Pages

Sunday, November 7, 2021

 असल मान्छेको खोजी  /


हामीकहाँ गोकुल बाँस्कोटा, रघुवीर महासेठ, भानुभक्त ढकाल, बिना मगर, सूर्य थापा, बर्षमान पुन, मातृका यादव, गजेन्द्र ठाकुर, राजेन्द्र महतो, गोपाल पराजुली, न्यायाधीश कविप्रसाद न्यौपाने (भरतपुर मनपा निर्वाचनमा निर्वाचनअधिकृत), राजनारायण पाठक (अख्तियारका पूर्वआयुक्त), नागेन्द्र झा, चुडामणि शर्मा, भरत सुवेदी, अब्दुल रइस खाँ, गोपाल खँड्का, कृष्णबहादुर महरा, शालिग्राम जम्मरकटेल, रविन्द्र अधिकारी, एसएसपि रवीन्द्र धानुक, रामआधार साह (गुणस्तर तथा नापतौल विभागका पूर्व-महानिर्देशक), मोहना अन्सारी, ऋषि धमलाहरुकै वाहुल्यता छ; र त्यही प्रवृत्तिकै हालिमुहाली छ।
तर, यदि खोजीगर्दै जाने होभने - डा.सन्दुक रुइत, डा.भगवान कोइराला, महावीर पुन, महजोडी, अनुराधा कोइराला, सुमन खरेल, रमेश खरेल, डा.नवराज लम्साल, राजेन्द्र लिङ्देन, कूलमान घिसिङ, डा.प्रदीप ढकाल, चन्द्र भण्डारी, धनराज गुरुङ, लोकेश ढकाल, बसन्त नेम्बाङ, गोकर्ण बिष्ट, लालबाबु यादव, डा.बंशीधर मिश्र, डा रुना झा, डा.दिनेशचन्द्र देवकोटा, बद्री बजगाईं, प्रदीप ज्ञवाली, घनश्याम भूसाल, बद्री पाण्डे, अमिक शेरचन, युवराज घिमिरे, राजेश अहिराज, विहारीकृष्ण श्रेष्ठ, युवराज पाण्डे, प्रेमकुमार राई, प्रदीपराज कँडेल, प्रकाश पौडेल (मालपोत कार्यालय स्याङ्ग्जाका अधिकृत), इञ्जिनियर गिरिधर मिश्र, पूर्व-एलडिओ हरिबहादुर बिसी, घनश्याम सुवेदी (फेदीखोला गाउँपालिका स्याङ्ग्जाका अध्यक्ष) जस्ता ब्यक्तिहरु पनि अझै पाइन्छन्।
वर्तमान नेपालमा, लोभी-पापी, आलाकाँचा, ठेट्नाहरुले राज्यसञ्चालन गरेका छन् र कुहिएर सढेका खराबहरुको रजगज, हालिमुहालि चलेको छ। यस्तो बेलामा असलहरु चाहीं खोजेरै मात्र भेटिन्छन्।
३२-३३ बर्षअघिको नेपालमा भएका राजनीतिक अनुहार सम्झन्छु।
पर्सामा जाँदा जयप्रकाश नामका राजनीतिक नेता भेटिन्थे। कञ्चनपुर जाँदा लबरु राना थारु भेटिन्थे। जुम्लामा हरिश्चन्द्र महत भेटिन्थे। रसुवा जाँदा दावा फिञ्जो तामाङ भेटिन्थेभने इलाममा सोमनाथ बाँस्तोला, भगवतीदास श्रेष्ठ भेटिन्थे। यिनीहरु जनतासँग घुलमिल भएर बसेका हुन्थे। २०५१ सालमा स्वास्थ्य मन्त्रालय अन्तर्गत डा.नरेन्द्रध्वज कार्की जस्ता अधिकृत भेटिन्थे, जस्को कार्यब्यवहारलाइ सबैले मुक्तकण्ठले प्रशंसा गरिरहेका हुन्थे।
गाँठी कुरो यत्ति होकि, नेपालमा लोभी-पापी, धूर्त, आलाकाँचा, ठेट्नाहरुको राज छ र असलीजतिलाइ किनारा लगाइएको छ।
- Ananda R Paudel

No comments:

Post a Comment