारिरहेछ। “जुन सिद्धान्तले राज्यको धर्म हुँदैन, त्यही सिद्धान्तले राज्यको जातपनि हुँदैन” भनेर लेख्यालेख्यै छ। त्यसैले लेखेको, “के हामीले जात छानेर, रोजेर र निवेदन हालेर जन्मेका ह्वौं र” भन्ने वाक्य अहिले सवैको मुख-मुखमा झुण्डिएको छ। अव म आफैंले जातीय राज्य हुँदैन भनेर प्रष्ट भनिसकेपछि यी घोचपेचको पनि कुनै अर्थ रहेन। बरु ती कृष्ण भट्टचनजीहरु बस्तुनिष्ठ भैदिए सवै सहज हुन्थ्यो। यति सोच्दासोच्दै व्ल्यूलेवलले असर देखाउन थाल्यो। आँखा लोलाउन थाले, र प्रचण्ड बिछ्यौनातिर लम्किए।

No comments:

Post a Comment