Pages

Monday, October 25, 2021

संस्कृतिमाथि प्रहार

 

दीपावलीलाई घृणाको पर्व बनाएको छ भाजपाले

फ्याब इन्डिया र तनिस्कले गलत सन्देश दिएका कारण विज्ञापन हटाएका होइनन् । भारत विधि एवं कानुनले चल्ने मुलुक होइन भन्ने थाहा भएका कारण उनीहरूले विज्ञापन हटाएका हुन् ।


तेजस्वी सूर्य सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का सांसद हुन् । उनी धर्मान्ध युवा हुन् । सन् २०१५ मा उनले ‘आतंकको कुनै धर्म हुँदैन तर आतंककारीको निश्चय नै धर्म हुन्छ र अधिकांश आतंककारीको धर्म इस्लाम हुन्छ’ भनेर ट्विट गरेका थिए । उनको यो ट्विट यति भड्काउपूर्ण रह्यो कि उनकै सरकारले ट्विटरलाई उनको ट्विट हटाउन आग्रह गर्नुपर्‍यो । गत साता लुगा उद्योग फ्याब इन्डियाले दीपावलीका अवसरमा निकालेको विज्ञापनमा उर्दू वाक्यांश ‘जस्न–ए–रिवाज’ प्रयोग गरेको थियो र यिनै सूर्यले त्यसमाथि आपत्ति जनाए ।

उसो त ‘रवाज’ शब्द हुनुपर्ने ठाउँमा ‘रिवाज’ शब्द प्रयोग गरेर अशुद्ध उर्दू शब्द लेखिएको थियो, तैपनि वाक्यांशले ‘संस्कृति उत्सव’को अर्थ दिन खोजेको थियो । अंग्रेजी भाषामा लेखिएको सूर्यको ट्विट यस्तो छ– ‘दीपावली जस्न–ए–रिवाज होइन । हिन्दू पर्वहरूको नियतवश अब्राहमीकरण र विज्ञापनका मोडेलको आभूषण पनि हिन्दू परम्पराअनुसार नदेखाइने कामको खुलेर विरोध गरौँ ।              

यिनका ट्विटले क्षुब्ध बनाउने थुप्रै ठाउँ छन् । पहिलो उर्दू जुन एक भाषा हो, त्यसलाई सूर्यले विनासंकोच धर्म (अब्राहमीकरण) सँग जोडिदिएका छन् । विज्ञापनमा देखाइएका मोडेलले लगाएका लुगा अर्थात् तीनजनाको सारी, एकको सलवार–कमिज र एकको कुर्ता–पाइजामा ‘परम्परागत हिन्दू आभूषण’ नभएको भन्ने बहुलठ्ठीपूर्ण आपत्तिसमेत जनाए । उर्दू भारतको एक औपचारिक रूपमा मान्यता प्राप्त भाषामध्ये एक हो, जुन ‘भारतमै उत्पत्ति’ भएको हो । सूर्यको ट्विटको भाषा अंग्रेजी बरु ‘भारतमा उत्पत्ति’ भएको होइन । उर्दूको उच्चारण सही नभए पनि बलिवुड चलचित्र उद्योगमा उर्दूको खपत अत्यधिक हुन्छ । मुगलहरू दीपावलीलाई जस्न–ए–चरागन अर्थात् दीपहरूको पर्व भन्ने गर्थे । 

त्यसैगरी सलवार–कमिज र कुर्ता–पाइजामा सम्भवतः भारतमा उत्पत्ति भएका होइनन्, तथापि आधुनिक लुगालाई धार्मिक पहिचानसँग जोड्ने विचारलाई अधिकांशले हास्यास्पद एवं आपत्तिजनक मान्छन् । तैपनि प्रधानमन्त्री नरेन्द्र मोदी भने लुगालाई धर्मसँग जोड्न पछि पर्दैनन् । उनले नागरिकता विधेयकको विरोध गर्ने मुसलमानलाई इंगित गरेर विरोधीका लुगा हेर्न सुझाएका थिए । अर्का एक चर्चित अनलाइन हिन्दुत्व अभियन्ताले विज्ञापनमा रहेका मोडेल महिलाले टीका नलगाएकोमा आपत्ति जनाए र दीपावलीलाई ‘प्रेम र उज्यालोको पर्व’को संज्ञा दिनु ‘अ–हिन्दूकरण’ गर्नु हो भन्नेसमेत टिप्पणी गरे ।

म ती अभियन्तालाई प्रधानमन्त्री कार्यालयको आलोचना गर्न सुझाब दिन्छु, किनभने कार्यालयले दीपावलीलाई ‘उज्यालोको पर्व’ भनेर व्याख्या गरेको छ । स्पेनिस भाषा बोलिने मुलुकमा रहेका भारतीय राजदूतावास दीपावलीलाई ‘फिएस्ता दे लास लुसेस’ भनेर चिनाउँछन् । भाजपाले अब यी दूतावासमा माथिको पंक्ति प्रयोग नगर्न निर्देशन दिनुपर्ने देखियो । फ्याब इन्डियाले तुरन्तै विज्ञापन खारेजी गरेको विषयले आश्चर्यचकित नभए पनि दुःखी भने भएको छु । फ्याब इन्डियाको ‘जस्न–ए–रिवाज’ वाक्यांश तिहारको सन्दर्भमा प्रयोग गरिएको होइन भन्ने स्पष्टीकरणले थप झमेलाबाट जोगिन खोजेको स्पष्ट सन्देश दिन्छ । यथार्थमा ठूला भारतीय ब्रान्ड र कम्पनीले हिन्दुत्व धर्मान्धता स्वीकार गरिसकेका छन् । तनिस्क आफ्नो गत वर्ष बहुधार्मिक परिवार झल्काउने विज्ञापनलाई हटाउन बाध्य भएको थियो । अर्कोतर्फ सर्फ एक्सेल डिटरजेन्टले मुसलमान बालक र हिन्दू बालिका आनन्दसाथ होली खेलिरहेको विज्ञापन पनि हिन्दू अतिवादीको निसानामा पर्‍यो । सम्भवतः सर्फ एक्सेल बहुराष्ट्रिय कम्पनी हलको स्वामित्वमा रहेका कारण हिन्दुत्व कार्यकर्ताको निसानामा परे पनि सर्फ एक्सेलले विज्ञापन हटाएन ।     

फ्याब इन्डिया र तनिस्कले विज्ञापनले गलत सन्देश दिएको वा ग्राहकलाई अलग्याएका कारण विज्ञापन हटाएका होइनन् । भारत विधि एवं कानुनले चल्ने मुलुक होइन भन्ने उनीहरूलाई थाहा भएका कारण उनीहरूले विज्ञापन हटाएका हुन् । सरकार पक्षका कार्यकर्ताले उनीहरूका पसल वा कार्यालयमा सजिलै तोडफोड गर्न सक्छन्, कर्मचारीमाथि हिंसात्मक आक्रमण गर्न सक्छन् र प्रहरीले पनि ती कार्यकर्तालाई पूरा छुट दिनेछन् भन्ने उनीहरूलाई राम्रोसँग थाहा छ । हिन्दुत्व संस्थापनविरुद्ध जानु भनेको ‘हिन्दू भावनामा आहत’ पुर्‍याएको मुद्दा खेप्नुदेखि आयकर विभागको कर छापा भोग्नु हो भन्ने पनि उनीहरूलाई थाहा छ ।      

फ्याब इन्डियालगायत संस्थाहरूको आलोचनाको कुनै अर्थ छैन, हाम्रा आक्रोश अन्यत्र सोझिनुपर्छ । अन्यत्र भनेर मैले सूर्यलगायत हिन्दुत्व लठैतहरूलाई भन्न खोजेको होइन, हामीले भाजपा र राष्ट्रिय स्वयंसेवकतर्फ आफ्नो आक्रोश सोझ्याउनुपर्छ, जसले केही वर्षयता हिन्दूहरू खतरामा छन् भन्ने भाष्य सञ्चार गराएका छन् । हिन्दुत्व प्रोपागान्डा मसिनले पहिल्यै ‘लभ जिहाद’, ‘जमिन जिहाद’, ‘युपिएस्सी जिहाद’, ‘ठेलागाडा जिहाद’लगायतका जिहाद दिइसकेका छन् । अहिले उनीहरूले ‘विज्ञापन जिहाद’ भन्ने निकालेका छन् । यी प्रोपागान्डाको उद्देश्य भनेकै हिन्दूहरूमा असुरक्षा पैदा गरेर हिन्दू र भारतका धार्मिक अल्पसंख्यकबीच फाटो निम्त्याउनु हो ।  

सूर्य उर्दू वाक्यांशलाई सजिलै आक्रमण गर्न सफल भए किनभने अघिल्लो महिना मुसलमानलाई लक्षित गरेर उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घृणायुक्त नियतले उर्दूमा पिताको अर्थ जनाउने ‘अब्बाजान’ शब्दको प्रयोग गरेका थिए । स्मरण रहोस्, तिनै मुख्यमन्त्रीलाई प्रधानमन्त्रीले ‘सुशासन’को पगरी गुथाइदिएका छन् । भाजपाले फैलाएको विषाक्त राजनीतिमा जति मुसलमान एवं अन्य ‘अब्राहम’ धर्मलाई तारो बनाइन्छ, त्यति राजनीतिक लाभ मिल्ने वातावरण बनेको छ । यही रोगलाई भारतले सामना गर्नुपर्ने देखिन्छ।

-सिद्धार्थ वरदराजन

सोमवार, अक्टोबर 25, 2021


020 अक्टोबर 30 
साझा गरेको: सार्वजनिक
सार्वजनिक

अब पछिल्लो पुस्ताले भिटेन भित्ति ,अर्चना पनेरु,ज्योति मगर, सरस्वती लामालाइ आदर्श मानेर उनीहरुको अनुशरण गर्दै उनीहरुकै पथमा अगाडी बढ्न लम्किसकेको स्थितिमा ब्यवधान नगर्नु है।

 


 

  

No comments:

Post a Comment