चिकित्सक हडताल र अपराधसंहिता ।
नेपालमा डाक्टरसाहेबहरुले महिनैपिच्छे आन्दोलन गरिरहनुहुन्छ भन्ने प्रसङ्ग
चल्यो। एकजना वकिलसाहेबले अपराध संहिताको भाग-२, परिच्छेद १९ मा उपचारसम्बन्धि
ब्यवस्था देखाए।
(१) दफा ६ मा, “कानुनबमोजिम गर्नुपर्ने काम र
कानुनले क्षम्य मानेको कामलाइ कसुर मानिने छैन।”
लेखेकोरहेछ।
(२) दफा १५ मा, “ज्यान लिने, अङ्गभङ्ग गर्ने नियतले वा
ज्यान जानसक्छ भन्ने थाहा भई-भई गरेकोमा बाहेक १८ बर्षमाथिका कुनै ब्यक्तिको
मञ्जुरी लिई गरेको कामलाइ कसुर मानिने छैन।” लेखेको रहेछ।
(३) दफा १६ मा, “कुनै ब्यक्तिको भलाईको लागि निजको
मञ्जुरी लिई असल नियतले होसियारीसाथ गरेको कामबाट त्यो मञ्जुरी दिने ब्यक्तिलाइ
क्षति पुग्नगएमा त्यो कामलाइ कसुर मानिने छैन।”
लेखेको रहेछ।
(४) परिच्छेद १ मा पनि चिकित्सकले आफ्नो ब्यवशायको सिलसिलामा
असल नियतले गरेका कुनैपनि कामबाट कसुर स्थापित हुँदैन नै भनेको रहेछ।
No comments:
Post a Comment