Pages

Wednesday, September 15, 2021

 पत्रकारिता

 

 

पत्रकारितालाई राज्यको चौथो अंक मानिन्छ । तर, नेपालमा यो राज्यको चुत्थो अंगको रुपमा परिणत भएको छ । नेपालको मौलिक धर्म संस्कृतिविरुद्ध जेहाद छेड्न क्रिश्चियनहरुको व्यापक लगानी रहेको छ । समता फाउन्डेशनको नाममा राजेश हमालले चलाएको जातको प्रश्न र काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको ऐन यसका खुला प्रमाण हुन् । समता फाउन्डेशन र मधेश फाउन्डेशन जस्ता क्रिश्चियन संस्थामा सम्मिलित सिकेलाल, कृष्ण खनाल, राजेन्द्र महर्जन, खगेन्द्र संग्रौला, युग पाठक, लोकराज बराल मात्र होइनन् सेना र प्रहरीको गुप्तचरी काम गर्नेहरु पनि यस्ता पत्रिकाका स्तम्भकारका रुपमा रहेका छन् ।
कान्तिपुरबाट अलग भएको नागरिक दैनिकमा युनिफिकेशन चर्चसँग सम्बद्ध सन म्युङ मुनको लगानी छ । सेतो पाटीमा एसडी मुनिका धर्मपुत्र हरि शर्मामार्फत् युरोपियन क्रिश्चियन एनजीओको करोडौं लगानी छ । हिमाल मिडियामा नर्वेको क्रिश्चियन संस्थाले लगानी गरेको कुरा दुई वर्ष पहिला नै जनआस्था साप्ताहिकले सार्वजनिक गरेको थियो । गोर्खा भर्तीमार्फत् भारत र बेलायतको बन्दुक बोकेका नेपालका आदिवासी र जनजातिहरुलाई त्यो बन्दुकले मात्रै नपुगेर एनजीओमार्फत् नेपालको मौलिक धर्म संस्कृतिविरुद्ध यस्तै सञ्चार संस्थाहरुमार्फत् उतारिएको छ । उनीहरुलाई आफू निकै क्रान्तिकारी भएको ह्याङओभर छ । तर, आफू कसरी प्रयोग भइरहेका छौ्र भन्ने कुरा उनीहरुलाई हेक्का नै छैन ।
बम्बैमा चेली बेच्ने सुकिला मुकिला दलाल र यस्ता सञ्चार माध्यममा नेपाल विरुद्ध लेख्ने, बोल्ने र काम गर्ने पत्रकार र बुद्धिजीवीहरुमा तात्विक भिन्नता छैन । २०५८ जेठ १९ को दरबार हत्याकाण्डसँग जोडिएका कार्टर सेन्टरका तत्कालिन संयोजक नेकपा एमालेका पूर्व सांसद दुमन थापा संस्थापक अध्यक्ष बनेको दैनिक पत्रिका ब्रिटिश गुप्तचर संस्था एमआई सिक्सबाट प्रशिक्षण लिएका व्यक्ति नै प्रधान सम्पादक रहेका छन् । यसरी विदेशी फन्डिङमा जेलिएको नेपालको सञ्चार क्षेत्र सिन्धुपाल्चोकबाट दलालहरुले बम्बैमा चेली बिक्री गर्ने शैलीमा नेपालका पत्रकार, बुद्धिजीवी र वकिलहरु रहेका छन् ।

tajanepal.com  /   https://tajanepal.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4.../

 

 

No comments:

Post a Comment