प्रकृति
संरक्षणमा नेपाल \
वन्यजन्तु, वनस्पति
र वनपैदावार संरक्षणका दृष्टिले पनि नेपाल विश्वमै अग्रणी राष्ट्र रहेको पाइन्छ । विश्वको
पहिलो राष्ट्रिय निकुञ्ज अमेरिकाको यल्लो स्टोन राष्ट्रिय निकुञ्ज स्थापना हुनुभन्दा
एक दशकपहिले नै नेपालमा वनस्पति,
वनपैदावार र वन्यजन्तु संरक्षणका लागि निश्चित नियम–कानुन बनिसकेको थियो
। राजधानीको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने नागार्जुन क्षेत्रको
ऐनडाँडा नै यसको बलियो प्रमाण हो ।
काठमाडौं उपत्यकाको पश्चिमपट्टि एउटा पर्वत छ, जसलाई नागार्जुन पर्वत भनिन्छ । त्यसै पर्वतको
पश्चिमपट्टि एउटा सहायक डाँडा छ;
त्यसलाई ऐनडाँडा भनिन्छ । वनस्पति, वनपैदावार र वन्यजन्तुको संरक्षणका लागि बनाइएको नियम वा ऐनलाई सर्वसाधारणका
लागि शिलालेखमा त्यहाँ राखिएकाले नै त्यस डाँडालाई ऐनडाँडा भनिएको हो । वि.सं. १९२६
मा तत्कालीन शासक श्री ५ सुरेन्द्रले वनजङ्गल र वन्यजन्तु संरक्षणका लागि लागू गरिएको
ऐनको फेहरिस्त भएको शिलालेख त्यहाँ देख्न पाइन्छ । पछि जंगबहादुरले राजा सुरेन्द्रको
उक्त कदमलाई सार्थक बनाउन थप सुधार गर्दै लगेको कुरा इतिहासमा पाइन्छ । त्यसपछि नागार्जुन
जंगलको सुरक्षासम्बन्धी ऐननियम बनाएर ठाउँठाउँमा शिलालेख राख्ने काम भएको थियो । त्यस
प्रकारका शिलालेखहरू ऐनडाँडा, ल्हुँतिकोट
दरबार परिसर, बतासेमा
पनि राखिएको थियो । यो शिलालेखलाई सम्पदा संरक्षणको दृष्टिले महत्वपूर्ण दस्ताबेजका
रूपमा लिन सकिन्छ । त्यसैले यसको ऐतिहासिक महत्व पनि रहेको सहजै प्रस्टिन्छ ।
नेपाली जनता र शासकहरूको पनि वनपैदावार र वन्यजन्तु संरक्षणका क्षेत्रमा
चासो रहेको कुराको प्रमाण नै उनीहरूद्वारा चालिएको दूरगामी कदमको आकलन गर्दा सहजै प्रस्टिन्छ
। नेपाली शासकहरूको वनजंगल र वन्यजन्तु संरक्षणका सम्बन्धमा रहेको दूरदर्शिता तथा सोचाइका
कारण कैयन् वन्यजन्तु र वनपैदावारको संरक्षणमा जोड पुगेको पनि पाइन्छ । वि.सं. १९२६
अर्थात् सन् १९६९ मा तत्कालीन राजा सुरेन्द्रको पालामा भएको शिलालेख स्थापनाको तीन
वर्षपछि मात्र अमेरिकाको यल्लो स्टोन राष्ट्रिय निकुञ्जको स्थापना सन् १८७२ मार्च १
मा भएको देखिन्छ । यस प्रकारको संरक्षण कार्यले वन्यजन्तु र वनपैदावार संरक्षणमा हामी
नेपालीहरू पनि ज्यादै अगाडि रहेको पुष्टि हुन्छ ।
आइतवार, अप्रिल
17, 2022
No comments:
Post a Comment