तीज ठ्याक्कै कहिले, कसले र कसरी सुरु गर्यो, भन्न सकिँदैन तर जेसिका भ्यानटाइन
ब्रिकेनहोल्टले स्वस्थानीबारे गरेको अनुसन्धान हेर्दा तीज पनि पितृसत्ताले सुरु
गरेको एउटा प्रपञ्च थियो भनी अनुमान लगाउन गाह्रो हुँदैन ।
ब्रिकेनहोल्टको अनुसन्धानले भन्छ, स्वस्थानीको कथा सर्वप्रथम नेपाल भाषामा नेपाल
संवत् ६९३ (सन् १४७३) आसपास लेखिएको थियो । यो जयदेवले लेखेका थिए । तत्कालीन नेपाल (काठमाडौं उपत्यका) मा त्यति
बेला मल्ल राजाहरूको शासन थियो । १९ औं शताब्दीको सुरुआततिर जब उपत्यकामा शाह
राजाहरू भित्रिए, त्यति बेला मात्रै यसलाई नेपालीमा रूपान्तरित
गरियो र सम्पूर्ण नेपाली समाजमा बिस्तारै यही कथालाई धार्मिक अनुष्ठान र महिलाको
पर्वका रूपमा स्थापित गरियो ।
# दक्षिण अफ्रिकाको विश्वबिद्यालयको प्रवेशद्वारमा लेखिएको यो
सन्देशवाक्य –
“कुनैपनि मुलुक
ध्वस्त पार्नका लागि आणविक अस्त्र वा क्षेप्यास्त्रको प्रयोग गर्न आवश्यक छैन; शैक्षिक
गुणस्तरलाइ ध्वस्त पारिदिए पुग्छ। बिद्यार्थीलाइ चीट चोर्न दिए भैहाल्छ।
-त्यस्ता
डाक्टरबाट बिरामी मर्नेछन्।
-त्यस्ता इञ्जिनीयरबाट
बनेका भवन ध्वस्त हुनेछन्।
-त्यस्ता
अर्थविदबाट अर्थतन्त्र खोक्रो हुनेछ।
-त्यस्ता न्यायाधीशबाट
न्याय हराउने छ।
-त्यस्ता
अभियन्ताबाट मानवता हराउने छ।“
# जातको
आधारमा मान्छेलाइ उँच-नीच छुट्याउने ब्यवस्था प्राचिन कालमा थिएन। बीचमा कसैले
घुसाए। त्योपनि अब हराइसकेको छ। रहलपहल छ भनेपनि आजैबाट बन्द गरौं।
उदाहरण खोज्न अन्त
जानैपर्दैन; हाम्रै अगाडी छर्लङ्ग छ। एकातिर, भीमबहादुर तामाङ,
राजेन्द्र लिङ्देन, कूलमान घिसिङ,
महावीर पुन, डा.सन्दुक रुइत,
बसन्त नेम्बाङ, धनराज गुरुङ,
लालबाबु पण्डित, लालबाबु यादव,
राजेश अहिराज, विहारीकृष्ण श्रेष्ठ,
प्रेमकुमार राईलाइ राखौं।
केही बर्षअघि
पर्सामा जाँदा जयप्रकाश नामका राजनीतिक नेता भेटिन्थे। कञ्चनपुर जाँदा लबरु राना
थारु भेटिन्थे। रसुवा जाँदा दावा फिञ्जो तामाङ भेटिन्थेभने इलाममा भगवतीदास
श्रेष्ठहरु भेटिन्थे। यिनीहरुलाइ पनि उपरोक्त पङ्क्तिमै राखौं।
अब अर्कोतिर, प्रचण्ड, बाबुराम, गोकुलप्रसाद बाँस्कोटा,
ईश्वर पोखरेल, भानुभक्त ढकाल,
सूर्य थापा, गजेन्द्र ठाकुर,
गोपाल पराजुली, न्यायाधीश कविप्रसाद न्यौपाने (भरतपुर मनपा निर्वाचनमा
निर्वाचनअधिकृत), राजनारायण पाठक (अख्तियारका पूर्वआयुक्त), नागेन्द्र झा,
चुडामणि शर्मा, भरत सुवेदी, गोपाल खँड्का,
कृष्णबहादुर महरा, शालिग्राम जम्मरकटेल,
रविन्द्र अधिकारीहरुलाइ राखौं। अब
तुलना गरौं।
निस्कर्ष के होभने, अव-उप्रान्त मान्छेलाई उस्को कर्म, ब्यवहार चरित्र हेरेर मूल्याङ्कन गर्ने हो। जातको आधारमा
उँच-नीच छुट्याउने प्रथालाइ खारेज गर्ने हो।
No comments:
Post a Comment