Pages

Saturday, May 19, 2018

डलर र युरोबाट पालितपोषित हाम्रा सामाजिक अभियन्ता अगुवाहरु।


डलर र युरोबाट पालितपोषित हाम्रा सामाजिक अभियन्ता अगुवाहरु।


डेढ महिनाअघि कनकमणि दिक्षीतले हिमाल मेडियाको लागि नर्वे सरकारबाट रु. ६ करोड बराबर युरो प्राप्त गरेको प्रमाण सार्वजनिक भयो। त्यो प्रमाण सार्वनिक भएपछि एकजना भाइले, "हिमाल मेडियाको लागि भनेर कनकमणिले तीशौं बर्षदेखि लिइरहेछन्। बीश-बाइश पटक लिइसके। र यो पछिल्लो आइटम हो" भनेर लेखे। त्यस्को लगत्तै डलर, युरो प्राप्त गर्ने महानुभावहरुको नामनामेसी सार्वजनिक हुन थाल्यो। लहरो तान्दा पहरो गर्जेसरी भयो। पोएमिस कविताजीले निकै लामो सूचि मलाइ पठाइदिनुभएको थियो। तर, अक्षर साह्रै मसिनो भएकोले पढ्न सकिन। एकजना भाइले 'माइ सन्सार डट कम' मा हेर्नुहोस्। त्यहाँ त्यो सूचि छ ' भन्नुभएको थियो। त्यहाँपनि हेर्न भ्याएको थिइन। तिनै भाइले १२-१३ जनाको नाम पठाइदिनुभयो। त्यो लिष्टलाइ मैले मेरो वालमा राखें। मेरो फेसबुक कनेक्शनमा रहेका केही मित्रहरुले मलाइ त्यो लिष्ट झिक्न अनुरोध गर्नुभयो। कमसेकम मदनकृष्ण र हरिबंशको नाम तुरुन्त हटाउनुहोस् भन्नुभयो। त्यो स्टाटस तल राखिदिएको छुः

"पछिल्लोपटक नर्वे सरकारबाट रु.६ करोड बराबरको युरो लिएको प्रमाण भेट्टाएपछि हिमाल मेडियाको बिषयमा खोतलेका थिए। २५-३० बर्षदेखि भित्रभित्रै विदेशी सरकारबाट डलर खाइरहेको भनेर पर्दाफास गरेका थिए। अहिले त, 'नविकेका को छन्' भन्दै आ-आफैं एकले अर्काको पोल खोलाखोल गर्नथाले। एकले अर्कोको पोल खोल्नथाल्दा नेपाली जनतालाइचाहीं ठूलै लाभ भयो। कमसेकम जनताले जानकारी त पाए। विगतदेखि युएसएड नामको आइएनजीओबाट भित्रभित्रै डलर लिइराखेकाहरुको सानो लिष्ट भन्दै हिजो बिहान हामीछेउ यो आइपुग्यो।

(१) एण्टेना फाउण्डेसनले १० पटक। ५,८६२८० डलर लिएको।

(२) मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको महसञ्चारले ७ पटक। ५,००६०० डलर लिएको।

(३) नेपालय Nepal-aya ले ७ पटक। ५,७२६३९ डलर लिएको।

(४) कम्युनिकेशन कर्नरले ७ पटक। २,७३६९७ डलर लिएको।

यसबाहेक युएसएडबाट पटक-पटक डलर लिनेमा - Freedom Forum, Equal Access, Democracy & Elections Alliance हरु रहेछन्।"

उपरोक्त स्टाटस हटाउन अनुरोध गर्ने मित्रहरुलाइ मैले यसरी विनम्र निवेदन गरेको थिएँः
"बर्षौंबर्ष अघिदेखि विेदेशी सरकार र आइएनजिओबाट भित्रभित्रै सबैले लिइराखेकारहेछन्। सबैले लिएको ठाउँमा मदनकृष्ण र हरिबंशले पनि लिए त के बिराए ? कतिले तीशौं बर्षदेखि लिइराखेका रहेछन् भन्ने समेत् जानकारीमा आइरहेछ। 'माइ संसार डट कम हेर्नुहोस् त दाज्यु, यसरी भित्रभित्रै लिनेहरुको लामो सूचि छ' भनेर यहीं एकजना भाइले लेखेका थिए। जब सबकासबले बर्षौंदेखि भित्रभित्रै लिइराखेकै छनभने विचरा मदनकृष्ण र हरिबंशको हकमा मात्र किन आपत्ति ? सबैले लिन हुने, मदनकृष्ण र हरिबंशले मात्र लिन नहुने हो र ? "

बिषय-प्रसङ्गमा एकजना पत्रकार भाइले कुरा उप्कायो। उत्सुकता जाग्यो। लिष्ट माँगें। अनुमान त के, कल्पनासमेत् नगरेको तथ्य अगाडी देख्दा छक्क परें। आफूलाइ नौलो लागेको तथ्य अरुको लागि पनि नौलो होला भनेर फेसबुकमा राखिदिएको हुँ। यहाँ कसैलाइ 'अपराधी' भनेको छैन। कसैलाइ 'अपराधी' भन्ने मनशाय पनि राखिएको छैन। सत्यतथ्य अगाडी आउनासाथ त्यसलाइ अपराधसँग गाँसेर हेर्ने दृष्टिकोण राख्नुहुँदैन भन्ठान्छु। अझ, Poemis Kabita जीले त ‘यस्ता अरुपनि छन्’ भनेर मेरो वालमा लामो सूचि राखिदिनुभएको थियो। त्यस्मा अक्षर धेरै मसीनो भएकोले वुझ्न गाह्रो पर् यो। ( May 19, 2014 मा पोष्ट गरेको स्टाटस )

No comments:

Post a Comment