Pages

Monday, November 8, 2021

'मानुषी यमी भट्टराई श्रेष्ठले प्रारम्भिक शिक्षाको शुरुवात काठमाडौंकै स्वर्णीम स्कूलबाट थालनी गरेकी हुन्। नर्सरीदेखि केजीसम्म त्यहाँ पढेपछि १ र २ कोटेश्वरस्थित नवज्योति स्कूलमा पढिन्।

आमा हिसिला यमी उच्च शिक्षा आर्जन गर्नका लागि बेलायत गएपछि उनको पढाई बेलायतबाट अघि बढ्यो। बेलायतमा २ वर्ष बस्दा उनले कक्षा ३ र ४ को पढाई पूरा गरिन्। उनले बेलायतमा न्यूक्यासलस्थित क्राइस्ट चर्च स्कूलमा पढेकी हुन्। उनले कक्षा ५ काठमाडौंमै पढिन्।

मानुषीले कक्षा ६ र ७ भारतको नैनीतालको सेन्ट जोन्स् स्कूलबाट पूरा गरिन्। कक्षा ८ देखि १० सम्म दार्जीलिङ पेदोङस्थित सेन्ट जर्जेज् स्कूलबाट पूरा गरेकी मानुषीले कक्षा ११ र १२ को पढाइचाहिँ नयाँ दिल्लीस्थित नवयुग स्कूलबाट पूरा गरेकी मानुषीले स्नातक भारत र स्नातकोत्तर नेपालबाट गरेकी हुन् र जे एन युनिभर्सिटीबाट अहिले विद्यावारिधि गरिरहेकी छिन्।'युद्धकालमा शिक्षक, विध्यार्थी र विध्यालयहरूलक्षित गरिएका ज्यादति त नेपाली समाजले बिर्सन सक्दैन। अझ यिनैले अरूलाई उपदेश दिएकाे र पानी माथिकाे ओभानो बनेकाे पाे मिलेन ! 

No comments:

Post a Comment