बैंकबाट लोनमा ट्याक्सी लिएको छु। बैंकलाइ महिनाको २४ हजार बुझाउँछु।
गौशालानजिक बत्तीसपुतलीमा सेभेन इलेभेन डान्सबार रेष्टुरेण्टअगाडी राति १० बजे ट्याक्सीमै थिएँ। रेष्टुरेण्टका स्टाफ आएर "एकजनालाइ नरेफाँट पुर्याइदिनोस्" भने। नशाले पूरै फिटान भएकी युवती रहिछ। त्यस्तो पेसेञ्जरलाइ कसरि लानु ? भनेपछि रेष्टुरेण्टका स्टाफलाइ पनि साथमा पठाइदिए। नरेफाँटमा पुगेपछि "तपाईंको घर कहाँनिर हो ?" भनेर सोधें। घरि यता भन्छे, घरि उता भन्छे। यता र उता, कता-कता घुमाइरही, दौडाइरही। घण्टौं बित्यो। ती युवतीको गडबड चाला देखेर रेष्टुरेण्टको स्टाफपनि कुलेलम् ठोक्यो। हैरान भैसकेको थिएँ। झन् त्यहीबेलामा त्यो युवती चिच्याउनथालि। "मलाई बलात्कार गर्यो" भनेर ठूलो-ठूलो स्वरले गर्जेर चिच्याई। वरपरका घरबाट मान्छेहरु आएर मलाइ घेरे। मलाइ नै दोषी देखाउँदै तथानाम गालि गर्नथाले। मलाइ झण्डै हातपात गरिसकेका थिए।
त्यहीबेलामा पुलिसलाइ खबर गर्न भ्याइहालें। आफैंले खबर गरेर बोलाएको पुलिसले पनि उल्टै मलाइ नै केरककार गरेकोगर्यै गर्छ। आजित भैसकेको थिएँ। तै त्यहाँ जम्माभएकामध्ये २ जनाले हस्तक्षेप गरेर सम्झाएपछि बल्ल म बचें।
ती युवतीलाइ जडिबुटी पुलिस चौकीमा राखिएको थियो। बिहान सबेरै त्यहाँ पुगें। ती युवतीले, "हातपात गर्यो, बलात्कार गर्यो भनेर आरोप लगाइहाल्ने हाम्रो बानि नै भैसक्यो। मेरो त्यही बानिले गर्दा हिजो तपाईंले अनाहकमा धेरै दुःख, सास्ति, झमेला ब्यहोर्नुपर्यो। सरी दाई, माफ गरिदिनुहोस्" भन्छे।
- बा२ज २१७२ नम्बर ट्याक्सीका चालक शेखर पौडेल।
No comments:
Post a Comment