Pages

Monday, October 2, 2017

देवनारायण यादवलाइ रिहा गर।



भारतीय सुरक्षाकर्मीद्वारा भएको देवनारायण यादवको गैरकानूनी गिरफ्तारीप्रति गम्भीर ध्यानाकर्षण

भारतले सप्तरीको सीमावर्ती क्षेत्रमा एकतर्फीरुपमा निर्माण गरेको कुनौली तटबन्धका कारण ५० हजार बढी नेपाली जनता वर्सेनि प्रताडित हुँदैआएका छन् । दशगजा क्षेत्र निर्मित उक्त गैरकानूनी संरचनालाई भारतले गतवर्ष (२०७३ साउनमा) विस्तार गर्न खोज्दा स्थानीय नेपाली जनताले प्रतिकार गरेका थिए । गैरकानूनी भारतीय संरचना निर्माणविरुद्धको आन्दोलनको नेतृत्व स्थानीय देवनारायण यादवले गरेका थिए । अन्ततः नेपाली जनताको सशक्त प्रतिकारका कारण भारतले उक्त संरचना निर्माणबाट पछि हटेको थियो । गतवर्ष यसरी कुनौली तटबन्धविरुद्धको आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका उनै देवनारायण यादव र उनका छोरा अजय यादवसहित तीन जना नेपाली नागरिकलाई भारतीय प्रहरीले गैरकानूनीरुपमा गिरफ्तार गरी अपहरणको झुठा मुद्दा चलाएको भन्ने समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । देवनारायण यादव र उनका छोराको भारतीय प्रहरीद्वारा भएको गैरकानूनी, अमानवीय र नेपालको सार्वभौमिकताविरोधी गिरफ्तारीप्रति हामी घोर आपत्ति प्रकट गर्दछौँ । साथै देवनारायण यादव र उनका छोरासहित सबैको विनाशर्त रिहाइको माग गर्दै यादवसहित उनका परिवारको पूर्ण सुरक्षाको प्रत्याभूमि दिलाउन नेपाल सरकारसँग हाम्रो विशेष अनुरोध छ । भारत सरकारको दादागिरि, हेपाहा, मिचाहा प्रवृत्ति र नेपाल सरकारको नालायकी र निरिहपनका कारण सीमा क्षेत्रका थुप्रै नेपाली नागरिकले ज्यान गुमाइसकेका छन् । भारतीय सुरक्षाकर्मीको अमानवीय ज्यादत्ति मेचीदेखि महाकालीसम्मका सीमा क्षेत्रका बासिन्दा निरन्तर भोग्दैआएका छन् । भारतीय सुरक्षाकर्मीबाट नेपाली जनता लुटिएका, कुटिएका, दशगजा मिचिएको, नेपाली भूमि भारतीय अतिक्रमणमा परेको समाचार निरन्तर आउने गरेका छन् । २०६७ फागुनमा बर्दियाको जमुनीका हर्कबहादुर शाहीलाई भारतीय सुरक्षाकर्मीैले बेपत्ता पारेको छ । २०६७ जेठ ११ मा मोरंगका वासुदेव साहको हत्या भारतीय सुरक्षाकर्मीबाट भएको छ । २०७० असोजमा भारतीय प्रहरीले अनधिकृतरुपमा बर्दिया गुलरियामा रहेको मञ्जुलकुमार श्रेष्ठको घरमा छापा मारेको छ । २०७२ मंसिरमा हतियारधारी १३ जना भारतीय सुरक्षाकर्मी गैरकानूनीरुपमा झापाको केचनामा प्रवेश गरेका छन् । २०७२ मंसिरमा भारतीय सुरक्षाकर्मी सुनसरीको भण्टाबारीमा प्रवेश गरी गोली चलाउँदा चारजना स्थानीय घाइते भएका छन् । २०७३ फागुनमा भारतीय सुरक्षाकर्मीले कन्चनपुरका गोविन्द गौतमको ज्यान लिएको छ । २०७३ वैशाख १२ गते पाँचजना हतियारधारी भारतीय सुरक्षाकर्मी डोटी पुगेका थिए । यो श्रृंखला अहिलेसम्म पनि रोकिएको छैन । पछिल्लोपटक भएको देवनारायण यादव र उनका छोराको गिरफ्तारी यसैको निरन्तरता बोहक अरु केही होइन । अतः सीमा क्षेत्रका नेपाली नागरिकमाथि भारतीय सुरक्षाकर्मी र भारत सरकारद्वारा जारी यस्ता अमानवीय नेपालको सार्वभौमिकताविरोधी हर्कत तत्काल रोक्न हाम्रो विशेष माग छ । नाम हस्ताक्षर (१) आनन्दराम पौडेल लेखक\ विश्लेषक (२) ई.कुसुम ज्ञवाली वरिष्ठ लेखक,साहित्यकार (३) रतन भण्डारी जलश्रोत र सीमाविद् (४) रत्नसंसार श्रेष्ठ जलश्रोतविज्ञ (५) हरिप्रकाश चन्द अग्नीपूञ्जअन्तर्राष्ट्रिय सम्वन्धका विज्ञ (६) निमकान्त पाण्डे वरिष्ठ पत्रकार (७) रामविनय वरिष्ठ साहित्यकार (८) पुण्य गौतम विश्वासअन्तर्राष्ट्रियमामलाविद् (९) डा.भूवप्रसाद त्रिपाठी प्रोफेसर (१०)डा.राजकुमार पोखरेल प्रोफेसर (११) ई.रमेश दाहाल राष्ट्रवादी अभियन्ता (१२) ई. आर के ठाकुर भ्रष्टाचारविरुध्द र राष्ट्रवादी अभियन्ता (१३) डा.द्वारिकानाथ ढुङ्गेल पूर्व-सचिव\राष्ट्रवादी अभियन्ता (१४) लक्ष्मीप्रसाद ढकाल पूर्व-सचिव\ राष्ट्रवादी अभियन्ता (१५) देव लिम्बु राष्ट्रवादी अभियन्ता (१६) जर्नेल डा.प्रेमसिंह बस्न्यात राष्ट्रवादी अभियन्ता (१७) कृष्ण सुवेदी बालअधिकारका अभियन्ता (१८) श्रीप्रसाद पण्डित पूर्व-रजिष्ट्रार\वरिष्ठ अधिवक्ता (१९) पवन ओझा पूर्व-महान्यायाधिवक्ता (२०) रेणु शर्मा उप्रेती महिला अधिकारका अभियन्ता (२१) ध्रुवहरि अधिकारी वरिष्ठ पत्रकार (२२) टीकाराम रेग्मी शिक्षाविद् (२३) बैकुण्ठ आचार्य शिक्षाविद्

 


No comments:

Post a Comment