Pages

Thursday, January 20, 2022

 

कम्युनिष्टनिर्मित समाज

-आनन्दराम पौडेल

 

कुमारजी आज्ञा गर्नुहुन्छ – हे अगस्त्य मुनि नेपालमा आफूलाइ कम्युनिष्ट भन्नेहरूले जबर्जस्त आग्रह लादेर चिन्तनप्रणालि र बिचारप्रवाहमा अवरोध पुर्याउँदा कस्तो परिमाण आयो र आइरहेछ भन्ने बिषयमा प्रकाश पार्दछुध्यानदिएर सुन्नुहोस्।

आफूलाइ कम्युनिष्ट भन्नेहरूले ४० बर्ष अघिदेखि नेपाली समाजमा जबर्जस्त आग्रह लाद्नथालेका हुन्। नेपालमा आफूलाइ कम्युनिष्ट भन्नेहरूले बिचारनिर्माणमै यसरी धावा बोल्थे कि उनीहरूका फर्म्याटअनुसार सोच्नुपर्थ्यो। कसैले आफ्नो स्वच्छ ब्रह्म र उच्च बिवेकबाट निकालेका निस्कर्षहरू बोल्नपनि डराउनुपर्थ्यो। आफ्नै स्वच्छ ब्रह्मले देखेको र उच्च बिवेकले नै ठहर्याएको किन नहोस् यो बिचार कतै क्रान्तिको सेवा नगर्ने पो ठहरिने हो कि भनेर अभिब्यक्त गर्न हच्किनुपर्थ्यो।

 नेपालमा आफूलाइ कम्युनिष्ट भन्नेहरू कतिसम्म गर्थेभने कुनैपनि सिर्जना वा ग्रन्थ पढ्न निषेध गर्थे जस्ले उनीहरूको कसौटीमा क्रान्तिको सेवा गर्ने नठहरियोस्। अधिकांश श्रष्टाहरूलाइ उनीहरूले ब्ल्याकलिष्टमा राखिहाल्थे जस्का रचनाले सोझै क्रान्तिको सेवा गर्दैन। पारिजातको ‘शिरीषको फूल’ उपन्यासलाइ ब्ल्याकलिष्टमा मात्र राखेनन्त्यस्कोविरुद्ध अभियान नै छेडेका थिए। मदनमणि दीक्षितजीले लेख्नुभएको उपन्यास ‘माधवी’ लाइ अछुत घोषणा गरियो। लक्ष्मीप्रसाद देवकोटालाइ क्रान्तिकारी कित्तामा राख्न नमिल्ने ठहर गरी ब्ल्याकलिष्टमै राखियो। १० बर्षअघि हेटौंडामा राष्ट्रिय स्तरको साहित्यसम्मेलन भएको थियो। युग पाठकले पेश गरेको कार्यपत्रमा लक्ष्मीप्रसाद देवकोटाको बिषयमा तथ्यहीनअनर्गलभ्रामक कुरा राखेका थिए। लक्ष्मीप्रसाद देवकोटालाइ सत्ताको तावेदार भनिएको थियो। ‘सत्ताको पालनपोषणसंरक्षण र प्रवर्द्धनद्वारा जबर्जस्ति उचालिएका’ भनिएको थियो। अनर्गल र भ्रामक कुरालाइ सभाका सभापतिले र कवि मित्रलाल पङ्ग्यानीजीले ठाडै खण्डन गरेका थिए। उनीहरूको मूल्याङ्कनमा महात्मा गान्धीले केही सुधारका कुरासम्म गरेका हुन्। सुधारका कुराले क्रान्तिलाइ अल्मल्याउने भएकोले यस्ता सुधारहरूलाइ स्थान दिनुहुँदैन।

उनीहरूले सर्वप्रथम वैदिक सभ्यताविरुद्ध अभियान छेडे। माओवादीहरूले त  वैदिक सभ्यतालाइ नष्टभ्रष्ट गर्न कुनै कसर बाँकिराखेनन्। जनताका गोठबाट गाई लान्थेमन्दिरमा लगेर काट्थे र शिवलिङ्गमा आन्द्रा बेरिदिन्थे। २० बर्षसम्म दशैंको टीका-जमरा बहिस्कार गरेतिहारको भाइटीका बहिस्कार गरे। ‘बाहुनवाद’ भनेर एउटा जातविशेषलाइ खिसट्युरी गर्ने अभियान चलाए र अहिलेसम्म चलाइराखेका छन्। नेपालका जातजातिको सूचि बनाउँदा बाहुनक्षेत्री र दशनामीलाइ ‘अन्य’ मा हालेका थिएपछि चौतर्फि आलोचना भएर ठूलै दबाव परेपछि सँच्याए।  

उनीहरू विश्वका अन्य सभ्यतासँग अन्तर्कृया गर्नु त परको कुरा आफ्नै देशका सांस्कृतिक परम्पराहरूसँग सम्वाद गर्न डराउँछन् । उनीहरूसँग एउटा मात्र तर्क हुन्छ र निर्धारीत ढाँचाभन्दा फरक पर्नासाथ ‘सामन्तवादी र पूँजीवादी वर्गको सेवा गर्ने’ भनेर खारेज गर्छन्।

यसरी बिचारनिर्माण र बिचारप्रवाहलाइ अवरुद्ध गरिदिंदा सभ्यताको स्वाभाविक गति अवरुद्ध भयो र जीवनको लय भाँडियो। आफैंबाहेक अरूसँग संसर्ग नै गर्ननहुने भएपछि हाम्रो राष्ट्रिय बौद्धिक परम्परालाई सङ्कीर्ण पार्यो। पूर्वीय दर्शनले पश्चिमा सभ्यतासँग सम्वाद र मन्थन गर्न नसक्ने भयो। विश्वका अन्य सभ्यतासँग अन्तर्कृया गर्नु त परको कुरा आफ्नै देशका सांस्कृतिक परम्पराहरूसँग सम्वाद गर्न डराउँने भए 

त्यस्को परिणाम के भैरहेको छभने सिङ्गै पुस्ता यस्तो तैयार भएको छजोसँग धैर्य छैनमात्र आवेग छ। विवेक छैनहिंसा छ। सामूहिकताको भावना हराएर एकलकाँटे बनेको छ। समयसभ्यता र इतिहासका गौरवसँग मतलब छैन बरु पूरै आत्मकेन्द्रित र अवसरवादी छ। जोसँग धैर्य छैनमात्र आवेग छ। समाधान छैनविरोध छ। क्रान्तिकारी देखिने उच्च महत्वाकांक्षाले गाँजेको छ तर अराजकता र क्रान्तिकारीताको भेद छुट्याउन नसकेकोले जन्जिर चुँडिएर उम्केको भोटेकुकूरजस्तो छाडा भएको छ। आलोचना र समालोचना समेत् छुट्याउन नसक्ने भएको छ। गालिगलौज र ब्यक्तिगत कटाक्षलाइ क्रान्तिकारी हतियार बनाएको छ।

    रचनात्मकसिर्जनात्मक प्रोएक्टिभ हुनैनसक्ने भएकोले रिएक्टिभ भएका छन्। रिएक्टिभ पनि यस्तो कि हरेक बिषयमा रिएक्टिभ र हर पल रिएक्टिभ। कतिसम्म रिएक्टिभ भने खाम नै नखोलि रिएक्ट गर्ने र शीर्षक मात्र हेरेर पनि रिएक्ट गरिहाल्ने।

माओवादीले नरसंहार मच्चाइरहँदा हिंसात्मक आतङ्कबाहेक केहीपनि थिएन। तर यो बौध्दिक आतङ्क त्योभन्दा भयावह छ। निरन्तर हिंसाको लागि माओवादीले विदेशी एजेण्डा बोकेर नेपाली समाजमा जातीय विद्वेषको जहर घोल्यो। राष्ट्र बिखण्डन गर्नको लागि भारतीय एजेण्डा बोकेर प्रदेशसंरचना लाद्यो।

यसैको परिणाम आज नेपालमा भूईंफुट्टा वर्गको विकास भएको छ र टपर्टुईंया कल्चर स्थापित भएको छ। जस्ले लाजघीन पचाएको छ। कुनै संस्कार छैनशिष्टाचार छैनसभ्यता छैन र कसैको मर्यादा गर्दैन। मर्यादा गर्दैन मात्र हैन मर्यादा गर्नैजान्दैन। भावना छैनशुष्क छ। दयामायाकरुणा र बिवेक जस्ता मानवीय गुणको अवशेष छैन।  बर्बर हिंस्रक र आक्रामक छ। दाह्राकिटेर बसेको छ र झम्टिहाल्छ। यो नेपाली समाज तैयार भएको छजुन बिद्रुप रछान छ।

आफूलाइ कम्युनिष्ट भन्नेहरूले तैयार गरेको नेपाली समाज यस्तो बनेको छ।

यति भनेर कुमारजी मौन भए।

इति श्रीस्कन्ध पुराणेहिमवत्खण्डेनेपाल महात्म्ये कम्युनिष्ट समाज बर्णनम् शुभम्।

आइतवारजनवरी 162022

 

 

No comments:

Post a Comment