Pages

Sunday, November 14, 2021

न्यायिक इतिहास 

 

जोन मार्सलले नै नेतृत्व गरेको अमेरिकाको सर्वोच्च अदालतले मेरिल्यान्ड राज्यलाई संघीय बैंकसँग कर उठाउने अधिकार नभएको व्याख्या गरिदिएर राज्य सरकार र संघ सरकारबीचको अधिकार क्षेत्रको विवादका विषयमा महत्वपूर्ण फैसला गरेका थिए। यस्ता अनेकौँ महत्वपूर्ण फैसला उनको कार्यकालमा भएका थिए। उनले फैसलाहरू आफैँ लेखेर अन्य न्यायाधीशको सर्वसम्मतिबाट जारी गर्ने गरेको न्यायिक इतिहासमा पाइन्छ। प्रधानन्यायाधीश मार्सल अद्भूत क्षमताका यस्ता प्रधानन्यायाधीश थिए जसलाई अमेरिकी न्यायिक इतिहासमा आजसम्म कसैले पनि उछिन्न सकेका छैन।

न्यायालयका सन्दर्भमा एउटा उखान चर्चित छजुडिसियरी निदर ह्याभ पर्स नर ह्याभ स्वार्ड अर्थात् न्यायपालिकासँग न पैसा हुन्छ न त खुडा नै।यसको अर्थ के हुन्छ भने न त न्यायिक काम गर्दा कुनै रकमको लोभ गरिन्छ न तरवारसँग नै तर्सनुपर्ला। तर अहिले जमाना बदलिइसकेकाले यो भनाइको मर्म पनि बदलिँदैछ।

आइतवार, नोभेम्बर 14, 2021 

No comments:

Post a Comment