Pages

Thursday, May 26, 2022

 

ठाडै कानुन मिचेर         \

 

मोहन्याल गाउँपालिकाका देवीदत्त उपाध्यायले भ्रष्टाचार गरेको भनेर तथ्यप्रमाणसहित अख्तियारमा उजुरी परेको थियो। अख्तियारले छानबिन अनुसन्धान सकि विशेष अदालतमा मुद्दा दायर गरेको थियो। तिनै देवीदत्त मोहन्याल गाउँपालिकाको अध्यक्षमा निर्वाचित भए।

जस्को विरुद्ध अदालतमा भ्रष्टाचार मुद्दा छ, ती ब्यक्तिलाइ सपथग्रहण गराउन हुन्छ कि हुँदैन ? भनेर निर्वाचन अधिकृतले निर्वाचन आयोगसँग सोध्यो। “भ्रष्टाचारको अभियोगमा अदालतमा मुद्दा चलिरहेका ब्यक्तिलाइ सपथग्रहण गराउन हुँदैन” भनेर निर्वाचन आयोगले निर्देश गर्यो। त्यो थाहापाएर प्रचण्डजीले जसरी ’नि सपथग्रहण गराउन दबाव दिनुभयो। आफ्नो दबावले नपुगेर शेरबहादुर देउवाजीलाइ दबाव दिन लगाउनुभयो। निर्वाचन आयोगले दबाव थेग्न सकेन।

   त्यस्तै, विदुर नगरपालिका वडा नं ९ का हरिराम भण्डारीमाथि पनि भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा चलिरहेको छ। उहाँपनि वडाध्यक्षमा निर्वाचित हुनुभयो। उहाँको मुद्दा बिषयमा पनि त्यही वडाका २० जनाले उजुरी हालेपछि सपथग्रहण रोकिएको थियो। प्रचण्डले दबाव दिनुभयो र शेरबहादुर देउवामार्फत् पनि दबाव दिएपछि निर्वाचन आयोगले दबाव थेग्न सकेन।

Thursday, May 26, 2022

 

No comments:

Post a Comment