Pages

Tuesday, October 27, 2020

 

हामी लहै-लहैमा लाग्दा यतिसम्म भयो -

 

(१)थलारा गाउँपालिका (बझाङ) की खत्रीकी छोरी १४ बर्षकी मात्र भएपनि हलक्क बढेकी लायककी थिईन्। त्यहींका एकजना पार्की थरका युवाले सधैं नजर लगाइराखेका थिए। २०७७ भदौ १६ गते राती त्यही गाउँपालिका वडा नं ३, देवलबाँझमा बिवाह थियो। बिवाहमा ती खत्रीकी छोरी पनि आएकी थिइन्। पार्की युवकले देख्यो। तिमीलाइ एउटा कुरा भन्नुथियोभनेर घरको पछाडी लग्यो। एकान्त हुनासाथ तिनै खत्रीनानीको चुन्नीले मुखमा बाँध्यो। तिनलाइ बोकेरै फुपूको घर थलारा-१, बगाडा पुर्यायो। फुपूको समेत् मद्दत लिएर रातभरी बलात्कार गरिरह्यो। पुलिसले पक्रेपछि शुरुमा त पार्की युवकले अपराध जस्ताकोतस्तै कबुल गरेको थियो। बयानमा पनि अपराध कबुल गरेको थियो। पछि खराब नेताहरु आउनथाले। दलित भनेर हेपेको, छोईछिटो गरेको भन्नुभनेर पाठ पढाए। भ्रम र भ्रान्ति छरेर केसलाइ अन्योलमा पुर्यारहेका छन्।

 

(२) सात-आठ बर्षअघि भएको घटना सम्झन्छु। स्वास्थ्य मन्त्रालय अन्तर्गत क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशकका अनेकौं कारोबार, धन्दाको बिषयमा तथ्यहरुसहित उजुरीहरु आइरहेपछि उनलाइ मन्त्रालयमा झिकाइयो। पहिले त उनले नेपालगञ्ज छाड्न नमानेर जिद्दी गरिरहे। मन्त्रालयले पनि अलि कडिकडाउ गरेपछि बल्ल मन्त्रालय आउने भए। आउनुअघि पत्रकारहरु बोलाएर, “म तराईको मधेसी भएकोले मलाई हेपेर अपमानित गरेका हुन्भने। मन्त्रालयले छानबिन कमिटी बनाएर छानबिन गराउँदा घिनलाग्दा कारोबार अनगिन्ति भेटिए।

 

(३) केही बर्ष अघि हो, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा एकजना किराती थिए। पछि उनले निमित्त\कामु भएर डेढ-दुई बर्ष प्रमुख आयुक्तको जिम्मेवारी पनि सम्हालेका थिए। कार्यकाल सकिनुभन्दा अघि यिनको लोभीपापी मन उत्कर्षमा पुग्यो। लाजघीन नै पचाएर नाङ्गिन थाले। तीनकुनेको अमूल्य जग्गा बिचौलियाहरुलाइ मिलाइदिए। त्यतिले नपुगेर राष्ट्र बैंकका गभर्नर वीजयराज भट्टराईलाइ माखेसाङ्लोमा पारेर निचोर्न खोजे।
लोभानि-पापानिको बशमा परेर यिनले गरेका घीनलाग्दा दुस्कर्म एक-एक भण्डाफोर हुनथाल्यो। अखबारका पाना भरिनथाले। यिनका दुषित कर्महरु एकपछि अर्को, सृङ्खलावद्ध प्रकाशित हुनथाले। तथ्यका सामना गर्न सक्ने स्थिति नभएपछि यिनी अत्तालिए। अत्तालिएकै अवस्थामा यिनको प्रतिकृया आयो। म जनजाति भएकोले मलाइ लखेटेका हुन्भन्नथाले।

 

(४) धेरै बर्षअघिको कुरो हो। हामी जुम्ला गएका थियौं। जुम्लामा ३ महिना बस्यौं। त्यहाँ अचम्मको मनोवृत्ति पाएर हामी छक्कपरेका थियौं। मौका पर्नासाथ, लाजघीन नै पचाएर घीनलाग्दो हदसम्म बदमासी गरिहाल्ने। छलछाम गर्ने, चोर्ने-ढाँट्ने त स्वभाव नै हुँदोरहेछ।
बदमासी खुल्योभने, "हामी दूर्गम ठाउँका लाटा-सोझा त भयौं" भनिहाल्दारहेछन्। मानौं, लाटा-सोझा भनेपछि ७ खत माफ हुनुपर्छ भन्ने हकदावि हुँदोरहेछ। त्यहाँ यो आम-प्रवृत्ति देखियो।

यी प्रतिनिधि घटना हुन्। यस्ता घटना अनगिन्ति छन्।

 

जुम्लाबाट पूर्वतिर आउँदा पनि यो प्रवृत्ति देखियो।


जाजघीन पचाएरै बदमासी गरिहाल्ने। मर्यादाका सीमा नाघिहाल्ने।

आफ्नो कर्तब्य र जिम्मेवारी वहन नगर्ने। मौका पर्नासाथ मर्यादा नाघेर मनपरी कुकर्म पनि गरिहाल्ने। यी दुस्कर्मका बिषयमा कसैले प्रश्नमात्र गर्योभने, “हामी निम्छरालाइ हेप्यो ! भनेर सबैतिर हल्ला मच्चाउने। उल्टो हल्ला चलाएर आफ्नो दुस्कर्म लुकाउने र उल्टै अरु सज्जनमाथि लाञ्छना लगाउने। दुषित कुकर्म गरेको तथ्यप्रमाणसहित् खुलासा भैसक्दा पनि गल्ति नस्वीकार्ने, पश्चात्ताप नगर्ने जर्खरो प्रवृत्ति पूर्वतिर विशेषगरेर बाहुनहरुमा देखियो। यी अपराधी प्रवृत्तिकाले आफूलाई "निम्छरो" भन्ने र सज्जनकै विरुध्द षडयन्त्रका कथा रचेर उल्टै जाईलाग्ने प्रवृत्ति पनि यी बाहुनमै पाइयो। 'उल्टा चोर कोतवालको डाँटे' लाइ सार्थक गर्नेगरी सज्जनकै विरुध्द उल्टै नानाभाँति लाञ्छना लगाउँदै कोकोहोलो मच्चाउने। सधैं अत्तोथाप्ने र निहुँखोज्ने प्रवृत्ति पनि यिनीहरुमै देखियो। गल्ति फेलापर्नासाथ आफूलाइ निम्छरोभनेर सहानुभूति बटुल्न चौपट्टै शिपालु पनि यिनीहरु नै भए।
अर्कोतिर, नेपाली समाज कस्तो भएछभने खोतलेर सत्य-तथ्य नबुझिकनै तिनै निकृष्ट हल्लावाजको कुरो पत्याउने ! जस्ले गर्दा यही दुस्प्रवृत्तिलाइ मलजल हुने, यिनीहरुको मनोवल बढ्ने र यस्ता क्षुद्र दुच्छरहरु मौलाउने !
जनजातिहरुमा चाहीं गल्ति स्वीकार्ने, पश्चात्ताप गर्ने र आफूलाई सुधार्ने प्रवृत्ति पाइयो।

Top of Form

Bottom of Form

 

 

 


No comments:

Post a Comment