Pages

Monday, October 30, 2017

बाहुन-चरित्र।

कुमारजी आज्ञा गर्नुहुन्छ, "हे अगस्त्य मुनि, अब म बाहुनहरुको सामाजिक व्यबहारको एक झलक बताउँछु, ध्यान दिएर सुन्नुहोस्। बाहुनहरुको सामाजिक ब्यवहारलाइ वुझ्नका लागि किरियापुत्री भेट्न आउनेको अनुहार पढ्दा - (१)आएकाहरुमध्ये आधाआधिचाहीं लोकाचारको लागि आएका भेटिनेछन्। (२) एकचौथाइचाहीं औपचारिकताको लागि मात्र आएका हुन्छन्। (३) आउनेहरुमध्ये अर्को एकचौथाईचाहीं आफ्नै दाजुभाई, कूल-खलक र नजिकका नाता-सम्बन्ध हुन्छन्। यी बाहुनका आफ्नै परिवार, कूल-खलक र नजिकका नातासम्वन्ध कस्ता हुन्छनभने यिनीहरु एकआपसमै एकअर्काविरुध्द बाह्रै महिना र जीवनभरी नै इर्ष्या, रीस,डाह मात्र गरिरहेका हुन्छन्। आफ्नै परिवार,नातेदारविरुध्द सदासर्वदा इर्ष्या, रीस,डाह राखेर, मुर्मुरिएर, दाह्रा किट्दै, धारेहात लगाइरहेका हुन्छन्। किरियापुत्री भेट्न आउँदा पनि यिनीहरु भित्रभित्रै पुत्पुति कालो धुवाँ छुटाउँदै, गह्रुँगोसँग आइरहेका हुन्छन्। यी बाहुनका बयस्कहरु आत्मकेन्द्रित, व्यक्तिवादी, अहङ्कारी हुन्छन्। यी बयस्कहरु दिनरात आफ्नै परिवार र नजिकका नाताकुटुम्बको कुरो काटेर र निन्दा गरेर बसिरहेका हुन्छनभने तिनीहरुका युवा भैसकेका सन्तानहरु एकसेएक छ्वाँके हुन्छन्। यी छ्वाँकेहरुमा मूल्य-मान्यता, संस्कार र सभ्यताको लेसपनि हुँदैन। यिनीहरुमा मानवीय विवेक र सम्वेदनशीलता हुँदैन। अरुको मर्यादा राख्दैनन्। यी टपर्टुइयाँहरु परिवारका जेष्ठ मान्यजनहरुसँग समेत् घोचपेचका क्षुद्र बोलिबचन र व्यवहार गर्छन्।"
"जनजातिहरुमा आज मनमुटाव भयोभने पनि पर्सिसम्ममै मिलिसक्छन् तर यी बाहुनहरु भने साना-साना बिषय र हुँदैनभएका बिषयमा समेत् जिन्दगिभरी तुष राख्दै, आपसमै मनोमालिन्य बढाउँदै र एकअर्काविरुध्द धारेहात लगाउँदै जीवन विताउँछन्। यस्ता क्षुद्र, निकृष्ट बाहुनहरुले नै आफूलाई, "उच्च जातीको" भन्दै घमण्ड गरेको देख्दा योभन्दा भद्दा मजाक अरु अरु हुनैसक्दैन।"
इति कुमार-अगस्त्य सम्वादे, बाहुन महात्म्ये, बाहुन-कुटुम्ब व्यवहार अध्याये शुभम्।


Ramesh Neupane: हामी अाफुलाई उच्चजाति भनिनेहरुको अाफ्ना सन्तानलाई संस्कार सिकाउने नाममा केही गरेका हुदैनौ । जे गर्छ छोराले गर्छ भनेर छाडा छोदिएका हुन्छौ । न ईष्टमित्रलाई भेट हुदा १ मिनेट परिचय गराउछौ अाफ्ना सन्तानलाई, सन्तान पनि अाजकालका कस्ता भने मोवाईल नेट त कसैले देखेकै छैन जस्तो । न यो मान मर्यादा दिनु पर्छ भनेर सिकाउछौ । २/४ शब्द सिकाउन खोज्यो र पाहुनाले ८/९ शब्द बोल्यो भने अा बाउ तपाईको त्यो मान्छे त मलाई मन परेन भनेर उल्टो ट्यापे पारा देखाउछ र त्यहि कुरा अामा बाउलाई मन पर्छ भने कसरी बन्छ हाम्रो बलियो नाता ।सबै तिर अाडम्बर छ ।घाटमा सहयोग गर्न जानु पर्नेमा १/२ दिन पछि घरमा गएर मुख देखाउन जाने सहयोग हुन्छ ।अघिपछि रिस डाहले नबोल्नेहरु बोली टोपल्छन् । नकचरो चाला कति बड्ने होला अाफु बाचुन्जेल?

No comments:

Post a Comment