Tuesday, October 22, 2013
'बाहुन' को बिषयमा।
Janardan Sharma को वालपोष्टबाट:
"एउटा ब्राम्हण भनेको वेदको यज्ञ़यागादिको विषयमा नियमन गरिएको विधान, जस्तै शुक्लयजुर्वेदको हकमा शतपथ ब्राम्हण । अर्कों ब्राम्हण भनेको ब्रम्ह वेदं शुद्धं चैतन्यं वा वेत्यधीते। यस्मा कृतप्रत्यय लागे पछि ब्राम्हण बन्छ (वामन शिवराम आप्टे संस्कृत-हिन्दी कोश)। त्यो ब्राम्हण यस्तो ब्राम्हण हो जो 'जन्मना जायते शूद्र: संस्कारैर्द्विज उच्यते'। संस्कारको कारणलेनै कोही मनुष्य "द्विज" अर्थात दुई पटक जन्म लिएको भनिएको हो। यो अर्कै कुरा हो कि को द्विज भएको छ वा को भएको छैन ? तर सुसंस्कारको नै विरोध गर्नुलाई के भन्ने ? ब्राम्हणत्व भनेको के हो भन्ने ज्ञानै नभएका र अरुका उक्सावटमा उफ्रेका अज्ञानीहरु, हीनभावनाले ग्रषित गोत्रद्रोहीहरु र, क्रिस्तानी द्रव्यमा सांस्कृतिक विध्वंस मच्चाउन उद्यत व्यक्ति वा पक्षहरुले यो संस्कारको अन्धविरोध गरिरहेका छन्। यदि व्यक्तिगत रुपमा कुनै ब्राम्हणविशेष (व्यक्ति) को विरोध गर्नुपर्ने कारण भए त्यो बेग्लै कुरा हो। तर, ब्राम्हणत्वकै विरोधलाई के भन्ने ? मलाई त हीनतावोध जस्तै लाग्छ । अरुनै व्याख्या भए त्यो पनि सुनौं।"
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment