अत्याचार /
म्याग्दी — बेनी नगरपालिका–५ की २५
वर्षीया महिलालाई बलात्कार गरी फरार भएका तीन आरोपीहरू १९ दिनपछि पक्राउ परेका छन् । बलात्कार
आरोपीका परिवारले कात्तिक ४ गते बिहानसम्म थुनछेक गरी आर्थिक प्रलोभनमा घटना
लुकाउने प्रयास गरे पनि पीडितले लुकीछिपी भागेर प्रहरी कार्यालयमा जाहेरी दिन
पुगेको बताएकी छन् । पीडितका
अनुसार बलात्कारको क्रममा नजिकै रहेका १० वर्षीय छोरा चिच्याउन खोज्दा उनलाई
आरोपीले सिरकले मुख थुनेर राखेका थिए ।
कात्तिक २ गते राति झ्याल फोरेर
स्थानीय हिक्मत बानियाँ,
प्रवेश विक र प्रकाश विकले बलात्कार
गरेको भन्दै पीडित महिलाले उजुरी दिएकी हुन् । पीडितले प्रहरीमा किटानी जाहेरी दिएपछि आरोपी
तीनै जना फरार भएका थिए ।
घटनालगत्तै प्रहरीलाई खबर गर्दा
वास्ता नगरेको र कार्यालयमै पुगेर जाहेरी दिन आग्रह गरेको पीडितले बताएकी छन् । साथै पीडकहरूले घटनालाई लुकाउन आर्थिक
प्रलोभनसमेत दिएको पीडित महिलाको आरोप छ । पीडितले जाहेरी दिएपछि भने आरोपीहरू फरार
भएका थिए । बलात्कृत महिलालाई बेनीस्थित हिंसापीडित
आश्रयस्थलबाट माइती पक्षले लिएर गएका थिए ।
‘बाहिरबाट बोलाए । म नबोलेपछि
झ्यालमा तीन लात्ता हानेर फोडेर भित्र पसे । म कराएँ । छोराछोरी
उठेर रुन थाले, उनीहरूले छोराछोरीलाई पनि कुटपिट गरे । छोराको मुखमा सिरक राखेर उठ्न दिएनन्’ पीडित महिलाले भनिन् । घटना बाहिर ल्याए पीडकले जलाएर हत्या गरिदिने
धम्की दिएकोसमेत पीडित महिलाको आरोप छ ।
मङ्गलवार, नोभेम्बर 09, 2021
No comments:
Post a Comment