बाहुन क्षेत्रीको सत्ता मुर्दावाद
मधेशी भएकैले मलाई
काठमान्डुको नेवार घरबेटीले
हेपेर बोल्यो,
त्यसैले बाहुन क्षेत्रीको सत्ता मुर्दावाद !
नेवार भएकैले मेरा बालाई
जागिरको उच्चतहबाट रिटार भएपछि
सरकारले थप नियुक्ति दिएन
त्यसैले बाहुन क्षेत्रीको सत्ता मुर्दावाद !
जनजाती भएकैले मलाई
नापीको मधेशी हाकिमले
जग्गा पास गर्दा घुस माग्यो
त्यसैले बाहुन क्षेत्रीको सत्ता मुर्दावाद !
सार्की भएकैले म
पल्लो टोलको त्यो कामीले
मैले छोएको खाएन
त्यसैले बाहुन क्षेत्रीको सत्ता मुर्दावाद !
गरिब मधेशी भएकैले म
आफ्नै मधेशी लोग्नेले मेरो छोरीलाई
जिउँदै जलाएर मार्यो
त्यसैले बाहुन क्षेत्रीको सत्ता मुर्दावाद !
जनजाती भएकैले मेरा बा
बेलायति लाहुरे भए
त्यही पैसाको मातले म बिग्रें
तर मेरै घरको भान्छे बाहुनको छोराले
पढेर जागिर खायो
त्यसैले बाहुन क्षेत्रीको सत्ता मुर्दावाद !
जनजाति/मधेशी भएकैले म
तगडा तगडा क्षेत्री बाहुनलाई नबोकाएको
सरकारी जागीरको भारी बोकाइयो मलाई
त्यसैले बाहुन क्षेत्रीको सत्ता मुर्दावाद !
मधेशी/जनजाती भएकैले
कहिले प्रधान न्यायाधिस
त कहिले उपप्रधानमन्त्री जस्तो
जोखिमपूर्ण कामको भारी बोकाइयो
त्यसैले बाहुन क्षेत्रीको सत्ता मुर्दावाद !
मधेशी र जनजाती भएकैले
इतिहासको जटील मोडमा
राष्ट्रपति र उपराष्ट्रपतिको भारी समेत बोकाइयो
त्यसैले बाहुन क्षेत्रीको सत्ता मुर्दावाद !
Krishna Dhakal
--------------कृष्ण ढकाल
No comments:
Post a Comment