नेपाल कम्युनिष्ट पार्टी को अवसर र चुनौति
-आनन्दराम पौडेल
नेकपा एमाले र माओवादी केन्द्र एकीकरण
भएर ‘नेपाल कम्युनिष्ट पार्टी’ को जन्म भएसँगै नेपाली राजनीतिमा केही
आशालाग्दा सम्भावनाहरु देखापरेको छ। नेपाल एकीकरणअघि बाइशे,चौबिशे राज्यहरु
भएजस्तै जथाभावि खुद्रा पार्टीहरुको बथान (३ दर्जन) थिए। तिनीहरुले नेपालको राजनीतिलाइ
रछानै बनाएका थिए। अब नेपालको राजनीति खुद्रा पार्टीहरुको भारबाट मुक्त हुनेछ र
दुइटा पार्टीको सेरोफेरोमा रहेर अघि बढ्ने छ।
यसअघिसम्म राज्यसञ्चालनमा विधिको शासन र सिष्टमको मर्यादालाइ ख्याल
गरिंदैनथ्यो। वहुमतको सरकार नभएको, ३-४ ओटा पार्टीलाइ जोडेर वहुमत पुर्याउनुपरेको
र सबैको चित्त बुझाउनुपरेकोले सिष्टम नाघ्नुपरेको बाध्यता भन्दै उम्कनेगर्थे। सरकारको नेतृत्वले निर्णयको जोखिम उठाउनबाट बच्नुपर्यो कि “सहमति खोज्ने” भन्ने, सहमति खोज्ने नाममा सरकारले निर्णय नै नगर्ने, निर्णय गर्नबाट भाग्नलाई सहमति खोजेको नाटक गर्ने प्रचलन थियो। सहमति खोज्ने नाममा निर्णय गर्नबाट भाग्ने छुट अब यो सरकारले पाउने छैन ।
वहुमतको मात्र हैन समर्थनसमेत् मिलाउँदा दुईतिहाइको सरकार भएकोले राष्ट्रको
हितमा काम गर्न बाधा-अडचन छैन। कामै गर्ने होभने नेतृत्वको लागि यो अपूर्व अवसर
हो।
विश्वमा कम्युनिष्ट
आन्दोलन रक्षात्मक अवस्थामा पुगेका बेला नेपालमा भने कम्युनिष्टहरुको बिस्तार
मात्र भएको छैन, झन् सङ्गठित र सुगठित भएका छन्। पार्टीको
आकारको हिसाबले कम्युनिष्ट पार्टीको इतिहासमै यो उल्लेखनीय हो । लोकतान्त्रिक पध्दतिलाइ अङ्गिकार गरी लोकतान्त्रिक विधि र पध्दतिको निर्वाचनबाट सत्तामा
आएको पार्टीको हिसाबमा यो एसियाकै ठूलो पार्टी हो । नेपालको वर्तमान सत्तामा यो
पार्टी केन्द्रमा झण्डै दुईतिहाइ बहुमत, जनमतको
हिसाबले ५२
प्रतिशत, ७ मध्ये ६ वटा प्रदेशमा बहुमत तथा ७५३ स्थानीय सरकारमध्ये ४ सय वटामा
आफ्नो बहुमतसहितको सरकार भएको पार्टी हो।
शक्तिसाली
पार्टी भएको र सत्ता आफ्नो मुठीमा भएकोले नेपाली काङ्ग्रेसले अहङ्कार चुलिनसक्ने
सम्भावना औंल्याएको छ। काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सत्ता बन्दाभन्दा बढी
खतरा सत्ता बनिसकेपछि हुने भन्दै दुई विपरित आन्दोलनका धारबाट आएका पार्टीका नेताबीच
भविष्यमा द्वन्द्व भई समस्या निम्तन सक्ने खतरा औँल्याएका छन् ।
“कम्युनिष्ट आन्दोलनका विपरित धारहरुबाट आएका एमाले र माओवादीको बीचमा केन्द्रीय सत्तामा भविष्यमा को हावी हुने भन्ने मनोविज्ञान रहन सक्छ। पार्टी–पार्टीबीचको विगतको द्वन्द्व अन्त्य भएर एक ठाउँमा उभिँदैगर्दा त्यसले नयाँ ढङ्गको दम्भ सिर्जना गर्न सक्छ । त्यो लोकतन्त्रका लागि खतरनाक हुन सक्छ”, काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भनेका छन्। त्यसैको जवाफमा होला, प्रधानमन्त्री केपी शर्मा ओलीले तानाशाही चलाउन वा अहङ्कार देखाउन नभई देश बनाउन एकता गरेको बताए।
“कम्युनिष्ट आन्दोलनका विपरित धारहरुबाट आएका एमाले र माओवादीको बीचमा केन्द्रीय सत्तामा भविष्यमा को हावी हुने भन्ने मनोविज्ञान रहन सक्छ। पार्टी–पार्टीबीचको विगतको द्वन्द्व अन्त्य भएर एक ठाउँमा उभिँदैगर्दा त्यसले नयाँ ढङ्गको दम्भ सिर्जना गर्न सक्छ । त्यो लोकतन्त्रका लागि खतरनाक हुन सक्छ”, काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भनेका छन्। त्यसैको जवाफमा होला, प्रधानमन्त्री केपी शर्मा ओलीले तानाशाही चलाउन वा अहङ्कार देखाउन नभई देश बनाउन एकता गरेको बताए।
तर, यो आशङ्का नेपाली काङ्ग्रेसको मात्र नभएर
सर्वसाधारण जनताकै आशङ्का भएकोले उठेका सवाल र आशङ्कालाइ ओठेजवाफ दिएर सामसुम
पार्नखोज्नुभन्दा ब्यवहारबाटै सिध्द गर्न जरुरी छ।
शुक्रवार, मे 18, 2018
No comments:
Post a Comment