अबको राजनीति \
अबको राजनिती पञ्चायतकालीन संघर्ष, दु:ख कष्ट,संघर्षको मात्र दुहाई दिएर चल्नेवाला छैन। राज्य सञ्चालन गर्न दृष्टिकोण योजना, व्यवस्थापन र परिमार्जन गर्ने कौशलयुक्त नेतृत्व छैन भने त्यो परम्परागत अल्छी जाली कृतघ्न प्रशासनिक र बहुअर्थी कानुन नियमको जञ्जालमा फसेर बेकामे हुन्छ,असान्दर्भिक बन्न जान्छ।
आजको युग नवप्रवर्तनको युग हो।सुचनाको युग हो। सहकार्य अनुसरण र परिमार्जनको युग हो । जनताको हितार्थ नेतृत्वसँग टेक लिन सक्ने, आफ्नो क्षमता र सपनालाई सार्वजनिक गर्दै सहकार्य र सहयोग गर्न सक्ने अनि अरुलाई इज्जत मर्यादा र पहिचान दिन बिनम्रताका साथ पेश हुन सक्नेको युग हो। दर्जा र दर्ज्यानी रातो कलमले दस्तखत गर्न मात्र होइन, मार्ग दर्शन गर्ने दार्शनिक, विद्वत र शिल्पी तारिफको अौजार हो।
मलाई सोध्नुहुन्छ भने अहिलेका जागा, विज्ञ, सबै उम्मेदवारलाई साधिकार जिम्मेवारी दिएर जुनजुन विजेताले कार्यमूलक समूह बनाउन सक्लान ती ती विजेताले उदाहरणीय इतिहास रच्नेवाला छन। ती ती दलहरुले आफूलाई कुशल प्रशासनिक क्षमताले युक्त पनि बनाउनेवाला छन।
हेपाइती र हटकको युग सक्कियो।
No comments:
Post a Comment