Pages

Sunday, September 19, 2021

 विभूषण फिर्ता


मलाई आज आनन्द लागिरहेछ

मेरो पिताजी यज्ञप्रसाद आचार्यले ७४ वर्षसम्म निरन्तर सचेतना अभिवृद्धि, सामाजिक, साहित्यिक, शैक्षिक, पत्रकारीता र राजनीतिक क्षेत्रबाट राज्यलाई गहकिलो योगदान पु-याए पनि राज्यको तर्फबाट कुनै मानपदवी वा विभूषण दिइएन, पछिल्लो समयमा उहाँले लिन पनि मान्नु भएन ! उहाँको ८७ वर्षको उमेरमा ११ महिनाअघि निधन भयो ।
यस विपरित, मेरा पिताजी जीवित भएकै समयमा त्यही राज्यले मलाई "अकारण" लगातार ५ वर्षभित्रमा ५ वटा मानपदवी र विभूषण दियो ! किन दियो मलाई थाहा भएन ! मेरो निमित्त यो भन्दा ठूलो लज्जा, शरम, पिडा र क्षोभको विषय केही बनेन!
मलाई बुवाको चौडा छाती खाली, मेरो सानो छातीभरी मानपदवी र विभूषण लगाएर संगसंगै हिड्न र औपचारिक कार्यक्रममा जान नै असहज लाग्न थाल्यो ! यसरी बुवाको अघिल्तिर मानपदवी र विभूषण छातीमा लाएर हिड्न पनि अशोभनीय लागेपछि अन्ततः मैले पाएका सबै मानपदवी र विभूषण औपचारिक रुपमै (निवेदनसहित) राज्यलाई फिर्ता गरिदिएँ !!
अब मसंग बाँकि दुइटा उपाधी छन्, त्यो हो- Massachusetts Institute of Technology (MIT), USA ले प्रदान गरेको "Technical Laureate" को उपाधी र राष्ट्रिय सूचना आयोगले प्रदान गरेको "राष्ट्रिय सूचना अभियन्ता" को उपाधी ! यी मलाई प्रिय लागेर र छातीमा लाउनु नपर्ने भएकोले मैले तिनलाई भित्तामा सजाएर राखेको छु ! यसर्थ, मलाई मनमा हल्का भएको छ, र आज म आनन्दित छु !!
- Suresh Aacharya
लाइक
टिप्पणी
साझा गर्नुहोस्

No comments:

Post a Comment