भौतिकवादीले सोध्छन : तपाईहरू के गरी बस्नु हुन्थ्यो ? जतिखेर :
- न प्रविधिमा पहूँच थियो,
- न इन्टरनेट थियो,
- न कम्प्युटर थियो,
- न टेलिभिजन थिए,
- न एयर कण्डिशन थियो,
- न कार थिए,
- न मोबाइल फोनहरू थिए ।
"जसरी तिम्रो पुस्ता आज बाँचेको छ" :
- न प्रार्थना छ,न भाव
- न दया/न करूणा छ,
- न इज्जत/सम्मान छ,
- न चरित्र छ, न चेतना
- न लाज छ, न सरम
- न कुनै विनयशीलता छ,
- न समय-पालना छ,
- न खेलकूद छ,न मनोरञ्जन
- न भरपर्दा साथीसंगी छ्न् (मात्र फेस्बुके साथी)।
बिक्रम सम्वत २०३० देखि २०५० को विचमा गाउँमा जन्मिने हामी त साँच्चिकै भाग्यमानी छौं। हाम्रो जीन्दगी त्यसको ज्वलन्त प्रमाण हो :

खेल्दा र साइकल चलाउँदा हामीले कहिल्यै हेलमेट लगाएनौँ ।

हामीले स्कूलपछि साँझ परुञ्जेल खेल्यौँ, टिभि कहिल्यै हेरेनौँ ।

हामी साँच्चैका साथीसङ्ग खेल्यौँ, इन्टरनेटका साथीसङ्ग होइन ।

तिर्खा लागे धाराको पानी सोझै पियौँ, बोतलको होइन ।

दैनिक एक-एक थाल भात खाए पनि हाम्रो तौल कहिल्यै बढेन ।

हामीले हाम्रो बारीमा युरिया केमिकल नहालेको अन्न र तरकारी खाएर हुर्किएका हौं।

हामी हाम्रै गोठमा पालेको गाईको दुध खाएर हुर्किने अवसर पायौं।

हामी जुनेली रातमा मोजाको बल बनाएर गेम खेल्थ्यौं।

खाली खुट्टा डुलेपनि हाम्रा पैतलामा केही भएन ।

हाम्रा बाउ-आमाले हामीलाई स्वस्थ राख्न कुनै थप पोषिलो खाना खुवाउनु परेन ।

हाम्रा खेलौना हामीले आफैँ बनायौँ र खेल्यौँ ।

हाम्रा बाऊ-आमा धनी थिएनन् । तिनले हामीलाई संस्कार र माया दिए, अरू सांसारिक बस्तु होइन ।

हामीसङ्ग मोबाइल फोन थिएन, डिभिडि, प्ले-स्टेशन, एक्स-बक्स, भिडिओ गेम, ब्यक्तिगत कम्प्युटर, इन्टरनेट-गफ थिएनन् तर हामीसङ्ग वास्तविक साथीहरू थिए ।

हामी नबोलाइकनै साथीको घर जान्थ्यौँ र उतै खाना खान्थ्यौँ ।

तिम्रो भन्दा अलि फरक, हाम्रा नाता-गोता नजीकै बस्थे, त्यसैले हामी सङ्गै पारिवारिक जमघटको आनन्द लिन्थ्यौँ ।

हाम्रा श्याम-स्वेत तस्वीर हुन सक्छन् तर तिनमा तिमीले रङ्गीन यादहरू पाउँछौ ।

हाम्रो पुस्ता अद्वितीय र सबै भन्दा बढि सुझ-बुझ भएको पुस्ता हो किनकि हामी आफ्ना माता पीताले भनेको सुन्ने अन्तीम पुस्ता हौँ र आफ्ना छोराछोरीको कुरा सुन्ने पहिलो पुस्ता हौं । हामी यस्तो पुस्ता हौं, जसले आफू जन्मदा अस्तित्वमै नभएका प्रविधिको प्रयोग गर्न समेत तिमीलाई मद्दत गरिराखेका छौँ ।

हामी "हामी नै यो युगका नेपाली स्वदेशी पुस्ता" हौँ ! त्यसैले तिमीहरू..
- हामीसँग रम,
- हामीबाट सिक,
- हामीलाई सम्पत्तिको रुपमा लेऊ,
- हामी यो धर्ती र तिम्रो जीवनबाट अलप हुनु अघि यहाँका सबै चिज र सबै मान्छेलाई माया गर ।।संगत गर ..
- Pushparaj Purush
No comments:
Post a Comment