जनअदालतमा टक्ला
-आनन्दराम पौडेल \ anandarampaudel@yahoo.com
भ्रष्टाचारविरोधी
अभियानको लागि छलफल गरिरहेको बेलामा यी व्यक्ति देखा परेका थिए। पछि शारदा भूसाल
(झा)जीको अनसनस्थलमा पनि देखा परे। खस-खस लागेर नन्दरामले सोधिहाले, "यहाँलाइ
हामीले चिनेनौं। परिचय पाउँ न ?"
"म पूर्व
राज्यमन्त्री सञ्जय साह।"
"संयोगले नाम
मिल्न गयो। तपाईंकै नाम गरेको सञ्जय साह 'टक्ला' भन्ने एकजना व्यक्ति जनकपुरमा डन
छन्।" नन्दरामले कौतुहल मेटाए।
"डनसन केही
होइन। बदनाम गर्नका लगि लगाइदिएका लेबल हुन्। तिनीहरुले 'टक्ला' भन्नेगरेको सञ्जय
साह मै हुँ।"
"त्यसोभए,
तपाईंमाथि जनताले लगाएका आरोपहरु पनि सबै झुठा हुन् त ?" नन्दरामले तात्तातै
सोधे।
"के आरोप छन् र
त्यस्ता ? दुईचारओटा भन्न सक्नुहुन्छ ?" सञ्जयले प्रश्नको जवाफमा झन् ठाडो
प्रश्न राखे।
"१०-११ बर्ष
अघिसम्म सम्पतिको नाममा जम्मा १० धुर जग्गा मात्र भएका लोहना-७, धनुषाका सञ्जय साह
कसरी रातरात पाँच अरबको मालिक हुन पुगे ? भन्ने तपाईंमाथि पहिलो आरोप छ।"
नन्दरामले भने।
"यो कुनै आरोप
नै भएन। यो त कुण्ठा, डाह र इर्ष्याको अभिव्यक्ति भयो। अरुले जेसुकै भनेपनि
तपाईंहरुजस्ता पठित व्यक्तिहरुले यस्लाइ मेरो पुरुषार्थको रुपमा
वुझिदिनुप-यो।" सञ्जयले जवाफमात्रै दिएनन्, नन्दरामलाइ पाठपनि पढाए।
"तपाईंले
अपराधी जमात र गुण्डाहरु पालेको तथा जबर्जस्ती ठेक्का कव्जा गरेको आरोप छ।"
नन्दरामले दोश्रो आरोप अगाडी सारे।
"मजस्तो
पुरुषार्थीलाइ कति इर्ष्या डाह गर्दारहेछन् भन्ने त तपाईंले वुझिहाल्नुभो।
तिनीहरुबाट जोगिन र आफूलाइ सुरक्षित राख्नका लागि पनि मैले केही 'बडीबिल्डर' हरु
(तपाईंहरुको भाषामा भुस्तिघ्रेहरु) राख्नैप-यो। रह्यो ठेक्काकव्जाको कुरो। अब
तपाईं नै भन्नुहोस्, यी भुस्तिघ्रेहरुलाइ पाल्नका लागि सानोतिनो बजेटले धान्ने
होइन। त्यतिको लागि पनि यस्तै पुरुषार्थहरु गर्नैपर्ने हुन्छ। फेरी, सकृय नगराउने
होभने यी भुस्तिघ्रेहरु सढेर बेकम्बै हुन पुग्छन् र ऐन मौकामा काम दिन सक्दैनन्।
धेरैतिर पो विचार पु-याउनुपर्छ त। पुरुषार्थी भैरहन त्यति सजिलो कहाँ छ र ?"
सञ्जयले धेरै खोलखाल पारे।
"धीरापुर
गाविस, महोत्तरीका तत्कालीन गाविस अध्यक्ष हेमचन्द्र यादवका छोरा पप्पुलाइ तपाईंले
२०५७ चैत्र १७ गते अपहरण गर्नुभो, र रु.१० लाख फिरौती लिएर छाड्नुभो भन्ने आरोप
छनि ?" नन्दरामले तेश्रो आरोप राखे।
"त्यसबेला मलाइ
रु.१० लाखको खाँचो थियो। हेमचन्द्रले २५-३० लाख बैंकव्यालेन्स राखेका रहेछन्। सोझो
हिसाबले नदिएकाले यति उपाय गर्नुप-यो। यति गर्दा एकातिर मेरा सेनामेनाले काम
पाएभने अर्कोतिर मेरो खाँचोपनि ट-यो। यही हो पुरुषार्थ !" सञ्जयले
पुरुषार्थको सगर्व व्याख्या गरे।
"तपाईंले आफ्नै
ड्राइबर जनकपुर-१४, मुजेलियाका नन्दुकुमार राउतको बिभत्स हत्या गर्नुभो। यो त
पुरुषार्थ भएननि ?" नन्दलालले चौथो आरोप अलि ठाडो तवरले लगाए।
"त्यो
नन्दुकुमार राउत भित्रभित्रै मेरा प्रतिद्वन्दी (शत्रु)सँग मिलेको रहेछ। त्यो
पत्ता लागेपछि मैले खप्न सकिन। ल तपाईं भन्नुहोस्, तपाईं भए खप्नुहुन्थ्यो।"
सञ्जयले स्वाभाविक कारण बताए।
"२०६८ माघदेखि
२०६९ पुससम्म काठमाडौं उपत्यकाका सम्पूर्ण प्रहरीलाइ रासन खुवाउने ठेक्का लिनुभएछ।
करोडौं रुपैयाँ पेश्कीपनि लिनुभएको रहेछ। तर, तपाईंले त रासन एक दानापनि सप्लाइ
गर्नुभएन। यो ठाडै बेइमानी भएन ?" नन्दरामले पाँचौं आरोप अँठ्याएर लगाए।
"बेइमानी होभने
पनि यो दोषको भागी विजय गच्छेदारजी हुनुहुन्छ। विजय गच्छेदारजीले, 'यो रासन
ठेक्काको लागि लिएको पेश्कीको कुनै चिन्ता नलिनुहोस्। यस्लाइ जेजसरी'नि म
मिलाउँला। यो मेरो जिम्मा भयो।' भन्नुभएकोले नै मैले आफ्नो पार्टी 'मधेश क्रान्ति
फोरम' लाइ गच्छेदारजीको पार्टीमा मर्ज गरिदिएको हुँ। यत्रो पार्टी त मर्ज
गरिदिएँभने नाथे ३-४ करोड रूपैयाँ त उहाँले जसरी'नि मिलाउनै पर्थ्यो।"
सञ्जयले आज गाँठी रहस्य नै खोले।
"मिथिला-राज्य
सङ्घर्ष समितिको शान्तिपूर्ण धर्नास्थलमा २०६९\०१\१८का दिन शक्तिसाली बमबिष्फोट
गराइदिनुभो। सीताकुण्डका महन्त बिमल शरण, कलाकार रञ्जु झा सहित ५ जना मारिए। यस्लाइ
कसरी पुरुषार्थकर्म भन्नुहुन्छ ?" छैठौं आरोप नन्दरामले अलि भयङ्कर लगाए।
"एक मधेश एक प्रदेश,
हिन्दी भाषा र नागरिकता हाम्रो तात्तातो 'हट एण्ड सावर' नारा हो। यसैलाइ चर्काएर
हामी राजनीतिक बार्गेन गरिरहेछौं। मिथिला-राज्य सङ्घर्ष समितिले मैथिली भाषाको
अभियान चलाएपछि हाम्रो हिन्दी अभियानलाइ असर पर्नेभयो। तिनीहरुलाइ तर्साएर पछि
हट्न बाध्य पार्ने उद्देश्यले मात्र बम बिष्फोट गराइएको थियो। मान्छे नमर्नेगरी बम
बिष्फोट गराउनु भनेर पठाइएको हो। केटाहरु अनाडी परेछन्। त्यति गडबड गरिहाले।"
५-५ जना मरेको घटनालाइ सञ्जयले सामान्य गडबडीसम्म भने। यति महानता सञ्जयमा रहेछ
भनेर नन्दराम दङ्ग परे। आफ्नै पार्टी सरकारमा भएको मात्र हैन, आफ्नै नेता
उपप्रधानमन्त्री तथा गृहमन्त्री भैराखेको बेलामा २ महिनाअघि त्यही पार्टीले चार
दिन जनकपुर बन्द गराएको बिषय तथा धनुषामा जिल्ला परिषद गर्न नदिएका बिषयहरुपनि
नन्दरामको प्रश्नसूचिमा थिए। भयङ्कर आरोपहरु शुरुमै राखिसकेकोले यी सामान्य लाग्ने
आरोपहरु अघि सार्न नन्दरामले उचित ठानेनन्। बरु, सञ्जय साहले नै 'मैले
जनकल्याणकारी कामहरु पनि गरेको छु, टिप्नुहोस्' भन्दैथिए। हतार भएकोले 'अर्को
भेटमा टिपौंला' भन्दै नन्दराम कुदे।
आइतवार, अप्रिल 14, 2013
No comments:
Post a Comment