४० बर्षअघि
निजामति कर्मचारीको बिषयमा लेख लेखेर प्रकाशित गरेको थिएँ; आज फेलापर्यो। उक्त आर्टिकलमा
"नेपालको निजामति सेवामा ४ किसिमका कर्मचारी
छन्" भनेर लेखेको थिएँ -
(१) ल्याकत अलि खाँ, (२) किस्मत अलि खाँ, (३) गुलाम अलि खाँ (गुलामलि खाँ) ,
(४) विस्मिल्ला
खाँ (अलमलमै बित्ने) ।
#मैले जन्मेदेखि मृत्यसम्म तिरेको
कर केका लागि ?
म बिहान ७.३० मा कलेज
पुग्छु। म घरमा सुत्छु। यो मेरो श्रमले बनाएको घर हो । मेरो पैसाले किनेको जमिन
हो। म यसको कर तिर्छु । मेरो छिमेकीले कोठा भाडामा लगाएका छ्न् । उनी त्यसको पनि
कर तिर्छन् ।
मैले बिहान खाएको पाउरोटीको
पनि कर तिर्छु । मैले बाँच्न पनि कर तिर्नुपर्छ । म ६ घण्टा पढाउँछु । मेरो दिमाग
र श्रमबापत म तलब पाउँछु । तर, त्यसमा पनि कर लाग्छ ।
म गाडी किन्छु । त्यसमा कर
तिर्छु । प्रत्येक वर्ष कर तिर्छु । म पेट्रोल किन्छु, त्यसमा
पनि कर तिर्छु । म सडकमा गाडी कुदाउँछु, त्यसको पनि कर तिर्छु ।
म सन्तानलाई पढाएबापत कर
तिर्छु ।
म बिरामी हुन्छु, डाक्टरलाई जँचाउँदा पनि कर
तिर्छु । म औषधि किन्छु, त्यसमा
पनि कर तिर्छु । म चस्मा किन्छु, त्यसमा पनि कर तिर्छु।
म जुत्ता किन्छु, त्यसमा कर तिर्छु । म सर्ट
किन्छु, त्यसमा कर
तिर्छु । म कट्टु किन्छु, त्यसमा कर
तिर्छु । म बिजुलीको शुल्क तिर्छु, त्यसमा पनि कर तिर्छु । म पानी पिउँछु, त्यसमा कर तिर्छु ।
म जीवनका प्रत्येक पाइलामा
कर तिर्छु । हर्ट अट्याक हुन्छ, त्यसका लागि औषधि गर्छु । मृत्युबाट फर्किंदा पनि कर तिर्छु
। दुर्घटना हुन्छ। मेरो खुट्टा काटिन्छ । तर, मसँग कर पनि लिइन्छ । बम पड्किन्छ, म बल्ल बल्ल बाँच्छु, मसँग कर उठाइन्छ ।
तर, यो करबाट के किन्छ सरकार ?
१. मन्त्री र हाकिमलाई महँगो
गाडी किन्छ ।
२. मन्त्री र हाकिमले चढ्ने
गाडीमा हाल्न तेल किन्छ ।
३. मन्त्री र हाकिमलाइ विदेशयात्रा
गर्न भत्ता दिन्छ सरकार । गत साल १ हजार ४ सय जना हाकिम र मन्त्रीले विदेश डुले, मैले अस्पतालमा उपचार गर्दा
तिरेको करले ।
४. दलका कार्यकर्तालाई खर्च
बाँड्छ ।
५. बाटोमा एक इन्चको पिच
गरेर ठेकेदारलाई पैसा दिन्छ । हाकिम र मन्त्रीले ३५% प्रतिशत घुस खान्छ्न् ।
६. देशको व्यापार घाटा सात
गुणा बढी भएको छ। टोलटोलका फलफूल दुकानमा अस्ट्रेलियाबाट ल्याइएका स्याउ छ्न् । तर, जुम्लाका स्याउ भैंसीले
खाँदै छ्न्।
७. गरिबले सिटामोल पाउँदैन ।
सुकुमबासीको घर छैन । थुप्रै महिला शरीर बेच्न बाध्य छ्न् । किन ?
म यो देशको सन्तान हुँ। मेरो
जिम्मेवारी छ, यो देश
जोगाउने। म नागरिक हुँ यो देशको । मेरो जवाफदेहिता छ देशको संरक्षण गर्ने। तर, मलाई शासन गर्छन् मेरा देशका
नेता। मलाई शोषण गर्छन्, मेरा
नेता।
मैले भर्खर एउटा सन्तान पाएँ
। उसले यो देशलाई जोगाउन ज्यान पनि दिन्छ भविष्यमा । तर, उसलाई लिएर घर फर्किंदा मैले
उसलाई पाएबापत कर तिरें । अब उसको नाम दर्ता गर्दा कर तिर्नुपर्छ। उसलाई स्कुल भर्ना
गर्दा कर तिर्नुपर्छ। उसको विवाह दर्ता गर्दा कर तिर्नुपर्छ। उसको नागरिकता लिँदा
कर तिर्नुपर्छ।
कहिलेसम्म म कर तिरिरहने ?
अनि मन्त्री र हाकिमले मेरो करबाट कहिलेसम्म मस्ती गरिरहने ?
म तपाईंलाई भोट हाल्न
चाहन्छु, तर के मेरा
यी प्रश्नको जवाफ तपाईंसँग छ ?
के चुनाव मेरो श्रममा लगाएको
करबाट बाजी खेल्ने खेल मात्र हो ? हरेक नागरिक सचेत हुन आवश्यक छ । सोध्नुहोस् प्रश्न । लोकतन्त्रलाई आफ्नो हातमा
लिने प्रयास गर्नुहोस्। निराशा होइन, चेतनाको खेती गरौं ।
(डा.युवराज सङ्ग्रौलाको
फेसबुकबाट)
डा.ऋषिराज
बरालले भन्नुभयो -
नेपाल राष्ट्रलाइ बिखण्डन गर्न र सिध्याउनका लागि सीके राउतले चलाएको अभियानदेखि वाक्क-दिक्क भएर २०७०-०७१ मा पनि जनताले चौतर्फि आवाज उठाए। ०७१ भदौमा सरकारले कार्यवाहीप्रकृया शुरुमात्र गर्नलागेको थियो, नेपालका स्वनामधन्य भनिएका र ठूला कहलिएका यी बुध्दिजीविहरुले, "सीके राउतलाई छुन-चलाउन पाईंदैन" भन्दै बक्तव्य निकाल्नेदेखि कोकोहोलो मच्चाउनथाले।
१.दमननाथ
ढुङ्गाना २.पद्मरत्न तुलाधर ३.श्याम श्रेष्ठ ४.खगेन्द्र सङ्ग्रौला ५.सीके लाल
६.कृष्ण हाथेछु ७.मल्ल के सुन्दर ८.कृष्ण भट्टचन ९.हरि रोका १०.विजयकान्त कर्ण
११.राजेन्द्र महर्जन १२.झलक दुवेदी १३.पासाङ शेर्पा १४.धीरेन्द्र प्रेमर्शी
१५.गणेशकुमार मण्डल १६.विमल अर्याल १७.तुलानारायण साह १८.अनुभव अजित १९.युग पाठक
२०.उज्जवल प्रसाईं २१.चीरण मानन्धर २२.रवि ठाकुर २३.ज्ञानु अधिकारी र २५.माइकल हट।
(स्रोत: डा.ऋषिराज बराल / २०७५. ०६. २८ गते आइतबार )
नेपालका अधिकांश चिकित्सकहरू डा.शरदचन्द्र ठाकुर जस्ता छन्। बिरामी जाँच्दा यति हतार गर्छन् कि बिरामीलाइ विस्तृत परामर्श दिन भ्याउँदैनन् र ठाडो-रुखो बोल्छन् भन्ने जनगुनासो ब्यापक छ। तैपनि डा.बंशीधर मिश्र, डा.रविन्द्र पाण्डे 'समीर' , डा.पुष्पराज शर्मा (बालरोग विशेषज्ञ), डा.रामप्रसाद उप्रेती, डा.शरद भट्टराई, डा.गोपालरमण शर्मा उप्रेतीहरू जस्ता डाक्टरहरू पनि हुनुहुन्छ। जस्ले बिरामीसँग दोहोरो सम्वाद गर्छन् र छर्लङ्ग बुझाइदिन्छन्।
No comments:
Post a Comment