फ्रीज नगर्ने,
सिध्याउने
-आनन्दराम पौडेल\ anandarampaudel@yahoo.com
"के हो जिशिअ
साहब, जिल्लामा आएको रकम फ्रीज गराउने ?" शहीद कन्हैया प्रावि, बेलहिया,
बाराका अध्यक्षले भने।
"कुन रकम फ्रीज
गराएँ मैले ?" बाराका जिशिअ अरुणकुमार कोइरालाले सोधे।
"शहीद
गिर्जापति कन्हैया प्रावि, बानियापुर-५ को नाममा आएको रकम फ्रीज गराउँदै हुनुहुन्छ
त।"
मन्त्रीपरिषदको मिति
२०६९\ ०९\ २३ को निर्णय अनुसार भनि शिक्षा विभागले मिति २०६९\ ११\ १४ को पत्रसाथ पठाएको निकासा रकम
साँच्चै अलपत्र परेको थियो। सोही निर्णयअनुसार शिक्षा विभागले तराईका ३१ जिल्लामा
यस्तो रकम पठाएको रहेछ। शिक्षा कार्यालयको रेकर्डमा त्यो बिद्यालयको नामनामेसी
थिएन। त्यो बिद्यालयको बिषयमा जिशिअले गाविस कार्यालयलाइ पत्र लेखेरै सोधेका थिए,
'त्यो नामको बिद्यालय यो गाबिसमा छैन' भनि जवाफ प्राप्त भएको थियो। त्यतिले चित्त
नवुझी बिद्यालय निरीक्षकहरुलाइ समेत् खटाएर रिपोर्ट लिएका थिए। यो बिद्यालय बारा
जिल्लामा छँदैछैन भन्नेमा जिशिअ अरुणकुमार कोइराला ढुक्क थिए। मधेशी नेता र
मन्त्रीहरुले हुँदोनहुँदो, जथाभावी बजेट निकासा गराउने र श्रेस्ता कागज मिलाएर
बाँडचुँड गरी खाने चलन पूर्वी तराईमा अत्यधिक बढी छ भन्ने त अरुणजीले बारामा आउनु
अघि नै सुनेका थिए। त्यही चलन र परम्परा अनुसार यो बजेट निकासा भएको हुनुपर्छ भनेर
ठम्याउन जिशिअलाइ गाह्रो परेन। गाविस सचिवदेखि बिद्यालय निरीक्षकसम्मका
प्रतिवेदनहरु लिई शहीद गिर्जापति कन्हैया प्रावि, बानियापुर-५ नामको बिद्यालयको
अस्तित्व छैन भन्ने निस्कर्षमा पुगेका जिशिअ डग्ने कुरो भएन। त्यो बिद्यालयको
नाममा निकासा भएको रकम फ्रीज भएपनि जिशिअको थाप्लामा त्यस्को दोष आउने सम्भावना
थिएन। त्यसैले, जिशिअले झन् दह्रो अडान राखेर भने, "त्यो बिद्यालय नै छैनभने हुँदैनभएको
बिद्यालयको रकम फ्रीज भएकोमा तपाईंहरुलाइ किन चिन्ता ?"
"एउटा
'गिर्जापति' शव्द नभएको न हो। बाँकि त हाम्रो बिद्यालयको नामसँग ठ्याक्कै मिल्छ।
यति मिलेपछि त हामीलाइ निकासा छाडिदिनुहोस्। हाम्रो जिल्लामा आएको रकम जिल्ला
भित्रै रह्यो, र हामीले त्यो रकम खेलाउनपनि पायौं।" शहीद कन्हैया प्रावि,
बेलहिया, बाराका अध्यक्षले भने।
"त्यो एउटा
शव्दमात्र फरक परेको हैन, ठेगानापनि त फरक छनि। यो बानियापुर-५ को बिद्यालयको लागि
बजेट निकासा आएको छ, तपाईंहरुको बिद्यालय बेलहियामा छ। एउटा शव्दमात्र नमिलेको
बिषयमा भन्ने होभने अस्तिको दिन गिर्जापति प्राबि, बरियारपुरका अध्यक्षपनि आएका
थिए। उनीहरुपनि तपाईंहरुले जस्तै, 'जिल्लाभित्र आइसकेको यो रकम फ्रीज गराउन भएन।
हामीलाइ निकासा दिनुप-यो' भन्न आएका थिए। तपाईंको बिद्यालयसँग त एउटा शव्द मात्र
ह्वैन, ठाउँको नामपनि मिल्दैन। उनीहरुको बिद्यालयसँग त ठाउँको नामपनि मिल्दोजुल्दो
छ। त्यो बिद्यालयको नामपनि 'गिर्जापति' नै हो, र ठेगानापनि 'बानियापुर' को स्थानमा
'बरियारपुर' हो। यति हुँदा त मैले निकासा दिइन।" जिशिअ अरुणकुमार कोइरालाले
भने।
शहीद कन्हैया
प्राबि, बेलहियाका अध्यक्षले जिशिअ यति कडा होलान् भनेर सोचेका थिएनन्। मधेश
आन्दोलनको राप र ताप छउञ्जेल यी पहाडे हाकीमहरु छुल्छुली मुत्थे। मधेशीहरुको उर्जा
सकिएकोले पहाडे हाकीमहरु यति अडियल बनेका होलान्, अध्यक्षले सोचे। 'सबै गुम्न
लागेका बखत आधा जोगाउनु बुद्धिमानी हुन्छ', अध्यक्षले मनमनै निस्कर्ष निकाले र
भने, "त्यसोभए जिशिअ साहब, त्यो गिर्जापति प्राबि बरियारपुर र हाम्रो
बिद्यालयलाइ आधा-आधा रकम दिनुहोस्।
उनीहरुको नाम ठेगाना मिल्दोजुल्दो छ, हाम्रोपनि केही मिल्दो नै छ। त्यसै गरौं।
जिल्लाभित्र आइसकेको रकमलाइ कुनै हालतमा उम्कन नदिउँ।" अध्यक्षले मिलाउने कुरा
गरे।
एउटै बिषयमा धेरैबेर गलफत्ति गरिरहने
जिशिअको बानि थिएन। जिशिअलाइ झोंक चलिसकेको थियो। अलि चर्को स्वरमा भने,
"मैले जे भन्नुपर्ने हो अघि नै भनिसकें। मेरा अरुपनि काम छन्। तपाईंहरु
खुरुक्क गैहाल्नुहोस्।"
जिशिअको रौद्र रुप
देखेर अध्यक्ष गल्याकगुलुक भए। जुरुक्क उठेर खुरुक्क हिंडे।
Monday, 22
July 2013
No comments:
Post a Comment