उच्च संस्कृतिको नमुना \
धादिङ
जिल्लाको नौबिसे बजारबाट करिब ५ कि मि माथी डाडोमा कालीदेवीको मन्दिर छ । गोरखकाली, मनकामना, दक्षिणकाली, कालीदेवी शक्तिपीठहरुलाई
दिदीबहिनीको रुपमा मान्ने चलन रहेको छ। मन्दिरको मुख्य पूजारी तामाङ जातीकै
हुन्छन्। पृथ्वीनारायण शाहको पालादेखि पुजारीलाई मिजार भन्ने दर्जा दिइएको छ। यहाँ चैत्रशुक्ल
पूर्णिमाको दिन मेला लाग्छ । धादिङका गाउँ-गाउँबाट र काठमाडौं उपत्यकाबाट पूजा गर्न
र मेला भर्नको लागि मानिसहरु यहाँ आउँछन् । यो मेलामा बाख्राको कोरली पाठो, कुखुरा, हाँस, देखि
अण्डा र नरिवलसम्मको बलि दिने चलन छ । मन्दिरभित्र बाहुन, क्षेत्री, दमै, कामी, सार्की, नेवार
जात-जातीहरु सँगै बसेर पाठपूजा गर्छन् र
प्रसाद दिनेलिने गर्दछन । यो मन्दिरमा रक्सी पनि प्रसादको रुपमा चढाइने हुँदा, परम्परा
अनुसार रक्सी खान नहुने भन्ने बाहुन र क्षेत्रीहरुको प्रसादमा पनि रक्सीको छिटा
परेको शुभ नै मानिन्छ।
April 5, 2016 ·
Shared with Public
"काम राम्रो भए पुगेन र ? सिष्टम नाघेर, प्रकृया भाँचेर,
पध्दति
मिचेर गरेको भनेर किन आपत्ति जनाउनुभएको ?" नानीले कौतुहल राखिन् ।
"बलात्कारबाटै जन्मेको भएपनि बच्चालाइ त हामीले माया गर्छौं; तर बलात्कारलाइ घृणा गरिरहन्छौं ।" नन्दरामले बिम्बमा जवाफ दिए ।
Ananda R Paudel
No comments:
Post a Comment