उदाहरणीय ब्यक्तित्व
\
राप्ती नगरपालिका–१२ (चितवन) स्थित यौरालीटारमा रहेको गणेश
माध्यमिक विद्यालयका प्रधानाध्यापक रामकृष्ण पर्जाजी सधैं एकघण्टा पहिल्यै
बिद्यालय पुग्दारेछन् । आफ्नो कार्यकक्षमा पुगेर झोला विसाएपछि काम थाल्छन्। उनको
पहिलो काम हो, सरसफाइ। कार्यकक्षदेखि विद्यालयको
आँगनमा आफैं कुचो लगाउँछन्। विद्यालयको शौचालय सफा गर्छन्। शौचालय टल्काइसकेपछि
विद्यालयको आँगनमा कुचो लगाउन थाल्छन्। उनले यति काम गरिसकेपछि मात्रै अरु आइपुग्दारेछन्।
गाउँलेलाई काम गराउँदा तत्काल
भुक्तानी गर्न सक्ने बजेट नभएकाले आफैं काम गर्छन्। बिजुली र प्लम्बरको काम पनि
आफैं गर्छन्। समुदायमा आयआर्जनको सीप पनि सिकाउँछन्। अभिभावकलाई आम्दानी गर्न
सकिने कृषि कर्म सिकाउँछन्।
बिहीवार, जुलाई 28, 2022
No comments:
Post a Comment