यो नेपाल राष्ट्र साविकदेखि नै विदेशीहरुको दादागिरीबाट आक्रान्त त छँदैथियो, विदेशीहरुको
दादागिरीले नपुगेर स्वदेशकै सङ्गठित शक्तिहरुको दादागिरीसमेत् थपिएपछि नेपाली जनता
अनाथ बनेका थिए। पछिल्लो कालमा नेतृत्वले नेपाली जनता र राष्ट्रको पक्षमा दह्रोसँग
उभिएपछि राष्ट्र र जनताको टाउकामा गिर खेलिरहेका दादाहरु हच्केका छन्। तीन दशकदेखि
नेपालको सरकार र सिङ्गै राज्यलाइ आफ्नो ईशारामा चलाउँदैआएको भारतको साउथब्लकले
उस्ले भनेबमोजिम एक-दुइटा बिषयमा ठ्याक्कै भनेअनुसार गरेन‘रे भनेर नेपालबिरुध्द
नाकाबन्दी नै लगाएको थियो। त्यसबेला सरकारको नेतृत्वले दह्रोसँग उभिएर
नाकाबन्दीलाइ परास्त गरेको थियोभने युरोपीयन युनियनलगायत पश्चिमा शक्तिहरुले
नेपाललाइ ङ्याक्नखोज्दा गतिलै उपचार गर्यो। यातायात ब्यवसायीहरुको सिन्डिकेटले नेपालको
यातायात क्षेत्रलाइ कब्जा गरेर आफ्नो एकाधिकार र हालिमुहालि चलाइराखेका थिए। यो
मामलामा पनि केही दिनअघि सरकार दह्रोसँग उभिएर परास्त गर्न सफल भयो। यिनीहरुको
दादागिरीबाट मुक्त हुँदैजाँदा नेपाली जनताले राहतको सास फेर्न पाएका छन्। नेतृत्वप्रतिको
विश्वास जागेको छ।
स्वदेशकै सङ्गठित शक्तिहरुको
दादागिरीमध्ये यातायात ब्यवसायीहरुको सिण्डिकेट जनताकोलागि सर्वाधिक पीडादायी
थियो। सरकारी अडानले ढण्डेसो खुस्किएपनि त्यस्को अवशेष अझै छ।
अर्निको राजमार्ग यातायात ब्यवसायी सङ्घको सिण्डिकेटको ढण्डेसो खुस्किएपनि
पश्चिम नेपाल यातायात ब्यवसायी सङ्घ र पृथ्बीराजमार्ग यातायात ब्यवसायी सङ्घ जस्ता
‘सिण्डिकेटका पनि सरताज’ डनहरुको क्रुर पञ्जाबाट मुक्त गर्न बाँकि नै छ।
यी सिण्डिकेटका दादागिरी कतिसम्म
छभने कुनै नयाँ ब्यवसायीले नयाँ बस चलाउन खोज्योभने सर्वप्रथम उनीहरुलाइ पूजाआजा
गरेर, उनीहरुलाइ रिझाएर मात्र कुनै रुटमा बस चलाउन पाउँछन्। सामान्य रुटको लागि
कम्तिमा रु ५ लाखदेखि चल्तिको रुटमा चलाउनका लागि रु १७ लाखसम्म यी
सिण्डिकेट-दादालाइ नजराना चढाउनुपर्थ्यो र चढाइराखेकै स्थिति हो।
यातायात सिण्डिकेटको दादागिरी र
मनोमानि कतिसम्म थियोभने उनीहरु सरकारलाइ नै टेर्दैनथे। बर्षौंदेखि सरकारी
राजस्वसमेत् हाक्काहाक्कि हजम गरिराखेका थिए। देशभरी सञ्चालन भैराखेका करिब दुई
लाख बसले साविकदेखि नै आफ्नो आम्दानीबाट सरकारलाइ कर नतिर्नेगरेको तथ्य सार्वजनिक
भएको छ।
बिडम्बनापूर्ण दुःखद कुरो के छभने
यो सिण्डिकेटलाइ पार्टीका नेताहरुकै संरक्षण थियो र अझै छ। यातायात क्षेत्रको यो
सिण्डिकेट अल्लि अघि नै तोडिन्थ्यो। तोडिईसकेको सिण्डिकेटलाइ, गृहमन्त्री रहँदा शक्ति बस्नेतजीले छाँदहालेर जोगाइदिनुभएको जगजाहेरै
छ।
यातायात क्षेत्रकै बिषयमा
भन्नुपर्दा बसको मात्र हैन ट्रक र ट्याक्सीको सिण्डिकेट समेत् तोड्न जरुरी छ।
निर्माणब्यवसायीहरुले कार्टेलिङ गरेर मनोमानि मूल्य बढाउने, ग्याँस सिलिण्डरमा
बोटलिङ गर्नेहरुलाइ सिलिण्डरको मापदण्डमा ल्याउनखोज्दा इन्कार गर्ने र कर्मचारी
युनियनको दादागिरीलगायत समस्त सिण्डिकेटको दादागिरीबाट यो राष्ट्र मुक्त होस्।
सरकार दह्रोसँग उभियोस् र यो अराजकतालाइ अन्त गरोस्। सबै आ-आफ्ना मर्यादाका
सीमाभित्र रहुन्। सबैले सिष्टमको फलो गरुन् र अनुशासन पालन गरुन्; यत्ति भए पुग्छ।
शान्तिसुरक्षा, विधिको शासन, न्याय र सुशासन भयोभने राष्ट्रको विकास र समृध्दिको
चिन्ता लिनुपर्दैन; जनताले नै गर्नेछन्।
No comments:
Post a Comment