Pages

Thursday, July 28, 2022

 

को राष्ट्रवादी ?          \

 

उहिल्यै BBC को निम्ति समाचार बटुल्ने चर्चित पत्रकार marvin di silva ले श्रीलंकाका राष्ट्रपति डिनिगिरि बन्दा विजयतुङ्गे लाई सोधे - "राष्ट्रवादी र प्रजातन्त्रवादी मा त्यस्तो के फरक छ?"

विजयतुङ्गेले भने - "व्यक्तिको स्वार्थभन्दा राष्ट्रको स्वार्थलाई ठूलो मान्नेहरु राष्ट्रवादी हुन् भने राष्ट्रको स्वार्थभन्दा व्यक्तिको स्वार्थलाई ठूलो मान्नेहरु प्रजातन्त्रवादी हुन्। राष्ट्रवादीहरुले व्यक्तिभन्दा राष्ट्रको हित हुने गरि नियम, कानून, निति, कार्यक्रम बनाउँछन्। प्रजातन्त्रवादीहरुले राष्ट्रभन्दा व्यक्तिको हित हुने गरि नियम, कानून, नीति र कार्यक्रम बनाउँछन्। राष्ट्रवादीले राष्ट्रको निम्ति त्याग गर्न सिकाउँछन्, प्रजातन्त्रवादीले राष्ट्रको शोषण गरेर व्यक्तिको तुष्टिकरण गर्न उक्साउँछन्"

विजयतुङ्गेको भनाईलाई उद्दरण गर्दै अर्का राजनीतिज्ञ यामिनी दिस्सानायकेले निचोडमा भने- "बरु राष्ट्र नभए होस् हामीलाई प्रजातन्त्र भए पुग्छ भन्नेहरु प्रजातन्त्रवादी हुन् भने बरु प्रजातन्त्र नभए होस् हाम्रो राष्ट्र चैं सबल हुनु पर्छ भन्नेहरु राष्ट्रवादी हुन्। देशभक्ति त ग्रिनकार्ड र नागरिकताको प्रमाणपत्र लिने बित्तिकै फेरिन सक्छ तर राष्ट्रवाद जहाँ पुगे पनि फेरिन्न"...

यि उद्धरण माथि अर्को थप बिशेषण जोडनु पर्दछ। प्रजातन्त्रबादी भन्नेहरू गरीब देशलाइ शोषण र दोहन गरेर बिकसित देशमा समुन्नत जिबनस्तरको खोजीमा ब्यग्र गिनकार्ड बाहकहरू हुन्। राष्ट्रबादी भनेका भूमिपुत्रहरू हुन् जस्को जाने ठॉउ आफ्नो देश बाहेक अन्यत्र हुदैन। जस्ले आफ्नो मौलिकपन प्रति मोह मारेको हुदैन, जो पतित र पथभ्रष्ट भैसकेको छैन।

 

No comments:

Post a Comment