समानुपातिकतर्फ देशभरबाट करीव ३३ लाख
मत पाएको नेकपा एमालेका संगठित कार्यकर्ता कति होलान् ? अनि १३ लाख मत पाएको माओवादीका संगठित
सदस्यचाहिँ कति छन् ? एमाले माओवादी एकीकरणपछि अन्तरिम विधान
र संगठनात्मक एकताको मस्यौदा गर्न गठित कार्यदलमा यो प्रश्नले अनौपचारिक प्रवेश पाएको छ ।
हुन त एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले
समानुपातिकतर्फ वाम गठबन्धनका ८ लाख मत बदर भएको र त्यसमा एमालेका कम्तिमा ५ लाख
मद बदर भएको बताउँदै आएका छन् । समानुपातिकको मतपत्रमा सूर्य र गोलाकारभित्रको
हँसिया हथौडा दुवै चिन्हमा मतदान गरेका कारण अत्यधिक मत बदर भएका थिए ।
गत
चुनावमा सदर मतका आधारमा कुल मतको ३३ प्रतिशत एमालेले पाएको छ भने माओवादीले करीव
१४ प्रतिशत मत पाएको छ । एमालेले माओवादीभन्दा २० लाख बढी मत पाए पनि पार्टी
सदस्यतामा भने दुवै पार्टीबीच धेरै फरक नदेखिएको कार्यदलका एक सदस्यले बताएका छन्
।
माओवादीका दुई प्रकारका सदस्य जोड्दा एमाले बराबर पुग्ने
उनले बताए ।
३३ लाख लोकप्रिय मत र प्रत्यक्षतर्फ ८० सिट जितेको नेकपा
एमालेका देशभरमा ३ लाख ५० हजार संगठित सदस्य रहेको विवरण कार्यदलमा पेश भएको छ ।
एमालेले विगतमा साधारण सदस्य समेत बनाउने गरे पनि नवौं महाधिवेशनदेखि एकप्रकारको
मात्र सदस्यताको व्यवस्था गरेको छ । एमालेले संगठित सदस्य नभनी पार्टी सदस्य भन्ने
गरेको छ ।
माओवादीः मत १३ लाख, सदस्य डेढ लाख
कार्यदलमा माओवादीले अनौपचारिक रूपमा दिएको जानकारीअनुसार
देशभरमा माओवादी केन्द्रका डेढ लाख संगठित सदस्य छन् । त्यस्तै करीव २ लाख ५० हजार
साधारण सदस्य रहेको विवरण कार्यदलमा पेश भएको छ । यद्यपि पार्टी विभाजन र टुटफुट
तथा एकीकरणका क्रममा सदस्यता संख्या तलमाथि भएको हुन सक्ने माओवादी नेताहरुले
बताएका छन् ।
केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यहरुको समेत नामसहितको
विवरण दिन नसकेको माओवादीले पार्टी सदस्यको संख्याबारे मात्र अनौपचारिक जानकारी दिएको छ । एमालेले
भने संख्यामात्र होइन, तीनपुस्ते विवरणसहित नै उपलव्ध गराउन
सकिने कम्प्युटर प्रणालीमा पार्टी सदस्यता कायम गरेको छ ।
कार्यदलमा माओवादीका एक सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले
पार्टी सदस्यहरुको विवरण पेश नभइसकेको जानकारी दिए । उनले भने, ‘पार्टी सदस्यको विवरण कसैले मागेको पनि
छैन, बुझाएको पनि छैन । जबस मोर्चाहरुको
विधान, प्रतिवेदन आदिइत्यादी आदान प्रदान
मात्र भएको छ ।’
कार्यदलका प्रवक्ता एमाले सचिव गोकर्ण विष्टले पनि पार्टी
सदस्यहरुको संख्याबारे औपचारिक छलफल नभएको बताए । उनले सदस्यहरुको विवरण आदान
प्रदान हुने भनिए पनि अहिले कसका कति भनेर औपचारिक रुपमा पेश नभएको बताए ।
धु्म्बाराहीमा तीन पुस्ते विवरण
एमालेका देशभित्र र बाहिरसमेत रहेका सबै संगठति सदस्यको तीन
पुस्तेसहितको विवरण केन्द्रीय संगठन विभागको कम्प्युटर प्रणालीमा राखेको छ । कुनै
पनि सदस्यका बारेमा बुझ्नुपरेमा केन्द्रीय कार्यालयबाटै सहज विवरण लिन सकिने र
सदस्य खारेज गर्नुपरेमा वा नयाँ सदस्य थप्नु परेमा पनि केन्द्रीय संगठन विभागबाटै
हुने गरेको छ ।
एमालेमा संगठित सदस्यता प्राप्ति निकै कठिन रहेको छ ।
जिल्ला कमिटीले संगठित सदस्यहरुको विवरण लिएर अनुमोदन गर्ने बाहेक अरु अधिकार छैन
। त्यसैले कसैले चाहेर पनि सदस्यहरुको विवरण
तलमाथि गर्न नसक्ने नेताहरुले बताए ।
पार्टी सदस्यता पाउन मापदण्ड पुगेका तर निर्णय नभएर रोकिएका करीव ४० हजार
कार्यकर्ता देशभरमा रहेको विवरण केन्द्रीय कार्यालयमा छ । कतिपय ठाउँमा गुटको
विवादका कारण पार्टी सदस्यता फारम भरेको वषौर्ं पुग्दा पनि सदस्यता नपाएर बसेका
कार्यकर्ता छन् ।
पेरिसडाँडामा संख्यामात्रै
उता माओवादीले भने पार्टी सदस्यको संख्यामात्र केन्द्रमा उपलव्ध हुने जनाएको छ
। पार्टी सदस्यहरुको विवरण भने सम्बन्धित जिल्लामा रहने र जिल्लाले पठाएको
संख्यामात्र केन्द्रीय कार्यालयमा रहेको माओवादी नेताहरुले कार्यदललाई जानकारी
दिएका छन् । माओवादीमा पार्टी सदस्यहरुको व्यक्तिगत विवरण भने रहने गरेको छैन ।
संगठनको क्षेत्रमा माओवादीको अवस्था लथालिङ्ग पाराको देखिएको छ । केहीअघि माओवादी
केन्द्रीय कार्यालयमा जिल्ला अध्यक्षहरुको विवरण माग्दा समेत कार्यालय सचिव प्रकाश
पोखरेलले सबै विवरण उपलव्ध नभएको जवाफ अनलाइनखबरलाई दिएका थिए । एमालेमा भने
जिल्ला कमिटीसम्मका नेताहरुको फोन नम्बर समेत केन्द्रीय कार्यालयले अपडेट गरेर
राख्ने गरेको छ ।
माओवादीको विवरण सुनेपछि एमालेका एक नेताले केही समयअघि कृष्णबहादुर महराले
एमाले नेताहरुसँग भनेको संवाद सम्झिए । त्यसबेला महरासँग एमाले नेता सुरेन्द्र
पाण्डेले पार्टी सदस्यहरुको विवरणबारे सोध्दा उनको जवाफ थियो- यस्ता विवरण खोज्न
थाल्नुभयो भने पार्टी एकता नै हुँदैन । हाम्रो पार्टी भनेको कमरेड प्रचण्डले छ
भनेका दिनसम्म रहन्छ, विघटन गरेका दिन विघटन
हुन्छ ।
संगठन संरचना उस्तै-उस्तै
एमाले माओवादी संगठनात्मक एकीकरणका क्रममा कस्ता कमिटीहरु रहने भन्ने छलफलमा
कार्यदल प्रवेश नै गरेको छैन । अहिले एमालेमा स्थायी कमिटी, पोलिटब्यूरो,केन्द्रीय कमिटी, प्रदेश कमिटी, राष्ट्रिय प्रतिनिधि
परिषद,जिल्ला कमिटी, स्थानीय तह कमिटी र वडा
कमिटीको अभ्यास भइरहेको छ ।
माओवादीमा केन्द्रीय कार्यालय, केन्द्रीय सचिवालय, पोलिटब्यूरो, केन्द्रीय समिति, प्रदेश कमिटी, जिल्ला कमिटी, स्थानीय तह कमिटी र वडा कमिटीको अभ्यास भइरहेको छ ।
दुबै पार्टीका कमिटीहरुको विवरण आदान-प्रदान भइरहे पनि माओवादीले संख्या बाहेक नाम
दिन सकेको छैन ।
२०७४ फागुन १८ गते
No comments:
Post a Comment