माओवादी अत्याचार -
म्यागङ, देउराली, नुवाकोटका जितेन्द्र तामाङजी अहिले नुवाकोटमा
हुनुहुन्छ। उहाँले माओवादीका कपट, ढोंग, पाखण्ड, आडम्बर, जालझेलका अत्याचारको पीडा
ओकल्नुभयो।
कथाको सुरुवात यसरी भयो । नुवाकोटका लेखक तथा पत्रकार पुरुषोत्तम लम्सालले
सामाजिक सञ्जालमा लामो स्टाटस लेखेका थिए ।
हेरौँ केही अंश ………….
“हाम्रा प्रदेश सभाका निर्वाचित नेता कमरेड
हिरानाथ खतिवडा उर्फ क. सुमन पनि झोलिगुन्टा बाँधेर लागेछन् कोरिया । ज्वाइन हाने
पनि,
वाइन ताने पनि मेरो
केही जाँदैन। सवाल विवादित संस्थाको कार्जेक्रममा नजाँदा के नै हुन्थ्यो र भन्ने
मात्र हो । जानु उनको ईच्छा र स्वतन्त्रताको कुरा । तर आयोजक संस्थाबारे अस्ती
मात्र त्यत्रो बबण्डर मच्चँदा कमरेडले विवेकले काम लिंदा उत्तम हुन्थ्यो । प्रदेश
सरकार र संसदले पनि भ्रमण स्वीकृत गर्दा विवेक गुमाउन हुँदैनथ्यो। भ्रमण स्वीकृत
नगराएको भए अर्कै कुरा । मैले मत नदिएपनि मेरो परिवारको पनि मत छ कमरेड तपाईले
निर्वाचन जित्नुमा। मलाई त असजिलो लाग्यो, तपाईलाई लागेन ? लाग्नुपथ्र्यो कमरेड………….”
यस्तो थियो हाम्रो अतित
, जनयुद्ध चल्दै गर्दा सुरुआतमा मैले चिनेको र
संगत गरेको पहिलो नेताहुन् हिरानाथ खतिवडा क. सुमन । हाल उनि नुवाकोटबाट निर्वाचित
प्रदेश सांसद् हुन् । सरकारी कम्युनिस्ट पार्टीको नेता पनि हुन् । युद्धकालमा लामो
सहकार्य छ हाम्रो । २०५७/०५८ सालतिर प्रहरी, सेनासँग हुन सक्ने आकस्मिक जम्काभेट उत्तिकै संभावना हुन्थ्यो । हाम्रो
जीवन साँच्चै खुकुरीको धारमा थियो । जतिबेला जे पनिहुन सक्थ्यो । क. सुमन हाम्रो
आदर्शको सम्मानित भरपर्दो नेता मानिन्थे । त्यसैले कमरेड सुमनसँग हिंड्ने बेला म
१००/२०० मिटरजति अगाडिको बाटो (क्लियरेन्स पट्रोल) मा हिंड्ने गर्थेँ ताकि नेता
जोगियोस् ।
उमेरले भर्खरै १६/१७
लाग्दै गरेको कलिलो,
सानो र होचो कदको भएर
दुश्मनले हत्तपत्त माओवादी भनेर यकिन गर्न सक्दैन थियो । त्यही भएर अगाडिको बाटो
प्रायः मैले क्लियर गर्ने गर्थेँ । सेल्टरमा बस्दा पनि हरदम हामी सेन्ट्री
सुरक्षामा खटिन्थ्यौँ । हामी मरेर पनि हिरानाथलाई जोगाउनुपर्छ भन्ने भावना
हुन्थ्यो । नेतृत्व सुरक्षा हाम्रो प्राथमिकता रहन्थ्यो । युद्धको बीचमा
कार्यक्षेत्र हामीपूर्व र पश्चिम छुट्टियो । त्यही बीचमा उहाँ सेनाको कम्पनी हुँदै
बटालियन कमिसार हुनुभएछ । आफ्नो मोर्चा सम्हल्न नसक्दा कार्बाहीमा पनि पर्नुभएछ ।
सेल्टरमा बसेर कुखुरा खाएर बस्ने आरोप मात्रै होइन, कुखुरे कमिसारको (कोडभाषा) नामले पनि चिन्ने
भएछ । युद्धकालमा यस्तै विवाद बेला–बेला भइरहन्थ्यो उहाँको । आफ्नो मन मात्रै होइन, घर पनि नजिकको नेताको खबरले मन अलि खल्लो
बनाउँथ्यो । शान्ति प्रक्रियापछि हाम्रो मोर्चा मात्रै होइन, मन नै फरक हुँदै झन् टाढिने क्रम बढ्यो ।
समयले उहाँहरूलाई आर्थिक रूपमा सम्पन्न, नेता,
सांसद् बनायो ।
करोडौंको कारोबारी,
ठूला–ठूला डिनर, सेमिनार,
पार्टीहरूमा पु¥यायो ।
धनवाला र
धन्दावालाहरूको संगतमा पु¥यायो भने म जस्तालाई विदेशी कुल्ली, उद्योग, गैती बेल्चा र बाउ बाजेको थलो खेतबारी माग ह्रामा पु¥यायो । कहिलेकाहीँ त लाग्छ, कम्युनिस्ट अदर्श, दर्शन, वर्गीयता पनि कठोर आदर्शजस्तो भान हुन्छ । जनयुद्धमा भन्ने गरेको हाम्रो
उद्देश्य,
श्रमजीवीवर्गको मुक्ति, समानता, कम्युनिजम त झन् काल्पनिकजस्तो भो । त्यही भएर होला, हिरानाथजीहरू भेटिहालेछ भने पनि तर्किन्छ ।
केही दिनअगाडि मेरा आदर्शवान पूर्व नेता हिरानाथ खतिवडा ‘सुमन’ मैले कुल्ली गर्ने देश दक्षिण कोरियामा आउनुभएको रहेछ । आजभोलि म उहाँको
पट्रोलिङ,
सेन्ट्री, गुणगान गाउँदिनँ र सक्दैन, भेटि हालेछ भने पनि आलोचनात्मक सुझावहरू
दिन्छु । त्यसैले हो,
म जस्तासँग सम्पर्क
राख्नु, भेट्नु उचित ठानिएन पनि होला । कोरियामा
कार्यरत केही आफ्ना नजिकको साथीहरूसँग भेटघाट पनि गर्नुभएछ । मेरा एक मित्रले मेरो
प्रसङ्ग पनि निकाल्नुभएछ । मेरो पूर्व नेताकमरेड सुमनले उनलाई म चिन्दिनँ भनेर
क्लोज गर्नुभएछ । आफ्ना जय–जयकारबाहेक विपरीत विचार, विपरीत दृष्टिकोणलाई निषेध गर्नु पूर्व
माओवादी नेताहरूको चरित्र अब पुरानो होइन र मेरो लागि पहिलो र नौलो पनि होइन ।
कोरियामा किन आउनुभयो त माननीय सांसद् कमरेड सुमन ? खुंखार कम्युनिस्ट निर्मूल (विरोधी) अभियानको
निकै विवादास्पद क्रिस्चियन संस्था कोरियाको युनिभर्सल चर्चले आयोजना गरेको वल्र्ड
समिट भन्ने कार्यक्रम (गरिब देशका जनप्रतिनिधि भन्नेलाई कोरिया घुमाउने) मा
आउनुभएको रहेछ ।
यस्तो विवादास्पद, कम्युनिस्टविरोधी संस्थाको कार्यक्रममा सहभागी
भएर नेपाल र नेपाली जनतालाई के फाइदा छ ? राष्ट्रको शिर ठाडो हुन्छ र ! तपाईंहरूले भनेको समाजवादको सेवा हुन्छ !
कम्युनिस्ट नेता कम्युनिस्टविरोधी संस्थाको अतिथि ! क्या गज्जब छ । यो क्रिस्चियन
संस्थाको बारेमा हिरानाथहरूलाई जानकारी नभएको हो र ! अस्ति भर्खरै युनिभर्सल पिस
फेडेरेसन नामको क्रिस्चियन संस्थाले एसिया प्यासिफिक समिट नामको होली वाइन कुम्भ
मेलाले काठमाडौंमा निकै कोकोहोलो मच्चाएको थियोे । सिङ्गो देश नै खनिएर आफ्नो
सामाजिक संस्कृति,
मूल्य मान्यता, राजनीतिक शाख, राष्ट्रियताको भावहरू छरपस्ट पोखिएको थियो ।
स्वयम् क्रिस्चियनहरू बीचपनि युनिभर्सल चर्च निकै विवादास्पद छ । यो क्रिस्चियन
संस्थाले नेपालको कम्युनिस्ट, प्रजातन्त्रवादी,
हिन्दु, बौद्ध धर्मावलम्बीहरूको नाभी राम्रोसँग छामेको
छ र आफ्नो धन्दा चलाएको छ । यो मेलाले कम्युनिस्ट सरकार र कम्युनिस्ट नेताहरूको
नैतिकतामाथि धोती ओढाइदिएको छ । कुनै बेलाको मेरो महान् आदर्श नेता,माक्र्सवादको गुरु, कम्युनिस्ट चेतनाको संवाहक हिरानाथ खतिवडाहरू
लुरुलुरु कम्युनिस्टविरोधी इसाईको पछिपछि होली वाइनको स्वादमा लिप्त भैरहँदा मेरो
मनमा नानाथरी खेल्न थाल्यो ।
साँच्चै देखिने नै हो
भने सहिद हरि काका के भन्नुहुन्थ्यो होला ! यस्तै सिस्नेचौरका सहिद विशाल पनि दंग
पथ्र्यो होला । गजेन्द्र,
टेकमान, तुलसिंङहरू बाँचिरहेको भए हिरानाथ मुर्दावाद
नै भन्थ्यो होला । दिलिप,
सुजिना, रविहरू बाँचिरहेको भए के सोच्थे होलान् । के
भन्थे होलान् ! चोटामा खानामात्रै होइन, ट्वाइलेटको समेत व्यवस्थापन गरिदिने आमा श्रीजोमले स्वर्गबाटै देखिने भए, लौ खत्तम बिग्रेछ भन्नुहुन्थ्यो होला । सहिद
परिवारहरू ताली पिट्दै खुसीयाली मनाउँदै होला र ! कठोर सैनिक हिरासत र जेल, यातना व्यहोर्ने र तपाईंको भोट हालेर जिताउने
शारदा घले,
तोयानाथ घलेहरूको मनमा
के सोच्दै होला ! यस्तै–यस्तै मनमा अनेक कुरा खेल्न थाल्यो । दुनियाँ
परिवर्तनको निम्ति भनेर निर्माण गरेको विचार, राजनीति,
संगठन, आन्दोलन, सेना,
हतियार के ग¥यो ! के भयो ! के पादरीलाई नै सुम्पेको !
युनिभर्सल चर्चमा पुगेर टुङ्गिएको ! मेरो नेता डुबिरहेको छ, कोही छ किनारा लगाउने ! लौन माझीदाइ ।
हिरानाथ खतिवडा मेरो
क्षेत्रको सांसद्मा निर्वाचित हुन मजस्ताको योगदान छ तर हाल म उहाँको पार्टीको
कार्यकर्ता त के भोटर्स पनि होइन म तर मेरो घर, परिवार,
आफन्त, छिमेकीको भोटले प्रत्यक्ष जितेको छ । म
यहाँकुल्ली गरेर घरमा पठाएको केही पैसा तपाईंको चुनावप्रचारमा बुबाले गरे रे भन्ने
पनि सुनेको छु । म जस्ता धेरै कुल्लीहरूको पसिना तपाईंको पदलाई भिजेको छ । अझ
मुख्य कुरा त जनयुद्ध र त्यहाँ बगेको रगतको आहालमाथि तपाईंको कुर्सी छ । राष्ट्र, समाज विकास गर्नुपर्ने सांसद् विवादास्पद, कम्युनिस्टविरोधी इसाईको छत्रछायामा ! ? धन र धन्दावालाको अघि पछि !! ठेकेदार र
व्यापारीको सहयात्री !!! कठै बरा तपाईंहरूको चित्र र चरित्र बुझ्न गाह्रो छ । –
जितेन्द्र तामाङ म्यागङ, देउराली, नुवाकोट
हाल: दक्षिण कोरिया
मङ्गलवार, सेप्टेम्बर 07, 2021
No comments:
Post a Comment