कार्यक्रम सञ्चालन गरिरहेको थिएँ। एकजना नेतालाई डा. लगाउन विर्सेँ । उनी मञ्चमा आएनन्। पछि उनले चिट पठाए, मेरो नाममा डा. छुट्यो ।
फेरि बोलाएँ, डा ...भट्टराई । अनि बल्ल आए ।
त्यही मञ्चमा डा हर्क गुरुङ पनि थिए, उनलाई डा लाउन विर्सेँ । तर उनी मञ्चमा आएर बसे । र, मैले उनलाई पछि चियापानका वेला सोधेँ,
"हजुर पनि डा. होइन र ? मैले डा भन्न विर्सेछु ।"
उनले मेरो कानमा आएर भने, " डा. त पछि थपेको । मेरो नाम त हर्क पनि होइन, ठूले हो , ठूले । मलाई त ठूले भन्दा कति खुशी लाग्छ । गाउँमा त्यही नाउँले बोलाउँछन् क्यारे । "
Sayami Prakash Sayami
No comments:
Post a Comment