पशु-हिंसा
\
इभिया
टापुको समुद्री किनारको रेस्टुरेन्टमा तीन जना मानिस बाहिर खाना खाइरहेका छन् । दुई
ओटा बिरालाका बच्चा उनीहरू नजिकै आएर खानेकुरा माग्छन् । तीमध्ये एक जनाले एउटा माछोलाई
झुन्डाएर बिरालोलाई नजिक आउन लोभ्याउछ । जब बिरालो छेउमा आउछ, अर्का व्यक्तिले लात्तीले हानेर समुद्री किनारमा
खसालिदिन्छन् ।
लगत्तै, दोस्रो बिरालो त्यहाँबाट उम्किन्छ र एक महिला हाँसेको
सुन्न सकिन्छ । तत्कालै स्थानीयले बिरालोलाई पशु चिकित्सककहाँ पुर्याउछन् । धन्य बिरालोलाई
खासै चोट लागेको हुँदैन । यो घटना हो ग्रीसको एउटा रेस्टुरेन्टको ।
रेस्टुरेन्टमा
बिरालाको बच्चालाई लात हानेर समुन्द्रमा फाल्ने ती व्यक्ति पक्राउ परेका छन् । पशु
दुर्व्यवहारको आरोप लागेर दोषी ठहर भएमा उनलाई १० वर्ष जेल सजाय र ५० हजार युरो जरिवाना
हुनेछ ।
पशुमाथि
दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि दोषीलाइ पक्राउ गरिएको थियो । ग्रीसका प्रहरी
मामिला मन्त्रीले ‘जन्तु विरुद्धको हिंसा अस्वीकार्य’ भन्दै दोषीलाई कारबाही गर्ने
चेतावनी दिएका छन् । ‘म यस विषयमा जनताको ध्यानाकर्षण गराउनेहरूलाई हार्दिक धन्यवाद
दिन्छु’, मन्त्री टाकिस थिओडोरिकाकोसले भने ।
बिहीवार, मे 05, 2022
No comments:
Post a Comment