-आनन्दराम पौडेल
प्रचण्ड राम्ररी निदाउन
सकेनन्। राती अवेरसम्म सोचे। जति सोच्दापनि निकासको सम्भावना कतै फेला पारेनन्।
समस्याहरु झन्-झन् गुजुल्टिंदैगएको देखे। ८ बर्षअघि पनि यस्तै भएथ्यो। साथीहरुले सुझाव दिएकाले त्यसबेला चिना बोकेर चतरामा ज्योतिष
पण्डितलाइ भेट्न पुगेको सम्झे। चीना हेरेपछि ज्योतिषले, ‘शनि, सङ्कटा र भ्रामरीको दशाले
गाँजेको छ’ भनेका थिए। हुन त मेरो मिथुन
राशीलाइ त्यसबेला अढैया शनि दशा थियो, तर जन्मलग्नमा ग्रहहरु उल्टोपाल्टो परेकाले
भयङ्कर अनिष्टको स्थिति बन्नपुगेको रहेछ। तिनै ज्योतिषको सल्लाहमुताविक पण्डित
खोजेर शनिको अनुष्ठान गर्दै भैंसीदान गरेको थिएँ। दान गर्नुअघि भैंसीलाइ पूजा गरेकै
वेलामा एउटा पत्रकार कहाँबाट छिरेर फोटो खिंच्न भ्याएछ। त्यस्ले अनावश्यक चर्चा
लियो। भैंसीदान त त्यसबखत सुजाताले पनि गरेकी थिइन्, तर उनको चर्चा भएन। चर्चापनि
हैसियतअनुसार हुने न हो। त्यो शनि अनुष्ठान र भैंसीदानले दशाहरु टरेकै हो।
समस्याहरु फटाफट सुल्झिंदैगएका थिए। तिनै पण्डितलाइ बिहान बोलाउनु भनेर प्रचण्ड सुते।
बिहान नुहाईध्वाई सकेर बैठक
कोठामा पस्दा पण्डित वसिराखेका थिए। भलाकुसारी र चियापानसँगै मनका ब्यथा
पोख्न अन्तरङ्ग वातचितमा प्रवेश गरे। भने, “पहिले ८ बर्षअघि पनि ज्योतिषकै
सल्लाहमुताविक अनुष्ठान गरेसि मेरा गतिरोध अन्त्य भएका थिए। अहिले फेरि झण्डै
त्यस्तै स्थितिमा छु। जहाँ हातहाल्यो त्यहीं बिग्रन्छ। ग्रहदशा के बिग्रेको छ,
चीना हेरिदिनुहोस्।” पण्डितले चीना हेरे। ग्रहदशा केलाए र फलाफल वाचन गर्नथाले,
“विपरीत ग्रहहरुको प्रभावले गर्दा तपाईंको मनमस्तिष्कमा परस्पर विरोधी भाव र
विचारहरु जरा गाडेर बसेका छन् र एकआपसमा जोल्टिन आइपुग्छन् र गुँडुल्किएर रहेका
छन्। यसैले गर्दा तपाईंले सम्पतिबिबरण सार्वजनिक गर्न साढेतीन महिना लगाउनुभयो। एक
मनले भएभरका सम्पति सबै सार्वजनिक गरिदिने निस्कर्षमा पुगिसक्नुभएको थियो, फेरि
अर्को पक्षले निषेध गर्यो र सम्पति लुकाउन दबाब दियो। उच्च ग्रहको प्रभावमा रहँदा
तपाईंले सन्त, महापुरुषले भन्दा उच्चकोटीको सत्य बोलिब्यबहार गर्नुभएको छ। २०७२
जेठमा व्यवस्थापिका संसदको रोस्टममा उभिएर जोडदार लवजमा सत्य उद्घाटन गर्नुभएको
त्यो क्षण सम्झनुहोस्। संसदमा त्यसबेला तपाईंले भन्नुभएको थियो, ‘तराईका मधेसी नेताहरुसँग
छुट्टाछुट्टै भेटें, अन्तरङ्ग वातचित गरें। तपाईंहरुलाइ मनाउन हामिले हरसम्भव गर्
यौं। जति गर्दापनि तपाईंहरु खालि निहुँ खोजिरहनुहुन्छ, अत्तो थापिरहनुहुन्छ। आखिर
तपाईंहरुले खोजेकोचाहीं के हो ? भनेर सोध्दा उहाँहरुले, तराईलाइ अलग्याउनै खोजेको
हो भन्नुभयो। यो सुनेर मत स्तब्ध भएँ। एउटा नागरिकले कल्पनासमेत् गर्न नसक्ने
मात्र हैन कल्पनै गर्न नमिल्ने बिषयमा पूरै योजनावध्द तवरले कस्सिएर
लागेकारहेछन्।’ भनेर यो सत्य, तथ्य, यथार्थलाइ तपाईंले नै राष्ट्रसमक्ष राख्नुभएको
थियो। महात्मा, सन्तले भन्दा उच्चकोटीको सत्य उजागर गर्ने तपाईं एकबर्ष नपुग्दै
१८० डिग्री फरक्क फर्किएर तराईका तिनै मधिसेका राष्ट्रघाती योजना र षडयन्त्रलाइ
काँध थाप्न पुग्नुभयो। ‘राष्ट्रिय स्वाभिमान’ भनेर गर्जिरहनुभएको त्यही प्रचण्डले
प्रधानमन्त्री हुनासाथ दिल्ली पुगेर, ‘अन्तर्राष्ट्रिय मामलामा नेपालले दिल्लीसँग
परामर्श गरी समान धारणा बनाउने’ भनेर सम्झौता गरिरहेको स्थितिमात्र देख्नुपरेन
राष्ट्रवादी, देशभक्तहरुलाइ खिसिट्युरी र खेदो गरिरहेको दृष्य देख्नुपर् यो। भदौ
महिनामा चर्को गर्मीको दिनमा कोट-पाइण्ट (सूट) लगाएर र छालाको जुत्तासमेत नफुकालि
देउघाटमा आफ्ना पिताश्रीको मृत देहलाइ दागबत्ति दिईरहेको तथा दशैंको टीका-जमरा
तिरस्कार गरिरहेको र तिहारमा दिदी-बहिनीले टीका-माला लगाइदिन खोज्दा तिरस्कार
गर्ने तिनै प्रचण्डले छठमा अनुष्ठान-पूजा गरी सूर्यलाइ अर्घ दिईरहेको दुनिञाले
देखे। सबै काम छाडेर रामदेव बाबाकहाँ पुगेको, रामदेवबाट टीका थापेको र आशीर्वाद
लिईरहेको दृश्यपनि देखे। जनयुध्द शुरु गर्नुअघि भारतको ज्यादति, अत्याचारको विरोध
गर्दै ४० बुँदे घोषणा जारी गर्ने तिनै प्रचण्ड सरासर दिल्लीको पाउमा लम्पसार परी
दिल्लीले गराइदिएको १२ बुँदे सम्झौता थापेर फर्केको पो देखे। जनयुध्दकालभरी
वर्गसङ्घर्षको नारा उरालिरहेका प्रचण्डले जनयुध्दको समापनमा वर्गसङ्घर्षलाइ समेत्
थन्क्याएर जातीय,साम्प्रदायिक राजनीतिमा हाम्फालेको देखे। यी सबै स्थितिले
आफैंभित्र अन्तर्विरोध चर्किरहेको प्रचण्डको विरोधाभासपूर्ण व्यक्तित्व स्थापित
भयो। यो सरासर भ्रामरी दशाको असर, प्रभाव हो। यस्को निराकरणको लागि ग्रहशान्ति
अनुष्ठान गराउन जरुरी छ।” सम्पूर्ण स्थिति
बर्णन गरिसकेर पण्डितजी रोकिए र प्रचण्डतिर फर्के। प्रचण्डको आशयमुताविक पात्रो
फुकाएर अनुष्ठान-पूजाको तिथि-मिति निधो गरी पण्डित बिदा भए।
पण्डित हिंडेपछि प्रचण्ड गम्भीर भए
र सोचमग्न रहे। आफ्नै विरोधाभासपूर्ण व्यक्तित्वको बिषयमा सोचे, “मैले मुखले
अर्थोकै बोलेर जति ढाकछोप गरेपनि तराईलाइ पहाडबाट छुट्याउने, अलग्याउने ग्राण्ड
डिजाइन राष्ट्रविरुध्दको भयङ्कर षडयन्त्र नै हो। अहिले त्यही योजनालाइ काँधैमा
बोकेर अघि बढिरहेको छु। सम्विधानसंशोधनलगायत सम्पूर्ण कृयाकलापहरु त्यही अन्तर्गत
भैरहेको छ। मुखले एकथोक भनिरहेछु, तर कामचाहीं यस्तो गरिरहेछु। आफैंले गरिरहेका यी
कर्मले मेरो आत्मामाथि कम्ता वोझ परेको छैन। सम्पतिबिबरण सार्वजनिक गर्ने बिषयमा
चाहीं बुध्दि पुर् याएँ नै भन्ने लागेको छ। मिहिन तवरले धेरै सोचेर निर्णय
लिनुपरेकोले नै १५ दिनभित्र सार्वजनिक गरिसक्नुपर्ने सम्पतिबिबरण सार्वजनिक गर्न
साढेतीन महिना लाग्यो। मेरो सम्पतिको हिसाब-किताब फेहरिस्त निकाल्नुपर्योभने मलाइ
नै गाह्रो छ। अजयराज सुमार्गीमार्फत् भएका लगानी र पूँजीको हिसाबचाहीं प्रष्टै
होला। भर्जिन आइल्याण्ड हुँदै नेपाल भित्रिएर बैंकमा अड्किएररहेको ५ अरब रुपैयाँको
बिषयमा, तथा भाटभटेनी सुपरमार्केट, नयाँ बानेश्वरको मुक्ति टावर र पोखराको प्रकाश
टावरको बिषयमा चर्चा-परिचर्चा यथेष्ट
भैसकेकोले कोट्याइरहनै परेन। एनसेल सुक्रिविक्रि गर्दा कम्पनीले हाक्काहाक्कि नै
३९ अरब राजस्व मारेको त जगजाहेरै छ। त्योबेला कोलिशनमा भएपनि सरकारको नेतृत्वमै
चाहीं थिइन। तैपनि १ अरबको शेयर राखिदिए क्या’रे; कृष्णबहदुर महरा र बर्षमान पुनले
कति हात पारे मलाइ ज्ञान भएन। गुणचन्द्र बिष्टसँग मिलेर नेपाल ग्याँस खरिद गर्दा
आधा अरब पनि परेको छैन; त्यस्को के हिसाब गर्नु ? लाजिम्पाटको घर अहिले बेच्दा
त्यही २० करोड आउला; त्यस्को के हिसाब गर्नु ? इटहरीको गरिमा होटल, बालाजुको
जनमैत्री अस्पताल, झापाको बी एण्ड सी मेडिकल कलेज, नोबेल मेडिकल कलेजहरुमा भएका
लगानीलाइ सकारात्मक वुझिदिनुपर्छ। यी तमाम झम्मारतिर लाग्नुभन्दा सम्पति केही छैन
भनेर टक्टकिनु नै सहज हुने निस्कर्षमा पुगिएको हो। त्यसो त, माथि उल्लेखित ती सबै
धनसम्पतिमा मेरो र मेरा परिबारको नामनामेसी कहीं, कतै छैन। शुरुदेखि नै बुध्दि
पुर् याइएकोले यो टेन्शनबाट मुक्त रहन सकें। जति बुध्दि लगाउँदापनि आफ्नै देशभित्र
मात्र सफल हुन सकें। विदेशमा त मलाइ पूरै नङ्ग्याएका छन्। वेलायतबाट प्रकाशित दि टेलिग्राफको २०१२
फेब्रुअरी १ को अङ्कमा, ‘नेपालका माओवादी नेताहरु अत्यधिक नै ऐयासी र विलासी भए’
भनेर मेरै बिषयमा समाचारविश्लेषण छापेको थियो। सन २०१० मा हिन्दुस्तान टाइम्सले त,
‘प्रचण्डले भारतीय बैंकबाट १० अरब भारु स्वीस बैंकमा ट्रान्सफर गरे’ भनेर विस्तृत
समाचार प्रकाशित गरेको थियो। विदेशी मेडियाले जेसुकै प्रकाशित गरेपनि, यी बेवकुफ
नेपाली जनतालाइ भ्रम र भ्रान्तिमा सहजै अल्मल्याउन सकिने भएकोले, त्यस्ले मेरो
राजनीतिमा कुनै असर पार्दैन। अव दुनिञाले जेसुकै भनोस् मलाइ मतलव छैन भन्ने निस्कर्षमा
प्रचण्ड पुगे। र, “आजको सेड्युल के छ ?”
भन्दै दिनचर्यामा लाग्दाभए।
( शुक्रवार, डिसेम्बर
23, 2016 मा पोष्ट भएको )
No comments:
Post a Comment