पोस्टर
-आनन्दराम पौडेल
बस्तीभरी टाँसिएका छन् पोस्टर
पोस्टरमा छ ङीच्च दाँत देखाएर हाँसिरहेको नेताको फोटो
ढाकछोप गर्दागर्दै छोपिन नसकेको कुटीलता
र जतनसँग ढाकिएको आडम्बर
छेउकुनाबाट चियाइरहेको छ।
हजुरआमाले नियालेर हेरिन्
प्रष्ट देखिन् तीखा बङ्गारा
यस्ले केही चपाइरहेछ
हाम्रो सपना हाम्रो जीवन र एउटा सिङ्गो राष्ट्र।
कहाँ लगेर जोगाउने होला नातीनातिनाको भविष्य
सोचमग्न भइन् हजुरआमा र आँसु पुछिन्।
anandarampaudel@yahoo.com

No comments:
Post a Comment