नेपाली
भन्नै सङ्कोच लाग्ने \
::::::::::::::::::::::
हिजो फेसबुकमा जोडिएका साथीहरू संग भृकुटीमण्डपमा चिया पिउँदै गफ-गाफ
गर्दा दुबई घुमेर आएको एकजना साथीले एउटा रोचक घटना सुनाउनु भयो - दुबईमा एकपटक केहि
हुल्लज अरवीहरुले एउटी महिलालाई जबर्जस्ती कारमा हुलेर लैजान खोज्दा ती महिलाले
"आई एम चाइनिज !! आई एम चाईनिज…… " भन्दै चिच्याउनु थालिन रे ! त्यसरी चिच्याउन
थालेपछि ती अरवीहरुले ती महिलालाई छोडेर भाग्यो
रे ! तर ती महिला चाइनिज होइन फिलिपिन्सको महिला थिइन् भन्दै चाइनाको नाम सुन्ने बित्तिकै
छोडेर जानुले देशको प्रतिष्ठाको महत्त्व कति हुने रहेछ दाजु भन्दै हुनुहुन्थ्यो।
नेपालको प्रतिष्ठा आज
बिश्व विरादारीमा भोकमरीले ग्रस्त हैटी युगाण्डा सोमालियाको हाराहारीमा पुगेको छ,
जुन
कुराको अघिल्लो पोस्टमा मैले पासपोर्टको वर्गीकरणमा नेपाल एकदम तल्लो तहमा यी मुलुकहरुको
दाँजोमा पारेको छ र संयोग वा डिजाइन पनि कस्तो छ भने यी मुलुकहरुमा पनि पश्चिमीहरुले
नेपालमा जस्तै संघीय लोकतान्त्रिक गणतन्त्र हुलेर जातीय राजनीतिको स्कुल चलाएको छ र
कहिल्यै समाप्त नहुने जातीय द्वन्द्व रोपेर सधैं अस्थिर अराजकता द्वन्द्वको भुमरीमा
फसाएर त्यहाँको प्राकृतिक श्रोत साधन माथि बिश्व शक्ति राष्ट्रहरूको लुछाचुँडी गर्ने
थलो भैरहेको छ।
नेपालमा पनि बहुदलिय व्यवस्थाको पुनर्स्थापना पश्चात् सुरु भएको जातीय
क्षेत्रीय धर्म नश्लको आधारमा बिभाजनको स्कुल अहिले संघीय लोकतान्त्रिक गणतन्त्रको
अभ्यास पश्चात् झन् चरम अवस्थामा पुगेको छ।
त्यसैले अमेरिका बेलायत् अष्ट्रेलिया पुगेर पनि नेपालीहरु जम्मा हुँदैन
त्यहाँ कि त गुरुङ समाज तामाङ समाज शेर्पा समाज हिन्दु संघ बौद्ध संघ जम्मा हुन्छ नेपाली
होइन, त्यति टाढा पृथ्वीको पल्लो कुनामा पुगेर पनि यहाँ चलाएको जातीय क्षेत्रीय
स्कुलको मनोबिज्ञानको कारण बिभाजन भएर बस्छन् भने सिंगो देशको सिंगो नेपालको नेपालीको
प्रतिष्ठाको स्कुल कसले चलाउने ? खै त नेपाली ?
के चाइनिजहरु पनि युरोप अमेरिकामा बसेर हामी नेपालीले जस्तै झुवाङ जाति
संघ मन्चु जाति संघ हुई जाति संघ मिआओ जाति संघ खोलेर आआफ्नो जातिको डफली बजाएर बस्ने
रहेछ ? यो त्यही स्कुलको करामत हो जो पश्चिमीहरुले दक्षिण अफ्रिकी मुलुकमा आफ्नो
वर्चस्व कायम गर्न हुलिदिएको जातजाति भाषाभाषी लिंग क्षेत्र वर्ण धर्मको बिबिधतामा
एकापसमा घृणा फैलाएर सामाजिक एकता भंग गराएर जसरी दक्षिण अफ्रिकि मुलुकको प्रतिष्ठा
विश्व बिरादारीमा गिर्यो आज नेपालको पनि ठिक त्यही बाटोमा हिंड्दै छ,त्यसैले
हामी पनि अफ्रिकी मुलुक जस्तैः बिश्वको उन्नत बिकासित मुलुक अमेरिका जापान अष्ट्रेलिया
बेलायत् इजरायल जस्तो मुलुकमा बसेर पनि तामाङ संघ गुरुङ संघ क्षेत्री संघ बाहुन संघ
मगर संघ खोलेर बस्दै छौं तर सिंगो नेपालको
चिन्ता गर्ने नेपाल संघ नेपाली संघ छैन भए पनि त्यसको अध्यक्ष कुन पार्टीको ?
कुन
जातिको ? भन्ने त भइहाल्छ !!
जति बेला नेपाल एक थियो नेपाली एक ढिक्का थियो त्यतिबेला नेपालको प्रतिष्ठा
बिश्व बजारमा थियो र त "आई एम नेपाली" भन्ने बित्तिकै जुनसुकै देशमा भिसा
पाइन्थ्यो, आई एम नेपाली भन्ने बित्तिकै बायोडाटा दिइरहन पर्दैन थियो बायोडाटा नै
नेपाली पहिचान हुन्थ्यो।
आज चालीस लाख सम्म घुस खुवाएर अमेरिका छिर्न खोज्ने ज्यानको बाजि लगाएर
जंगल बाट हिंडेर अमेरिका छिर्न खोज्ने युवाहरूलाई त यस्तो कुरा सुन्दा अचम्म लाग्ला
तर नेपालको राजाहरूले देशको प्रतिष्ठा कायम राख्दा सम्म आजको अमेरिका बेलायत् अष्ट्रेलिया
जस्ता देशहरूमा जान नेपालको पासपोर्ट देखाएर "आई एम नेपाली" भनेपछि काफी
हुन्थ्यो !!
अफसोच आज "आई एम नेपाली"
भन्ने बित्तिकै एअरपोर्टमा यसो घुरेर चोर हो की लागु औसधिको तस्कर हो की ? यो छिरेपछि
फिर्ता आउदैन की ? भनेर हेर्छन् ! चाहे बिनोद चौधरी एअरपोर्टमा पुगुन् वा सामान्य नेपाली
पुगुन् नेपाली पासपोर्ट देखेपछि हेराई घुराई एकै हुन्छन् ! हिजोको राजाको पालामा र गणतन्त्रको पालामा फरक यति
भयो उपलब्धि यही रह्यो होइन त नेफोलीहरु ?
शनिवार, अप्रिल 16, 2022
No comments:
Post a Comment