Pages

Thursday, February 3, 2022

 

ल्होछारको भ्रम        \

 

 

आज एकजना साथीले म्यासेन्जरमा ह्लोछारको शुभकामना दिँदै भन्नुभयो तपाईंको पोस्टमा दिउँ भनेको देखिएन त्यसैले म्यासेन्जरमा दिएको भन्नुभयो। मैले भनें म मौन बसिरहेको छु केही बोल्दिनँ भनें उनलेे फ़ेरि थपे तपाईं यस्तो बेला मौन बसे फ़ेरि हिन्दुवादी भन्लान् नी दाजु रे………!!

कति बोल्ने ? के बोल्ने ? के नबोल्ने ? कुरा गरे हास्यास्पद छ कसरी भनुँ नभनुँ……………… !!

ह्लोछार नमान्ने समुदायलाई सरल भाषामा थोरै जानकारी दिनै पर्छ होला जस्तो लागेर केही कुरा राख्न चाहें… ।

मुलुकमा २०४७ अगाडि सम्म माघे संक्रान्तीमा नै आआफ्नो जातीय लोक परम्परा अनुसार ह्लोछार मान्दै आइरहेको थियो त्यही बेला ह्लो (राशि) परिवर्तन हुने गरेको थियो। त्यसपछि यता मुलुकमा बहुदलीय व्यवस्था आयो त्यसपछि जातजातिको संघ संस्था खोल्न थाले त्यसै क्रममा नेपाल तामाङ घेदुङ संघ पनि खोले। त्यसपछि २०५२ सालमा मनमोहन अधिकारीको सरकार संग ह्लोछारको सार्वजनिक बिदा माग गरे माग बमोजिमको ह्लोछार मनाउन भनेर बिदा दिए एवं प्रकारले गुरुङले पनि हामीलाई अलग्गै भन्दै शेर्पाले हामीलाई पनि अलग्गै भन्दै ह्लोछारको बिदा माग गर्न थाले जातजातिको संस्थामा पश्चिमी फण्डिङको माइक्रो म्यानेजमेण्ट त छँदै थियो।

अहिले तामाङको ह्लोछार भन्दै मनाउदैछ मिति पनि मन्जुश्री पात्रो अनुसार २८५६ भन्दै तर सबैभन्दा पहिला मन्जुश्री संग तामाङ जातिको के साइनो ? हिमाली बौद्ध धर्म अनुसारको भए गुरुङ शेर्पा थकालीहरु पनि बौद्ध नै होलान् तिनको किन भएन ?

दोस्रो सोनाम ह्लोछार भनेर हिंड्ने उपल्लो बौद्धिक स्तरको बुद्धिजीवी होस् वा यो ह्लोछारको प्रतिपादकलाई २०५२ अगाडिको पात्रो कहाँ छन् ? भनेर सोधपुछ गरे जिल्लाराम हुनुपर्ने अवस्था छ। बनावटी कृत्रिम क्यालेन्डर बनाएर अहिले जोड्तोड हैकम चलिरहेको अवस्था छ।

कस्तो अनौठो विडम्बना छ भने तामाङ जातिको पुरोहित लामा हुन्छ, लामाले नै घरमा साइत हेर्ने ज्योतिष फल निकाल्ने काम लामाले गर्छ, तर लामाले आफ्नो पात्रो ग्याल्पो ह्लोछार अनुसारको निकाल्छ अनि सडकमा चाहिँ सोनाम ह्लो छार (नयाँ वर्ष) आयो आयो भन्दै भुसतिघ्रेहरु उफ्रिन्छ !! लामाको पात्रो अनुसारको नव वर्ष (ह्लोछार) आउन ठ्याक्क एक महिना बाँकी छ यता भुस तिघ्रेहरु आयो आयो भन्दै उफ्रिदै छ भने यस्तो बेला मौन बसेर रमिता हेर्नु बाहेक अर्को के गर्न सकिएला र ?

-Mohan Lama Rumba

 

No comments:

Post a Comment