Pages

Wednesday, April 6, 2022

 

आयाराम गयाराम      \

 

माओवादी पार्टीको प्रदेश कमिटि सदस्य तथा बेनिघाट रोराङ गाउँपालिका इञ्चार्ज थिएँ। बेनिघाट रोराङ गाउँपालिका अध्यक्षको जिम्मेवारी पनि सम्हालिराखेको थिएँ। गाउँघर जताततै एमालेको चर्चा सुनिरहेपछि एमाले पार्टी ज्वाइन गर्ने इच्छा जागिरहेको थियो। २० गते आइतबार काठमाडौं गएँ। २१ गते सोमबार बालकोट पुगें। केपी ओलीलाइ भेटेर एमालेको सदस्यता लिएँ।

एमालेको सदस्यता लिएको थाहापाउनासाथ माओवादीका नेताहरू मलाई खोज्दैआए। धेरैले मलाइ सम्झाए-बुझाए। शालिकराम जम्मरकटेलले समेत् फकाएफुल्याए। फकाएपछि म फकिएँ र पुन माओवादी पार्टीमै फर्किएँ।

( पित्तबहादुर डल्लाकोटी (हरि) जीको कुरा यत्ति हो; यस्लाइ चर्चाको बिषय नबनाउँ है।)

बुधवार, अप्रिल 06, 2022

 

१४ बर्षअघिदेखि हामी अकिञ्चनले ब्यक्त गर्दैआएको चिन्तालाइ आज पुन प्रस्तुत गर्न अनुमति माँगें।

"राष्ट्रको लागि आवश्यक नै नभएको र जनताको माँग पनि नभएको प्रदेशसंरचना जस्ता फर्मायसी संरचना नराखौं। समानुपातिक दरबन्दि सृजना गरेर नेताका खल्तिका मान्छे राख्ने भर्तिकेन्द्र नबनाऔं। मन्त्रालय, विभागका संख्या घटाऔं। कर्मचारीको संख्या घटाऔं। सांसद संख्या आधा घटाऔं। जथाभावि राजनीतिक नियुक्ति बन्द गरौं। फर्मायसि खर्च बन्द गरौं।"

बुधवार, अप्रिल 06, 2022

No comments:

Post a Comment