महिलाको अत्याचार
हरी गजुरेल – रिटायर्ड (०६६ सालमा)
उपसचिव हुन् भीमलाल लामिछाने । पोखरा मूल घर भएका लामिछाने तीन छोरा र दुई छोरीका
पिता, जेठी
श्रीमती बाउँठिएर हिँडेपछि एक्लै जीवनको रथ काटिरहेका थिए । ०५० सालमै जेठी श्रीमती
अंश लिएर अलग भइन् । १७ वर्षसम्म एक्लै बस्दै आएका उनीहरूको सम्बन्धमा ०६३ साल
साउनबाट कानुनी रूपमै पूणर्विराम लाग्यो ।
२७ वर्षदेखि जीवनको रथ एक्लै गुडाइरहेका
उनीसँग ठोक्किन आइपुगिन् चितवनकी शारदा पौडेल,
संविधानसभा सदस्य, नेपाली कांग्रेसको
कोटाबाट । उनैले कल्पना डौलियाको नाम लिँदै भनिन्,
‘तपाइ डिभोर्सी, कल्पना पनि डिभोर्सी
। डिभोर्सी डिर्भोसीको जोडी क्या सुहाउँछ,
विवाह गर्नुस् ।’
नेताले भनेको पत्याएर विवाह गरे
कल्पनासँग झण्डै तीन लाख खर्चेर । कल्पना गरेका थिए,
कल्पनासँगको साथले सहजै कट्ने छ
बुढेसकाल । तर, नेताहरूले
देशमाथि मात्र होइन, मान्छेका
जीन्दगीसँग पनि खेल्दारहेछन् । तिनै कल्पना भित्रिएपछि जीवनभर नचाहरेको
अड्डा-अदालत बूढेसकालमा चहार्न विवश छन् भीमलाल । उनीसँग विवाह गरेर जीवन सुख र
आनन्दसँग जिउने सपना थियो तर पछिल्लो नौ वर्ष अड्डा-अदालतका ढोका चहार्दैमा
कष्टसँग बितेका छन्, उनका
दैनिकी । कल्पनाको कर्म रहेछ,अलि पैसावाल केटा फेला पारेपछि ऊसँग विवाह गरिहाल्ने । केही
महिनापछि विवाह दर्ता गर्ने, अनि विवाह दर्ता गरेको एकाध महिनापछि निहुँ खोजेर
सम्बन्धविच्छेद गर्ने र आधा सम्पत्ति माग्ने । यो कुनै कोरा आरोप हैन, तथ्यहरूले यस्तै
बोल्छ ।
पहिलो विवाह भएको रहेछ लमजुङका खुशीराम
डौलियासँग । तर यो बीचमा दोश्रो विवाह गरीवरी अदालतमा मुद्दा चलिरहेकै बेला
शारदाहरूको साथमा भीमलालसँग तेश्रो विवाह गराइएको रहश्य खुल्यो । पहिलो पति
खुशीराम डौलियासँग ०६३/४/२६ मा सम्वन्धविच्छेद भएको अदालतका फाइल खोतल्दा भेटिन्छ
। तीन वर्ष व्यतित नहुँदै ६६ असार १७ मा चितवन भरतपुर नगरपालिका ९, शरदपुरका टीकाराम
न्यौपानेसँग दोश्रो विवाह भएको रहेछ । टीकारामसँग विवाह भएको ४ महिना नबित्दै
अदालत पुगेकी रहिछन् ।
चितवन जिल्ला अदालतमा ०६६ कार्तिक १३ मा
आवश्यक रकम लिएर मिलेर बस्ने भनी मिलापत्रसमेत भएको अभिलेख र कागजातले बोल्छ ।
दोस्रो पतिसँग मिलापत्र भएको र सम्बन्धविच्छेद नै नभएको अवस्थामा फेरि भीमलालसँग
विवाह गर्न भ्याएकी हुन् कल्पनाले । दोश्रो पति टीकारामसँग अदालतबाट मेलमिलाप भएको
एक महिना नबित्दै २०६६ मंसिर ३० गते भीमलालसँग विवाह गराइयो,उनै शारदाहरूको
अग्रसरतामा । भनिएको थियो कल्पना टुहुरी केटी । कोही छैनन् आफन्त ।
तर भन्छन् नि, सत्य डग्दैन, झुट टिक्दैन । कति नै
लामो हुन्छ र झूटको आयु ? पछि
खुल्यो माइतीमा आमा, भाइ
तथा मामा लेखनाथ सेढाइँलगायत आफन्त छन् । शारदाकै अग्रसरतामा ०६६ मंसिर ३० गते
कल्पना र भीमलालबीच विवाह भएको हो । शारदाको नियत कतिसम्म खोटो भने, विवाह सम्पन्न
गराएसँगै २ लाख मागिन् भीमलालसँग । एउटा रिटायर्ड कर्मचारी, पहिला श्रीमती
अलग्गिएर आधा अंश खर्लप्प लगिसकेका भीमलालले दिन सकेनन, दिएनन्, अनि शुरु भयो
खेलोफड्को र मनमुटाव ।
विवाह भएकै दिनदेखि कल्पना विवाह
दर्ताका लागि जोड दिन्थिन् । विवाह गरेको ४ महिनामै ०६६ चैत ९ मा विवाह दर्ता भयो
। केही महिनापछि घरबाट रातारात हराइन् कल्पना । पछि फेला परिन् टीकाराम
न्यौपानेसँग ।
चार महिनापछि ०६७ साउन १२ गते भरतपुर
नगरपालिकामा कल्पनाले उजुरी दिइन् टिकारामविरुद्ध । ०६७ साउन १२ गते कार्यकारी
अधिकृतलाई सम्बोधन गरी कल्पनाले लेखेको पत्रमा भनिएको छ- म टीकाराम न्यौपानेको
कान्छी श्रीमती हुँ । दमौलीमा बस्छु । श्रीमान्ले खान दिएनन् । श्रीमान्लाई झिकाएर
छलफल गराइपाऊँ । भोलिपल्टै कल्पना र टीकाराम दुबै पक्षलाई झिकाएर छलफल चल्यो । ६
लाख ५० हजार लिएर दोस्रा पति टीकाराम न्यौपानेसँग मिलेर बस्ने भन्ने निणर्य
माइन्युट बुकमा सही गराएको भेटियो । त्यही माइन्युटका कारण टीकारामले न्याय पाएका
छन् ।
दुई वर्षपछि ०६९ साल माघ १४ मा कल्पनाले
भीमलालविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ज गरिन्, सम्बन्धविच्छेद र
माना चामलको । जिल्ला अदालतले मुद्दा सदर गर्यो । एउटै महिलाले तीन ठाउँमा विवाह
गरेको, विवाह
गरेको केही समयपछि नै अदालतमा मुद्दा मामिला गरी अंश माग्ने गरेको प्रमाण पेश
गर्दा पनि महिलाकै पक्षमा श्रीमान्ले फैसला सुनाए ।
आफूमाथि अन्याय भएपछि प्रमाणहरू भेला
पारेर भीमलाल पुनरावेदनका लागि उच्च अदालतको शरणमा पुगे । त्यहाँ कल्पनाको नियतमै
खोट रहेको,आफूसँग
वैवाहिक सम्बन्ध कायमै रहँदा टीकारामसँग कान्छी श्रीमतीकै रूपमा रहेको भरतपुर
नगरपालिकाको ०६७ माघ १३ को माइन्युट पेश गरेका थिए,
भीमलालले । न्यायाधीश नरबहादुर शाहीले
०७५ जेठ १६ गते फैसला सुनाए, वादी भीमलाल लामिछाने र प्रतिवादी कल्पना लामिछानेबीच लोग्ने
स्वास्नीको नातासम्बन्ध कायम रहन नसक्ने हुँदा शुरुको फैसला उल्टी बादीको फिराद
दाबीबमोजिम विवाह बदर हुने ।
सरकारी अभिलेखमा भेटिएअनुसार कल्पनाका
पहलिो पति खुशीराम डौलिया, दोश्रो
टीकाराम न्यौपाने र तेश्रो भीमलाल हुन् । तनहुँका मानबहादुर दरै, काठमाडौंका रामबहादुर
मुल्मीसँग विवाहको अभिलेख त पाइँदैन् तर उनीहरूबाट जग्गाको राजीनामा आफ्नो नाममा
पास गराएको भेटिएको छ ।
कल्पना पेशाले सरकारी कर्मचारी । अहिले
चितवनको रत्ननगरमा अस्पतालको जागिरे छिन्,
अनमी पदमा । के निजामती सेवा नियमावली पुरुषको
हकमा मात्र आकर्षित हुने हो ? महिलाको हकमा निजामती सेवा नियामवीले काम गर्दैनन् ? एकै समयमा अलग अलग
व्यक्तिसँग विवाह गरी दुवैलाई अदालतमा मुद्दा दिई अंश माग्ने अनमीमाथि निजामती
सेवा नियमावली २०५० को नियम १२० तथा मुलुकी ऐन बिहावारी महलको दफा १० आकर्षित
हुँदैन ?
पुनरावेदनले विवाह बदर गराइदिएसँगै उनी
अहिले सर्वोच्चमा पुगेकी छिनभने यता भीमलालले तिनै कल्पनासँग विवाह गरेर मुद्दा मामिला चल्दा
धेरै धनराशि सकिएको र भएभरका सम्पत्ति सबै अदालतले रोक्का गरेको अवस्था छ ।
त्यही कारण भीमलाल पोखराको एउटा गाउँमा
बस्छन्, एक्लै
। छोराहरू मुख राम्रोसँग खोलेर बोल्दैनन् ।
– (भीमलालको
साथी विनोद पुडासैनी, पोखरा, हामीले जनआस्थाबाट
साभार गरेको)
शुक्रवार, मार्च 11,
2022
No comments:
Post a Comment