Pages

Thursday, May 19, 2022

 

निर्वाचन               \

 

मतदाताहरूमा निर्वाचन मोह घटदो देखिन्छ। स्थानीय तह निर्वाचनमा जम्मा ६५ प्रतिशत मतदान भयो। राजधानीमै  केवल ५२ प्रतिशतमा सीमित रह्यो। अघिल्लो निर्वाचनमा झन्डै ७४ प्रतिशत मत खसेको थियो। अस्ट्रेलिया, सिंगापुरजस्ता केही देशमा अनिवार्य मतदानको व्यवस्था छ। विश्वमा सामान्यतयाः ६० प्रतिशत हाराहारीमा मत खस्छ। सन् २००९ मा उरुग्वेमा भएको निर्वाचनमा ९६.१ प्रतिशत मत खसेको थियो। सन् २०१५ मा इजिष्टमा २८.३ प्रतिशत मात्रै मतदान भएको नजिर छन्। हाम्रा २० लाख आसपास मतदाता विदेशमा छन्। कर्मचारी, प्रहरीलगायत निर्वाचन सम्पादनमा संलग्न थुप्रैले मतदान गर्न पाउंदैनन।  पेसा व्यवसायका कारण अन्यत्र भएकाहरु मतदान गर्न जन्मस्थान जान पनि सक्दैनन।  ‘अर्ली भोटिंग’ अथवा  ‘इन्टरनेट भोटिंग’को सुविधासमेत छैन। त्यसैले यो मतदान प्रतिशत नराम्रो भने होइन। अन्तर्राष्ट्रिय प्रचलनमा ६० प्रतिशत मतदानलाई आधार मानेर निर्वाचन सफलताको व्याख्या गर्ने अघोषित पद्घति देखिन्छ। तर हामीमा निर्वाचनको घट्दो मोहलाई भने राजनीतिक दलले अब अध्ययनको विषय बनाउनुपर्छ।

थुपै्र देशमा विद्युतीय मतदानको व्यवस्था छ। अग्रिम मतदानको चलन छ। प्रथम पटक अमेरिकामा सन् १९६० मा विद्युतीय भोटिङको व्यवस्था गरियो। त्यसपछि भारतमा सन् १९९८, फिलिपिन्समा २०१०, नामिबिया र मंगोलियामा २०१४ बाट यो प्रणाली अभ्यासमा आयो। इस्टोनेसियाले त इन्टरनेटबाटै भोट दिन मिल्ने अभ्यास विकास गरेको छ। विद्युतीय मतदानले समय तथा खर्चको बचावट हुन्छ। मानव स्रोत साधनसमेत कम प्रयोग हुन्छ। बिना भीडभाडको निर्वाचन सम्भव बन्छ। सहज गणना अनि वातावरणीय हिसाबले पनि न्यून जोखिमका फाइदा हुनेछन्। बदर भोट पनि कम हुन्छ। प्रक्रियागत सहजतासमेत हुन्छ।

अग्रिम मतदानका कारण निर्वाचनमा अधिक नागरिक सहभागिता हुन सक्छन्। उच्च मतदातामैत्री अभ्यासको अनुसरणका लाभ पाइन्छ। समयभावका कारण मतदानमा सहभागी हुन नपाउने जस्ता समस्याको पनि निराकरण हुन्छ। यस्ता प्रक्रियाले विदेशमा रहेका झन्डै २० लाख नेपाली मतदातालाई समेत न्याय गर्नेछ।

बिहीवार, मे 19, 2022

No comments:

Post a Comment