सूर्यबहादुर थापा \
Madan Regmi
मैले पंञ्चायत ब्यवस्थामा र पछि पनि प्रधानमन्त्री भएका सूर्यबहादुर थापाकाे
जीवनी बारे लामो लेख पढेकाे थिए । त्यहाँ कतिपय नभएका कुरापनि लेखिएका रहेछन । सूर्यबहादुर
थापा जुद्वशमसेरका विसाै छाेरा मध्ये एकजना छाेरा ध्रुव शमशेर काे हाल बालुवाटार र
विशालनगर विचकाे दरवारकाे गाेठकाे माथिल्लो काेठामा वसेर जेपी हाईस्कुलमा पढेकाे हाे
। त्यसवेला जुद्वाेदय हाईस्कुल हाल नेपाल वैक छेउको लामो टहरामा अवस्थित थियो । टहराे
पहिले राणाहरुकाे घाेडाकाे तवेला रहेछ । त्यसवेला सूर्यबहादुर मेराे नजिककाे मामा जयवीर
पाण्डे काे क्लास फेलाे थियो । म त्यसवेला त्याे स्कुलमा IV मा पढथे । सूर्यबहादुर
IX मा पढथे ।त्यसवेला जेपी हाईस्कुलका हेडमास्टर सुर्यप्रसाद उपाध्ययका सहाेदर
भाइ शारदाप्रसाद उपाध्यय हुनुहुन्थ्यो । सूर्यबहादुर का बाबू लाई जर्नेल ध्रुव शमशेर
ले अाफ्नाे दरवारकाे कप्तान बनाएका थिए र ध्रुव शमशेर लाई बक्साएर छाेरा सूर्यबहादुर
लाई काठमाडौ ल्याएर गाेठकाे माथिल्लो काेठामा राखेका थिए । उसले पढाइ अलि उमेर भए पछि
काठमाडौ अाएर पढन पाएकाे रहेछ । सूर्यबहादुर काे राजनीति नेपाली राष्ट्रिय काङ्ग्रेसको
नेता रिषिकेश शाहकाे कार्यकर्ता काे रुपमा शुरु भएर रिषिकेश शाह सभापति डिल्ली रमण
रेग्मी सँग फुटेर नेपाली काङ्ग्रेस मा गएपछि सूर्यबहादुर पनि काङ्ग्रेसी कार्यकर्ता
भए ।उनी अलि पाकाे उमेर भएपछि डेराकै नजिक निवास भएका नेकाका नेता र भारतकाे त्यसवेला
अत्यन्तै विश्वास पात्र सुर्यप्रसाद उपाध्ययका चाकरी दार मध्येका थिए । ध्रुब शमशेरकाे
मा बसेका हुनाले जुद्व खलकलाई सुवथा ( काईला काजी ) ले रिझाउने नै भए । उसलाई राजनीतिमा
उठाउनेमा जुद्व खलक र सुर्यप्रसाद उपाध्यय हुनुहुन्थ्यो । मेरो बा डिल्ली रमण रेग्मीलाई
पनि उसले निकै रिझाएकाे थियाे । डाक्टर बाेलाउनु परे सूर्यबहादुर लाई फाेन गर्नुहुन्थ्यो
। वितेकाे मान्छे काे बारेमा धेरै नकारात्मक कुरा के राख्ने । उसकाे जीवनी र यथार्थ
अरुले लेख्ने नै छन । सूर्यबहादुर थापालाई राजा महेन्द्र ले प्रम पदवाट फालेपछि उसलाई
धाेकेबाज भन्ने गरेकाे सुनेको थिए । सूर्यबहादुर पञ्चायती "विरोधी "भएर जेलमा
पनि परे र धेरै विन्तिपत्र लेखेपछि जेलवाट छुटे र त्यसपछि विराटनगरमा भएको गाउँ फर्कले
अायाेजना गरेको क्षेत्रिय पञ्च भेलामा विश्वेश्वरप्रसाद काेईरालालाई फासी दिनुपर्छ
भन्ने प्रस्ताव राखे बापत फेरि भारदारहरुकाे बिश्वास पात्र भएपछि राजा विरेन्द्र र
ज्ञानेन्द्र दुवैको पालामा सुवथा फेरि प्रधानमन्त्री भए । भारत सरकारकाे समर्थन लिन
सूर्यबहादुर लाई बारम्बार प्रधानमन्त्री बनाईएकाे थियोे ।
Monday, April 25,
2022
No comments:
Post a Comment