गाउँघरमा यो कथा पनि सुनिन्छ –
२०५९ सालको दशैंमा माओवादी नेता र तत्कालीन मन्त्रीको भेट भएछ। माओवादी नेताले
भनेछन् – तपाईंको र हाम्रो उद्देश्य र लक्ष एउटै हो। लुट्ने नै हाम्रो लक्ष हो।
तपाईंहरू नियम-कानुन मिलाएर लुट्नुहुन्छ, हामी कानुन नमिलाइ लुट्छौं। तपाईंहरु दल
परिवर्तन गरिरहनुहुन्छ, हामी अड्डा परिवर्तन गरिरहन्छौं। सुरक्षाकर्मी पनि हामी
दुबैसँग हुन्छ। सुरक्षाकर्मी, तपाईंहरूको अगाडी-अगाडी हुन्छभने हाम्रो
पछाडी-पछाडी। अब यही समझदारी कायम गरौं – तपाईंहरू आफ्नो ढङ्गले लुटिरहनुहोस् र
हामीलाइ आफ्नै हिसाबले लुट्न दिनुहोस्। यसरी समझदारी बन्दोभयो।
सुन्नेलाइ सुनको माला, भन्नेलाइ फूलको माला। यो कथा बैकुण्ठ जाला, भन्नेबेलामा
खुरुक्क आइजाला।
२०४७ सालअघिको सम्झना गर्दै भरत जङ्गमजीले भन्नुभयो –
“२०४७ सालअघि मेरो ड्राइभरले घट्टेकुलोमा डेरा लिएको थियो। श्री शेरबहादुर
देउवाजीले पनि मेरो ड्राइभरसँगै त्यही कोठा शेयर गरेर बस्नुभएको थियो। २०४८ सालमै
उहाँहरूको (शेरबहादुरजीहरुको) भव्य बन्दोबस्त भएको देखेर खुशी लागेको छ।”
-भरत जङ्गम।
No comments:
Post a Comment