Pages

Sunday, September 19, 2021

 भूटानका विशेषता


भुटान किन बिशिष्ट छ? नेपालका देखिएका बिकृति त्यहा नआओस भनेर कसरी भुटानले आफ्नो व्यवस्था डिजाईन गर्यो?

भुटानको राजनीतिक विशेषता जुन विश्वमा अन्यत्र विरलै भेटिन्छ।
१. ६५ वर्ष नाघेकाहरू राजनीतिबाट रिटायर हुनुपर्छ।
२. ग्रेजुअट नपढेका सांसद हुन पाउदैनन।
३. राजाउपर महाअभियोग लगाउने अधिकार संसदलाई छ।
४. राजा पनि ६५ वर्ष पछि रिटायर हुनुपर्छ।
५. दुई दलीय राज्य व्यवस्था छ।
६. दल फुटाउन वा परिवर्तन गर्न पाईदैन।
७. दुरूस्त सशक्त राज्यका संवैधानिक अंग छन।
८. विश्वकै दोश्रो सानो संविधान छ।
९. संविधानमा मुलुकको फरेस्ट कभर ६०% भन्दा बढी हुनुपर्ने उल्लेख छ।
१०. एउटा पूरा धारा अध्यात्ममा छ।
११. एउटा पूरा धारा संस्कृतिमा छ।
१२. राज्यधर्म बज्रयान बुद्धिज्म भएको एकमात्र देश।
१३. सांसद हुन विगतमा कुनै क्रिमिनल रेकर्ड नभएको हुनुपर्छ।
१४. जनताले नचाहदा नचाहदै पनि राजाले नै जनतालाई सम्झाईबुझाई गरेर प्रजातान्त्रिक संविधान २००८ लागू गरिएको देश।
१५. मन्त्रालय र मन्त्रीको संख्या ११ जना तोकिएको देश।
१६. कार्वन न्युट्रल र कूल राष्ट्रिय खुशियाली मुल नीति कायम गरी सोही आधारमा सबै नीति योजना र शासन व्यवस्थाको संयन्त्र वनेको मुलुक।
१७. टेक्नोक्रेट र पेशाविदहरू सांसद र मन्त्री रहेको मुलुक।
१८. विश्वमा व्याप्त लोकतान्त्रिक विकृतिलाई भुटान छिर्न नदिने संबैधानिक र कानुनी व्यवस्था भएको देश।
१९. विदेशीहरूको हस्तक्षेपलाई पूरा नियन्त्रण गर्न हरउपाय गरिएको देश।
२०. प्रधानमन्त्रीको कार्यकाल बढीमा २ पटक हुने देश।
२१. सरकारले कार्यकाल पूरा गर्न पाउने देश, कुनै राजनीतिक अस्थिरताको चिन्ता गर्न नपर्ने।
२२. सबै नेशनल रिजर्भ पार्कलाई एकआपसमा जोडेर वन्यजन्तु जुनठाउँबाट जता जान मिल्ने पूर्वाधार भएको।
२३. अन्तर्राष्ट्रिय ईस्युमा आफ्नो स्वतन्त्र धारणा र मत दिने देश।(हालै युएनमा जेरूसेलम ईस्युमा अमेरिका विरूद्ध नेपाल र भारतले विरोध गरेता पनि भुटान न्युट्रल रहेको)।
२४. सबै शिक्षा र स्वास्थ्य नि:शुल्क छ।
२५. प्लाष्टिक र सुर्तिमुक्त छ।
२६. ग्रीन अर्थतन्त्र छ।
२७. संसदमा पक्ष विपक्ष दलका अलग्गै बेन्चसीट हुदैन, निर्वाचन क्षेत्र क्रसं बमोजिम सीट रहन्छ।
२८. निर्वाचन खर्च राज्यले नै बेहोर्छ, आफूखुशी पैसा बगाएर मतदातालाई जॉडरक्सी मासुभात खुवाउन, व्यापारी कर्मचारीबाट उठाएर भ्रष्टाचार गरेको पैसा दुरूपयोग गर्न पाईदैन।
साभार - भीम उपाध्याय।
फोटोमा भुटानका राजा - खेसर नामग्याल वाङ्चुङ ज्यू भगवान शिवजीको पूजा गर्दै।
May be an image of 2 people and people standing



No comments:

Post a Comment