कामदार-आतङ्क
सहारा सन्सार-न्युज पोर्टलमा यस्तो समाचा रहेछ-
"सूर्य नेपालको सीमरास्थित उत्पादन युनिटको सबैभन्दा तल्लो तहमा भर्ना हुने अदक्ष कामदारले आधारभूत तलव ९ हजार ८ सय रुपैयाँ पाउँछन् । प्रोत्साहन र बिशेष भत्ता गरि कामदारले मासिक थप १० हजार पाउँछन्। तलव, भत्ता र प्रोत्साहन भत्ता बराबर सवैले दशैंभत्ता पनि पाउँछन् । कम्पनीले गत आर्थिक बर्षको मुनाफाका आधारमा दशैंअघि बोनस बाँड्दा अदक्ष कामदारको हातमा ३ लाख रुपैयाँ परेको थियो ।
शनिवार काम लगाउँदा ओभरटाइम र सट्टाबिदा पनि दिने गरेको छ । त्यतिमात्र हैन अदक्ष कामदारको तलव हरेक बर्ष ५ प्रतिशतले बढ्छ भने भत्ता २० प्रतिशतले बढ्छ । कामदारको चार जनासम्मको परिवारलाई औषधी बिमा, हरेक महिना स्वास्थ्य परीक्षण लगायतका सुबिधा पनि दिएको छ। तैपनि, सूर्य नेपालले हड्तालको मार खेपिरहेको छ। पटकपटकको हड्तालले आजित भएपछि ब्यबस्थापनले कम्पनीको उत्पादन प्लान्ट नै सारेर तनहुँ लैजादै छ । हरेक महिनाजसो मजदुर युनियनले सुबिधा बृद्धिको माग गर्दै उत्पादन बन्द गर्ने र ब्यबस्थापकलाई थुन्ने गरेपछि ब्यबस्थापन आजित भएर १ अर्बको लगानीमा तनहुँमा नयाँ उत्पादन युनिट बनाउन लागेको छ।"
No comments:
Post a Comment