Pages

Wednesday, September 15, 2021

 

परिचालित मेडिया

कुमार-अगस्त्य सम्वादे

-आनन्दराम पौडेल

 

कुमारजी आज्ञा गर्नुहुन्छ – हे अगस्त्य मुनि ! आज म तपाईंलाई नेपाल राष्ट्रको मौलिकता, मूल्यमान्यता र संस्कृति सिध्याउन विदेशी शक्तिकेन्द्रहरूले मेडियालाइ कसरी प्रयोग गरिराखेका छन् भन्ने बिषयमा अनीलजीले रिसर्च गरेर पत्तालगाउनुभएका तथ्य मात्र प्रस्तुत गर्दछु, ध्यानदिएर सुन्नुहोस्।

उहाँलाइ 'अनीलजीभन्छन्। उहाँले Dr Baba A'neal Che @BabaAnealChe को नामबाट ट्विटर-ह्याण्डल तथा instagram.com/baba_aneal_che नामबाट ईन्स्टाग्राम चलाउनुहुन्छ।

विदेशी शक्तिकेन्द्रहरूले धेरै बर्षदेखि नेपाली मेडियामा लगानी गरिरहेका छन् भनेर ब्यापक चर्चा-परिचर्चा भैरहेपछि उहाँले यस बिषयमा रिसर्च गर्नुभयो। उहाँले गर्नुभएको रिसर्चको नतिजा प्राप्तभएकोले  राखिदिंदै छु।

 (1)  Centre for Investigative Journalism ले 2016 मा मात्र ओपन सोसाइटी फाउन्डेसनबाट  $105,000 पैसा पाएको रहेछ पत्रकारको तालिमका लागि। तेसैले त नेपालमा राम्रा पत्रकार उत्पादन भएको रहेछ !

 (2)  Shikshak Magazine ले 2017 मा मात्र $95,350 पाएको रहेछ।

 (3)  यो Media Academy Nepal भन्ने कस्को हो ???   2017 मा $40,000 पाएको रहेछ।

 2017 मा $40,000 पाएकोले कस्तो काम गर्छ भनेर वेबसाइटमा हेर्दा त कोर्स भनेर बिवाहको योजना बनाउन सिकाउने रहेछन्‌। भनेसी मिडियाको नाममा के के भयो होला भनेर आफैं ख्याल गर्नु है।  https://www.facebook.com/photo.php?fbid=4346602375385937&set=a.1381226538590217&type=3

 (4)  Antenna Foundation Nepal (AFN) ले 2018 मा मात्र $67,951 पैसा पायो।

(5)  यो Role of Media to Strengthen the Governance System भन्दै Chandani Nepal भन्नेलाई 2017 मा $19,626 अनि 2018 मा $30,737 दिएको छ। यो चाँदनी नेपाल भनेको के हो कसैलाई थाहा छ कि ?

 (6)  अनि यो Ujyaalo Multimedia Pvt. Ltd. भनेको उज्यालो नेटवर्क नै त होला नि हैन त ?  कि अर्कै हो ??   2018 मा मात्र जम्मा $260,000 त पाएको रहेछ ! यो त एउटा डोनरको पैसा हो। यस्ता डोनर कति छन्‌ होला नेपालमा !

(7)  Center for Media Research-Nepal ले 2017 मा $23,396 अनि 2018 मा $59,890 पाएको रहेछ। अनि उता Centre for Investigative Journalism (Nepal) ले 2019 मा फेरि $79,500 पाएको रहेछ। तेत्रो पैसा पाएर तालिम लिँदा पनि किन पत्रकारिता यो हालतमा छ ??   (बडो रमाइलो लागेको कुरो के छभने 2007 देखि यो The Open Society Foundations भन्नेले मात्रै नेपालका मेडियालाइ  $1,390,000 दिएको रहेछ। पैसा त धेरै होइन, १३-१४ लाख डलर मात्र हो ! भनेसी राम्रै कमाइ हुने रहेछ ! नेपालमा मिडियाको एउटा एनजिओ खोल्नुपर्ने भयो।)

 (8)  यो Himal Southasian लाई Himal Southasian's growth and expansion in Sri Lanka as a new digital media organisation भनेर 2019 मा जम्मा $130,000 दिएको रहेछ। दिनैपर्ने थियो र यो पत्रिकालाई... ?!

(9)  Sancharika Samuha ले पनि 2019 मा जम्मा $48,000 पाएको रहेछ।

(10) Tana Bana Private Limited भन्ने जस्ले ‘हेर्ने कथा’ भनेर शुरु गरेको छ, तेस्ले पनि 2019 मा मात्र $125,000 प्राप्त गरेको रहेछ। अनि Boju Bajai ले पनि 2019 मा मात्र $57,500 पाएको रहेछ।

(11)  उज्यालोले पाएको मात्रै टोटल फण्डिङ हिसाब गर्ने हो भने त ५९०,३३०/- डलर हुने रहेछ। देश कसरी डुब्दैछ भनेर अब प्रष्ट भयो।

(12) एउटा पोड्कास्ट बनाउने @BojuBajai ले त २०१९ मा ५७,५०० $ लिएको रहेछ। कति हो कति त्यसको फन्डिङ त ! 

Open Society Ford Foundation बाहेक पछिल्लो १० वर्षमा १००,००० भन्दा धेरै दिनेमा National Endowment for Democracy, Humanity United

Fund for Women's Equality, The Freedom Fun, UK Foundation for Just Society United States Institute for Peace जस्ता धेरै रहेछन्‌।

हालसम्ममा सबैभन्दा धेरै पाउने Ujyaalo Multimedia १५ वटा मार्फत् 1575932 डलर प्राप्त गरेको रहेछ। यी तलका संस्थाले पनि कम्तिमा १ पटक पाएका रहेछन्‌।

Southasia Trust $607974

Panos South Asia $597773

Association of Community Radio Broadcasters Nepal$394000

Martin Chautari $390000

Antenna Foundation Nepal $337911

Shikshak Masik $280700

Media Foundation $280000

Sharecast Initiative Nepal $276456

Centre for Investigative Journalism $209016

The Himal Association $193400

Media Academy Nepal $139662

Setopati Sanchar Pvt. Ltd $128000

Equal Access Nepal $102709

Body & Data $100000

Nepal Forum of Environmental Journalists $92641

Centre for Investigative Journalism$79500

Working Women Journalists $70216

Chandani Nepal $61974

Voices of Women Media$60000

Sancharika Samuha$48000

Jagaran Media Center $44000Education Journalist Group $43000

Nagarik Aawaz $40000

Freedom Forum $31918

Airawat Media Group $30000

Center for Media Research-Nepal$29945

Docskool$24935

Media Advocacy Group$5802

यी सबै खोज्दै गर्दा रमाइलो लागेको कुरो केभने धेरै ग्रान्ट पाउनेमा ‘समता फाउन्डेशन’ भन्ने रहेछ। समता फाउण्डेशनला एन्टेना फाउन्डेसनसँग मिलेर ३ वटा जति रेडियो कार्यक्रम अनि पछिल्लो समय राजेश हमाललाई लिएर जातीय विद्वेषको बीष घोल्नेगरी 'जातका कुरा' भन्ने कार्यक्रम चलाइराखेको छ।

कुमारजी आज्ञा गर्नुहुन्छ – हे अगस्त्य मुनि ! Dr Baba A'neal Che @BabaAnealChe को नामबाट ट्विटर-ह्याण्डल चलाउने र instagram.com/baba_aneal_che  नामबाट ईन्स्टाग्राम चलाउने ‘अनीलजी’ ले रिसर्च गरेर पत्तालगाउनुभएका तथ्यहरू तपाईंसमक्ष राखें। यो त एउटा सेक्टर ‘मेडिया’मा भएका लगानी, त्यस्मापनि तथ्य फेलापरेका मात्र यहाँ अहिले राखिएको हो। नेपाली जनता हल्लाको पछि कुद्छन्; तथ्यबाट पत्तालगाउने प्रयत्न गर्दैनन्। नेपाली जनता हल्लाको पछि कुद्ने भएकाले विदेशी शक्तिकेन्द्रहरूले हल्लाबोलबाटै आफ्ना एजेण्डा यहाँ लाद्छन्। त्यस्को लागि ठूला मेडियामा अझै भयङ्कर लगानी गरिराखेका छन्, जुन यहाँ उल्लेख गरिएको छैन।  

     कुमारजी आज्ञा गर्नुहुन्छ – हे अगस्त्य मुनि ! उपरोक्त बिवरण त एउटा सेक्टरको एक झलक मात्र हो। शासक, प्रशासक र नेताहरूले चुसेर, निचोरेर निम्छरो बनाइसकेको नेपाल राष्ट्रको मौलिकता र मूल्यमान्यतालाइ ध्वस्त पार्नका लागि विदेशी शक्तिकेन्द्रहरूले चौतर्फि हमला गरिराखेका छन्। यो स्थितिमा नेपाल राष्ट्रको हालत के हुनेहोला ? गम्भीर चिन्ताको बिषय बनेको छ। गम्भीर चिन्ता ब्यक्त गर्दै कुमारजी मौनभए।

ईति श्रीस्कन्ध पुराणे, हिमवत्खण्डे, नेपाल महात्म्ये, परिचालित मेडिया बर्णनम् अध्याय शुभम्।

बुधवार, सेप्टेम्बर 15, 2021

 

 

No comments:

Post a Comment