Pages

Wednesday, November 24, 2021

 आदर्श नमुना  /


आज मैले, कुनै बेला आइरन लेडीको नामबाट बिख्यात बेलायतकी पुर्व प्रधानमन्त्री मार्गरेट थ्याचर सम्बन्धी एउटा श्रब्यदृष्य हेरेँ।

उमेरले निकै बुढी, भान्सा कोठामा दुइटा अण्डा उसिनेर खाँदै थिइन्, त्यसपछि एक गिलास चिया पकाएर खाइन्। गिलास माझ्न लागेकै बेला एउटी महिला हतार गर्दै आइन् र उनको हातबाट गिलास खोस्दै भनिन्, यति बेला आइपुग्छु भन्ने तपाईलाई थाहै थियो। एक छिन् मलाई पर्खेको भए पनि हुने। मैले तिमिलाई सँधै आइरहनु पर्दैन भनेको हैन..थ्याचरले झर्किँदै भनिन् र गिलास पुनः आफ्नो हातमा लिँदै थपिन्..अझै यति त म आफै गर्न सक्छु।
भर्खर आएकी महिला उनकै छोरी रहिछिन्। दृष्यमा थ्याचरलाई गिलास पखाल्दै गरेको पनि देखाइएको छ। कमजोरीको कारण उनका हात काँपिरहेका थए।
कुनै बेला अत्यन्त रवाफिलो र तेजिलो व्यक्तित्वकी धनी मार्गरेट थ्याचर अचेल एउटा सामान्य फ्ल्याटमा आफ्ना बृद्ध पतिका साथ बाँकी जीवन बिताइरहेकी थिईन्। न त अंगरक्षक, न त कुनै सहयोगी, न कार्यकर्ता नै।
दृष्य देखेर म द्रविभूत भएँ..
(- Khem sharma paudel जी को वालबाट l Upendra Adhikari जीलाइ धन्यवादसहित।)

No comments:

Post a Comment